नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारको अग्रता

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
५७ पटक हेरिएको
Shares
नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारको अग्रता

सारांश

  • २२ मंसिर, नुवाकोट ।
  • प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
  • शुक्रबार बिहान ६ बजेसम्मको परिणाम अनुसार प्रतिनिधि सभा क्षेत्र नं.

२२ मंसिर, नुवाकोट । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । शुक्रबार बिहान ६ बजेसम्मको परिणाम अनुसार प्रतिनिधि सभा क्षेत्र नं. १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले कांग्रेस उम्मेदवार डा. रामशरण महतलाई पछि पारेका छन् ।

तामाङले ३ हजार ३३३ मत पाएका छन् । कांग्रेस उम्मेदवार डा. महतले २ हजार ८७१ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा ३ हजार ७० मतको साथ अग्रस्थानमा छन् । कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले १ हजार ९७० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिए ।

प्रतिनिधिसभा तर्फ जस्तै प्रदेशसभातर्फ पनि वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् । प्रतिनिधिसभा क्षेत्र नं. १ को (क) तर्फ माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङ १ हजार ५२५ मतको साथ अग्रस्थानमा रहेकी छन् । कांग्रेसका उम्मेदवार महेन्द्र थिङले १ हजार ४१ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (ख) तर्फ एमालेका बद्री मैनालीले १ हजार ७३९ मत ल्याएर अग्रस्थानमा रहँदा कांग्रेस उम्मेदवार रमेशकुमार महतले १ हजार ११९ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेश (क) मा एमालेका उम्मेदवार केशवराज पाण्डेले एक हजार ९४८ मत ल्याएर अग्रस्थानमा रहेका छन् । कांग्रेस उम्मेदवार जगदीशनरसिंह केसीले १ हजार ३३४ मत प्राप्त गरेका छन् ।

प्रदेश (ख) तर्फ माओवादी केन्द्रका उम्मेदवार हिरानाथ खतिवडाले १ हजार ५२६ मत ल्याएर अग्रस्थानमा रहेका छन् । कांग्रेसका उम्मेदवार जगतबहादुर तामाङले १ हजार ३८८ मत प्राप्त गरेका छन् ।

नुवाकोटमा प्रनिनिधिसभाको दुई र प्रदेशसभाको चार पद गरी कुल ६ पदको लागि ४६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

अन्तिम नतिजा आउन तीन दिन लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मंसिर १० गते पहिलो चरणमा भएको निर्वाचनमा एक लाख ३९ हजार ७६१ मतदाताले मतदान गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शनिबार अधिकांश विदेशी मुद्राको भाउ घट्यो
शनिबार अधिकांश विदेशी मुद्राको भाउ घट्यो
पाल्पामा बस दुर्घटना, बाह्रको मृत्यु
कांग्रेसको महाधिवेशन २०७७ फागुन ७ मा
कांग्रेसको महाधिवेशन २०७७ फागुन ७ मा
नेपालमा पहिलो पटक ‘मिडिया, कम्युनिकेसन र एड्भर्टाइजिङ एक्स्पो – २०१९’
नेपालमा पहिलो पटक ‘मिडिया, कम्युनिकेसन र एड्भर्टाइजिङ एक्स्पो – २०१९’
कुवेतले गर्‍यो १२ हजार कामदारलाई देश निकाला
कुवेतले गर्‍यो १२ हजार कामदारलाई देश निकाला
ओलीले भीम रावलतर्फ संकेत गर्दै भनेः मन्त्री बनाउन मानिनँ, उहाँलाई पीर पर्यो
प्रहरी परिवर्तन भएपछि मात्रै अनुसन्धान शुरु : निर्मला हत्या प्रकरण
प्रहरी परिवर्तन भएपछि मात्रै अनुसन्धान शुरु : निर्मला हत्या प्रकरण
बेवारिसे गाईको व्यवस्थापन नहुँदासम्म अन्न ग्रहण नगर्ने
बेवारिसे गाईको व्यवस्थापन नहुँदासम्म अन्न ग्रहण नगर्ने
एमसीसी विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने ४ दलको घोषणा
एमसीसी विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने ४ दलको घोषणा
दाङमा भएको टिपर आगजनी : बन्दकर्ताले नभइ बीमा रकम कुम्ल्याउन चालकदलले नै गरे आगजनी
दाङमा भएको टिपर आगजनी : बन्दकर्ताले नभइ बीमा रकम कुम्ल्याउन चालकदलले नै गरे आगजनी

तपाईंले छुटाउनुभयो कि?