नियमित अन्तराष्ट्रिय उडाउन बढाउने निर्णय

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २६, २०७७
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • सरकारले नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ ।
  • यसअघि दैनिक ८०० यात्रु मात्र ल्याउने गरी निर्धारण गरिएको कोटा हटाएर पिसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गरिने भएको हो ।
  • उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र श्रममन्त्रीबीच आज भएको छलफलपछि प्रधानमन्त्री र उपप्रधानमन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको सङ्ख्या थप गर्ने समझदारी भएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो ।

सरकारले नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ । यसअघि दैनिक ८०० यात्रु मात्र ल्याउने गरी निर्धारण गरिएको कोटा हटाएर पिसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गरिने भएको हो ।

उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र श्रममन्त्रीबीच आज भएको छलफलपछि प्रधानमन्त्री र उपप्रधानमन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको सङ्ख्या थप गर्ने समझदारी भएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार नियमित उडान शुरु भएका मुलुकबाट आवश्यकताका आधारमा यात्रु ल्याउन सकिनेछ । कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने छ । श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको व्यवस्था गरिने जनाइएको छ ।

नियमित उडान नभएका मुलुकमा पिसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान सङ्ख्या थप गरिने पर्यटनमन्त्री भट्टराईले बताउनुभयो । उहाँले विदेशी भूमिमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीप्रति सरकार संवेदनशील रहेको भन्दै उनीहरूको स्वदेश फिर्तीका लागि सरकारले आफ्नो प्रयत्न बढाउँदै जाने बताउनुभएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए शपथ
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए शपथ
राष्ट्रपति र सभामुखपछि सिडिओ पनि महिला, रसुवा हाक्दैछन् हिरादेवी र स्मिता
राष्ट्रपति र सभामुखपछि सिडिओ पनि महिला, रसुवा हाक्दैछन् हिरादेवी र स्मिता
विकासमा समर्पित हुन प्रधानमन्त्रीको आह्वान
विकासमा समर्पित हुन प्रधानमन्त्रीको आह्वान
श्रृंखलालाई मिस वल्र्ड बनाउन नेकपाका ४० जनाको टोली चिनमा
श्रृंखलालाई मिस वल्र्ड बनाउन नेकपाका ४० जनाको टोली चिनमा
आज भाइटीका, बिहान ११:३७ मा उत्तम साइत
आज भाइटीका, बिहान ११:३७ मा उत्तम साइत
सांसद खतिवडाको टिप्पणी- बालेनको लौरो नुवाकोटे जनताको टाउको र ढाडमा बजारियो
सांसद खतिवडाको टिप्पणी- बालेनको लौरो नुवाकोटे जनताको टाउको र ढाडमा बजारियो
जुटको बोराको झोला भित्रबाट नियन्त्रित लागु औषध सहीत एक युवा पक्राउ
जुटको बोराको झोला भित्रबाट नियन्त्रित लागु औषध सहीत एक युवा पक्राउ
यी हुन नेकपाकाे नेतृत्वकाे सरकारले पाँच महिनामा गरेका उपलब्धीहरू
यी हुन नेकपाकाे नेतृत्वकाे सरकारले पाँच महिनामा गरेका उपलब्धीहरू
प्रदेश १ मा कांग्रेस निरिह, गणना भैरहेका सबै क्षेत्रमा वामगठबन्धन अगाडि
प्रदेश १ मा कांग्रेस निरिह, गणना भैरहेका सबै क्षेत्रमा वामगठबन्धन अगाडि
वामगठबन्धनको दुई तिहाइ सपना मात्र
वामगठबन्धनको दुई तिहाइ सपना मात्र

तपाईंले छुटाउनुभयो कि?