नेकपाको स्थायी समिति बैठक: एजेन्डाबारे नेताहरुलाई छैन जानकारी
सारांश
- काठमाडौं, २८ मंसिर ।
- दबाबपछि नेकपाको स्थायी समितिको तेस्रो बैठक शनिबार बस्दै छ ।
- तर, बैठकका एजेन्डाबारे स्थायी समिति सदस्यहरु नै बेखबर छन् ।
काठमाडौं, २८ मंसिर । दबाबपछि नेकपाको स्थायी समितिको तेस्रो बैठक शनिबार बस्दै छ । तर, बैठकका एजेन्डाबारे स्थायी समिति सदस्यहरु नै बेखबर छन् । समान्यतयाः बैठकको अघिल्लो दिन एजेन्डाबारे जानकारी गराइन्छ । तर, यसपटक कुनै जानकारी प्राप्त नभएको नेकपाका एक स्थायी समिति सदस्यले बताए ।
लामो समयदेखि नेताहरुले स्थायी समितिको बैठक माग गर्दै आएपछि बैठक बस्न लागेको हो । पार्टी एकताका बाँकी विषय तथा सरकारको विषयमा पनि बैठकमा छलफल हुने बताइएपनि औपचारिक रुपमा एजेन्डा तउ भएको छैन । स्थायी समितिको बैठक पटक पटक बोलाइएपनि स्थगित भएको थियो । पछिल्लो समय पार्टीको शीर्ष नेताहरुले पार्टी नेतृत्वको आलोचना गर्दै आएका छन् ।
पार्टी एकतापछि तेस्रो पटक स्थायी समिति बैठक बस्न लागेको हो । नेकपाको ४५ सदस्यीय स्थायी कमिटि छ ।
प्रतिक्रिया