नेकपाभित्र मन्त्री बन्न दौडधुप सुरु

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र ६, २०७७
|
|
५४ पटक हेरिएको
Shares
नेकपाभित्र मन्त्री बन्न दौडधुप सुरु

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद लगभग अन्त भएको छ ।
  • अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागको अडानबाट पछि हटेपछि विवाद लगभग अन्त भएको हो ।
  • विवाद अन्तलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठनको तयारी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद लगभग अन्त भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागको अडानबाट पछि हटेपछि विवाद लगभग अन्त भएको हो । विवाद अन्तलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठनको तयारी गरेका छन् । उनले मन्त्रिमण्डल पुर्नगठन र केही मुख्यमन्त्रीहरु हेरफेर गरेर पाँच वर्षे कार्यकाल सुनिश्चित गर्ने रणनीति बनाएका छन् ।

ओलीले विवाद समाधानको खाका बनाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा एउटा कार्यदल बनाएर सचिवालयबाट अनुमोदन समेत गराए । कार्यदलमा रहेकाहरुमध्ये अधिकांश उनको खरो आलोचक थिए । जसमध्ये स्थायी कमिटी सदस्य भीम रावल पनि थिए । सुरेन्द्र पाण्डे, जर्नादन शर्मा, पम्फा भुषाल पनि उनका अलोचक हुन् । शंकर पोखरेल ओलीका प्रीयपात्र हुन् । अब यीमध्येबाट अधिकांश मन्त्री बन्ने चर्चा चलेको छ । विरोधीलाई चुप लगाएका ओलीले मन्त्रीको आशा देखाएर एकजुट भएका राजीनामा पक्षधरलाई तितरबितर समेत पारेका छन् ।

नेकपाभित्र मन्त्रिमण्डल पुर्नगठनको तयारीसँग ओलीको विरोध गर्नेहरु चुपचाप भएका छन् । कतिपयले ओलीलाई नचिढ्याउने बरु उनका निकटस्थसँग भेटेर मन्त्री बन्ने चाहना व्यक्त गर्न थालेका छन् । मन्त्री बन्ने लबिङ खुबै चलेको छ ।

यसपटक अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र माधवकुमार नेपालका अलावा उपाध्यक्ष बामदेव गौतमले समेत कोटा पाउने छन् । उनीहरुको कोटाबाट मन्त्री बन्दा पनि ओलीको समर्थन विना असम्भव हुन्छ । त्यसैले उनीहरु गुटमा मिलाएर ओलीको साथ पनि खोज्न लागिपरेका छन् ।

प्रचण्ड आफ्नो पक्षबाट मन्त्री भएका रामबहादुर थापा बादल र लेखराज भट्टको बर्हिगमन चाहिरहेका छन् । उनीहरुले अप्ठ्यारो पर्दा साथ नदिएको भन्दै प्रचण्डले आफ्नो कोटामा नपार्ने विश्वस्त स्रोतले जानकारी दिएको छ । बरु पम्फा भुषाललाई मन्त्री बनाउन प्रचण्ड तयार देखिएका छन् ।

माधव नेपालले योगेश भट्टराई र घनश्याम भुषाललाई साथ नदिने बुझिएको छ । दुवैले आफूलाई साथ नदिएको भन्दै अब मन्त्रीका लागि अन्य नाम लाने नेपालको तयारी छ । उनको कोटाबाट भीम रावल र सुरेन्द्र पाण्डेको सम्भावना बलियो छ । झलनाथ खनालले पनि सुरेन्द्र पाण्डेलाई बढाउने भएकाले उनको सम्भावना बलियो रहेको छ ।

बामदेव गौतमले योगेश भट्टराई र घनश्याम भुषाललाई निरन्तरता दिनुपर्ने प्रस्ताव लाने तयारी गरेका छन् । उनलाई पनि राष्ट्रियसभामा लगेर मन्त्री बन्न प्रस्ताव छ । तर, कानुनी अड्चन आउने भएकाले गौतम पार्टीको काम गर्ने पक्षमा छन् । गौतमको कोटाबाट उनकी पत्नी तुलसा थापा पनि मन्त्री बन्ने सम्भावना बलियो रहेको छ ।

मन्त्री बन्ने दौडधुप चलिरहँदा ओलीले अझै केही समय लिने बुझिएको छ । कार्यदलको खाकाबाट सबै कुरा मिलेर पाँच वर्ष प्रधानमन्त्री बन्ने सुनिश्चित भएपछि मात्र ओलीले पुर्नगठन गर्ने बुझिएको छ ।

मुख्यमन्त्रीमा पनि एक या दुईजनाको हेरफेर हुनसक्ने बुझिएको छ । ३ नम्बर प्रदेशमा डोरमणि पौडेलको साटो अष्टलक्ष्मी शाक्यको सम्भावना बलियो छ । प्रदेश १ मा पनि शेरधन राईको साटो भीम आचार्य आउनसक्ने सम्भावना छ । यसरी ओलीले माधव नेपाल र झलनाथ खनाल दुवैलाई चुप लगाउने तयारी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार : १ क्विन्टल मोटी अभिनेत्री कसरी भइन् स्लीम?
मनाेरञ्जन समाचार : १ क्विन्टल मोटी अभिनेत्री कसरी भइन् स्लीम?
भूकम्प गएको चार वर्ष पछी रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण हुँदै
भूकम्प गएको चार वर्ष पछी रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण हुँदै
दीपक मनाङ्गेको नालीबेली : डनदेखि सांसदसम्म
दीपक मनाङ्गेको नालीबेली : डनदेखि सांसदसम्म
नेपालद्वारा मलेसिया ७ विकेटले पराजित
नेपालद्वारा मलेसिया ७ विकेटले पराजित
पाख्रिन र केसी रामेछाप नगरको मेयर र उपमेयरको सर्वसम्मत उम्मेदवार
पाख्रिन र केसी रामेछाप नगरको मेयर र उपमेयरको सर्वसम्मत उम्मेदवार
विश्वकप फुटबलमा बाजी थाप्दै हुनुहुन्छ! होसियार हुनु
विश्वकप फुटबलमा बाजी थाप्दै हुनुहुन्छ! होसियार हुनु
थाइल्याण्डमा प्रचा रथलाई धेरै मत, फेउ थाईका धेरै सांसद विजयी
थाइल्याण्डमा प्रचा रथलाई धेरै मत, फेउ थाईका धेरै सांसद विजयी
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले भन्योः ‘अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार देखिँदैन’
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले भन्योः ‘अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार देखिँदैन’
पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष
पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष
पेट्रोल र डिजेलको मूल्यवृद्धि
पेट्रोल र डिजेलको मूल्यवृद्धि

तपाईंले छुटाउनुभयो कि?