एकैदिन निगमका १० जहाज ग्राउन्डेड

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ १६, २०७५
|
|
३८ पटक हेरिएको
Shares
एकैदिन निगमका १० जहाज ग्राउन्डेड

सारांश

  • काठमाडौं १६ माघ ।
  •   नेपाल वायुसेवा निगमका १४ विमानमध्ये मंगलबार एकै दिन १० वटा ग्राउन्डेड हुन पुगे ।
  • निगमसँग आन्तरिक उडानका लागि साना/मझौला ९ वटा र अन्तर्राष्ट्रिय उडानका लागि ५ जेट विमान छन् ।

काठमाडौं १६ माघ ।  नेपाल वायुसेवा निगमका १४ विमानमध्ये मंगलबार एकै दिन १० वटा ग्राउन्डेड हुन पुगे । निगमसँग आन्तरिक उडानका लागि साना/मझौला ९ वटा र अन्तर्राष्ट्रिय उडानका लागि ५ जेट विमान छन् ।

स्रोतका अनुसार निगममा यत्तिको संख्यामा विमान ‘ग्राउन्डेड’ भएको सम्भवत: पहिलो पटक हो । ‘यत्रो संख्यामा विमान ग्राउन्डेड भएको यसअघि कहिल्यै सुनिएको थिएन,’ निगमका एक पुराना प्राविधिकले भने । २२ वटा आन्तरिक उडान गर्ने निगमले मंगलबार एउटा मात्रै गर्‍यो । निगम प्रवक्ता नवराज कोइरालाका अनुसार सानो चिनियाँ विमान किलोभिक्टरले काठमाडौं–दाङ–काठमाडौं उडान गरेको हो ।

अर्को चिनियाँ वाई१२ई विमान क्याप्टेन बिरामी बिदामा भएकाले उडेन । अरू ७ वटा विमान मर्मत गर्नुपर्ने अवस्थामा थिए । निगमको आन्तरिक उडान सञ्चालन विभागद्वारा मंगलबारका लागि जारी गरिएको उडान तालिकामा दुर्गमका लागि उड्ने तीनवटा टिवनअटर, सुगम रुटमा उडान गर्ने दुईटा एमए–६० र दुईटा वाई१२ई ग्राउन्डेड भएको उल्लेख छ । निगमले नेपालगन्ज र विराटनगरमा पनि जहाज राखेर दुर्गम पहाडी जिल्लामा उडान गर्छ । तर मंगलबार ती दुई क्षेत्रीय हब विमानस्थलमा निगमका कुनै जहाज थिएनन् ।

निगमले काठमाडौंबाट ६ वटा मुलुकका ८ वटा सहरमा ५ वटा विमानमार्फत अन्तर्राष्ट्रिय उडान गर्छ । मंगलबार दुइटा वाइडबडी र एउटा न्यारोबडी विमानबाट ५ वटा सेक्टरमा उडान हुने तालिका राखिएको थियो । ‘एउटा बोइङ र एउटा एयरबस ३२० ग्राउन्डेड भएकाले दिल्लीका लागि बेलुकी हुने उडानमध्ये ३ वटा कटौती गरिएको छ,’ निगमका एक पाइलटले भने । निगमसँग रहेको एक मात्र बोइङ ककपिटमा विन्डसिल्ड (हावा रोक्ने भित्री भागको सिसा) चर्किएपछि ग्राउन्डेड गरिएको छ भने अर्को न्यारोबडी ३२० मर्मतका लागि सिंगापुर पठाइएको छ । निगमको एउटा जेट विमानले दैनिक ४० लाख हाराहारी आम्दानी गर्छ । निगमका एक निर्देशकका अनुसार यति धेरै विमान ग्राउन्डेड हुँदा अन्तर्राष्ट्रिय र आन्तरिक गरी दैनिक करिब १ करोड रुपैयाँ गुम्छ ।

‘दुइटा अन्तर्राष्ट्रिय उडान रोकिँदा दैनिक कम्तीमा ९० लाख र आन्तरिक उडानमा १० लाख रुपैयाँ हाराहारी आर्जन गुम्छ,’ निगमको अर्थ विभागका एक कर्मचारीले कान्तिपुरसँग भने । उनका अनुसार निगमले आन्तरिक उडानमा मासिक ३ करोड र अन्तर्राष्ट्रिय उडानमा औसत मासिक ८५ करोड हाराहारी आम्दानी गर्छ । यी विमानको दैनिक बिमा खर्च दायित्व १२ लाख हाराहारी पर्छ । निगमले सबै जहाजसहितका लागि वार्षिक कम्तीमा ४५ करोड रुपैयाँ बराबरको बिमा प्रिमियम तिर्नुपर्छ । कान्तिपुरबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० वर्षमा ४१ क्विन्टल १७ किलो सुन तस्करी
१० वर्षमा ४१ क्विन्टल १७ किलो सुन तस्करी
अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल
अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल
४० वर्ष  तरकारी व्यापार तरकारी बेचेरै परिवार पाल्दै !
४० वर्ष तरकारी व्यापार तरकारी बेचेरै परिवार पाल्दै !
सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न  महानगर र  वियोन्डबीच सम्झौता
सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न महानगर र वियोन्डबीच सम्झौता
सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने
सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने
प्रधानन्यायाधीश विरुद्ध खनियो बार
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल
साउन १४ गते बुधवारको राशिफल यस्तो छ
साउन १४ गते बुधवारको राशिफल यस्तो छ
नेकपा  सचिवालयको बैठक: अन्तरिम विधान र नियमावलीलाई अन्तिम रुप दिने
नेकपा सचिवालयको बैठक: अन्तरिम विधान र नियमावलीलाई अन्तिम रुप दिने
पोखरा बिमानस्थल ‘रवीन्द्र’को नाममा राख्न व्यवसायीको माग
पोखरा बिमानस्थल ‘रवीन्द्र’को नाममा राख्न व्यवसायीको माग

तपाईंले छुटाउनुभयो कि?