प्रदुषण कलंकी–सोल्टीमोड सडकखण्ड एक घण्टा बन्द

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक २९, २०७५
|
|
५४ पटक हेरिएको
Shares
प्रदुषण कलंकी–सोल्टीमोड सडकखण्ड एक घण्टा बन्द

सारांश

  • काठमाडौं २९ कात्तिक ।
  • काठमाडौंको कलंकी–सोल्टीमोड सडक खण्ड बिहीबार एक घण्टा बन्द गराइएको छ।
  •   धुवाँधुलो, खाल्डाखुल्डीसहितको प्रदुषणले आक्रान्त भएपछि स्थानीयले सो सडक खण्ड करिव एक घण्टा बन्द गराएका हुन्।

काठमाडौं २९ कात्तिक । काठमाडौंको कलंकी–सोल्टीमोड सडक खण्ड बिहीबार एक घण्टा बन्द गराइएको छ।  धुवाँधुलो, खाल्डाखुल्डीसहितको प्रदुषणले आक्रान्त भएपछि स्थानीयले सो सडक खण्ड करिव एक घण्टा बन्द गराएका हुन्। सडक विस्तारको नाममा स्वास्थ्यमाथि अति खेलबाड भएपछि धुवाँधुलो, खाल्डाखुल्डी तत्काल नियन्त्रण गर्न सरकारलाई दवाव दिन आफूहरुले सडक नै अवरुद्ध गर्नु परेको स्थानीय समिर महर्जनले बताए। यो सडक खण्डबाट हुने प्रदुषणका कारण स्थानीय मारमा पर्दा पनि त्यसको व्यवस्थापन गर्न चासो नदेखाएको भन्दै स्थानीयले सरकारले चर्को आलोचना समेत गरेका छन्।

रविभवनमा व्यापार गर्दै आएका महर्जनले धुवाँधुलोकै कारण आफूहरुको व्यापार समेत नभएको गुनासो पनि गरेका छन्। सडक खाल्डो पार्ने तर पुनर्निर्माण नगर्ने गरेका कारण सवारी दुर्घटनामा परेर धेरैको ज्यान जाने अवस्था आएपछि त्यसको निर्माणमा ढिलाई नगर्न सरकारलाई दवाव दिन आफूहरुले सडक बन्द गरेको स्थानीय अर्का व्यापारी मनोज आचार्यले जानकारी दिए।
स्थानीयले सडकको उचित व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग पनि पटक–पटक सम्झौता गरिसकेका छन्। तर त्यसको पालना नभएको स्थानीयको गुनासो छ । सडक पीच, ढल व्यवस्थापनलगायतको काम तत्काल सम्पन्न नभए सो सडक खण्ड बन्द अनिश्चतकालसम्म गर्ने स्थानीयको चेतावनी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभ्रेका  क्यान्सरपिडित माेक्तानलाइ क्यालिफाेर्नियाबाट दुइलाख तिस हजार सहयाेग
काभ्रेका क्यान्सरपिडित माेक्तानलाइ क्यालिफाेर्नियाबाट दुइलाख तिस हजार सहयाेग
सांसद बलायरले भने: सुदूरपश्चिमको राजधानीका पूर्वाधार बन्न सकेनन्
सांसद बलायरले भने: सुदूरपश्चिमको राजधानीका पूर्वाधार बन्न सकेनन्
बाबुराम भट्टराईद्वारा प्रचण्डको चर्को आलोचना
बाबुराम भट्टराईद्वारा प्रचण्डको चर्को आलोचना
महामारीको सन्नाटामा विश्व शक्तिराष्ट्र अमेरिका
महामारीको सन्नाटामा विश्व शक्तिराष्ट्र अमेरिका
एकैदिन निगमका १० जहाज ग्राउन्डेड
एकैदिन निगमका १० जहाज ग्राउन्डेड
गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
अन्डरग्राउन्ड पार्किङमा पसल ! सडकमा पार्किङ
अन्डरग्राउन्ड पार्किङमा पसल ! सडकमा पार्किङ
काभ्रे, धनुषा,र सुनसरी मा सवारी दुर्घटनामा मृत्यु तथा घाइत
काभ्रे, धनुषा,र सुनसरी मा सवारी दुर्घटनामा मृत्यु तथा घाइत
सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक : सचिव राउत
सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक : सचिव राउत
​सचिवहरुको सपना चकनाचुर ?
​सचिवहरुको सपना चकनाचुर ?

तपाईंले छुटाउनुभयो कि?