नेकपाका अध्यक्ष प्रचण्ड आज भारत जाँदै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २१, २०७५
|
|
५५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ ।
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकतापछि अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाँदैछन् ।
  • चारदिने भ्रमणका क्रममा आज बिहीबार अध्यक्ष प्रचण्ड भारत प्रस्थान गर्दैछन्।

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकतापछि अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाँदैछन् ।

चारदिने भ्रमणका क्रममा आज बिहीबार अध्यक्ष प्रचण्ड भारत प्रस्थान गर्दैछन्। दुई पार्टीको एकता भएपछि उनी पहिलोपटक भारत भ्रमण गर्न लागेका हुन् ।

भारत जान लागेका दाहालले त्यहाँ आफूले विकासका एजेन्डा उठाउने र कुरा गर्ने बताएका छन्।
दाहाल दिउँसो आज तीन बजे भारत प्रस्थान गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

भारत भ्रमणका क्रममा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्च नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। भारत भ्रमण सम्पन्न गरेर दाहाल भदौ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?