नेकपामा जिम्मेवारी : महासचिवले बैठक सञ्चालन गर्न नपाउने ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ११, २०७५
|
|
४५ पटक हेरिएको
Shares
नेकपामा जिम्मेवारी : महासचिवले बैठक सञ्चालन गर्न नपाउने ?

सारांश

  • काठमाडौं ११ जेठ ।
  • नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्शमा पार्टी नीति, निर्णय र संगठनसम्बन्धी सबै काम गर्न पाउने भएका छन् ।
  • तर, ती सबै काममा अनिवार्य अध्यक्षद्वयसँग परामर्श गर्नैपर्ने बाध्यकारी व्यवस्था नेकपाको विधान, २०७५ को दफा १८ मा गरिएको छ ।

काठमाडौं ११ जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्शमा पार्टी नीति, निर्णय र संगठनसम्बन्धी सबै काम गर्न पाउने भएका छन् । तर, ती सबै काममा अनिवार्य अध्यक्षद्वयसँग परामर्श गर्नैपर्ने बाध्यकारी व्यवस्था नेकपाको विधान, २०७५ को दफा १८ मा गरिएको छ ।

उक्त दफामा अध्यक्षको परामर्शमा गर्ने चार र कमिटीले तोकेका एकसहित महासचिवका पाँच अधिकार व्यवस्था गरिएको छ । महासचिव पौडेलले भने पार्टी एकता संयोजन समितिले वरिष्ठ नेता, प्रवक्ता र महासचिवको व्यवस्था गरेकाले परिभाषित जिम्मेवारी अध्यक्षद्वयको परामर्शअनुसार अन्तरिम विधानबाहिर आएपछि प्रस्ट हुने बताए । ‘अध्यक्षद्वयसँगको परामर्श र निर्देशनअनुसारको कार्यसम्पादन गर्ने हो, विधान बाहिर आएपछि मात्र सबै कुरा प्रस्ट हुन्छ,’ पौडेलले भने ।

वरिष्ठ नेताको अधिकारमा विधान मौन, प्रवक्ताका दुई अधिकार
नेकपाको विधानमा दुईजना वरिष्ठ नेता रहने व्यवस्था गरिएको छ । पार्टी एकता संयोजन समितिले त्यसैमा टेकेर पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेताको हैसियतमा क्रमशः तेस्रो र चौथो वरीयताको मर्यादाक्रम तोकेको थियो । त्यस्तै, प्रवक्ता नारायणकाजी श्रेष्ठलाई केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी समिति बैठकका निर्णय तथा पार्टीका आधिकारिक निर्णय र धारणा सार्वजनिक गर्ने अधिकार विधानले प्रत्यायोजन गरेको छ । प्रवक्ताको अधिकार व्यवस्था गरिए पनि वरिष्ठ नेताहरूका अधिकारबारे विधान मौन रहेको एक नेताले जानकारी दिए ।

नेकपाको विधान केही समय ‘गोप्य’
नेकपाको विधान तत्काल सार्वजनिक नहुने भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणका लागि विधानलाई अझ प्रस्ट बनाउन नियमावलीसमेत बनिसकेपछि मात्र विधान सार्वजनिक गरिने केन्द्रीय सचिवालयका एक नेताले जनाएका छन् । ‘गैरभौगोलिक कमिटीहरूका सन्दर्भमा नयाँ व्यवस्था गरिएकाले त्यसको प्रत्यक्ष नकारात्मक असर नपरोस् भन्ने हेतुले नियमावली बनिसकेपछि मात्र विधान सार्वजनिक गरिनेछ,’ ती नेताले भने ।

४० बढी विभाग बनाउने तयारी
४४१ सदस्यीय केन्द्रीय कमिटीमा धेरै नेतालाई जिम्मेवारी दिने उद्देश्यले भूगोलका कमिटीमा इन्चार्ज र सहइन्चार्जका अलवा केन्द्रीय विभागसमेत ४० भन्दा बढी बनाउने गरी नियमावली निर्माणको तयारी भएको छ । नियमावली बनाउनका लागि महासचिव नेतृत्वको कार्यदलको मंगलबारको बैठकले दुई सदस्यीय उपसमिति बनाएको थियो । त्यसअनुसार नेताद्वय बेदुराम भुसाल र खिमलाल देवकोटालाई ११ जेठभित्र नियमावलीको प्रारम्भिक मस्यौदा बनाउने गरी जिम्मेवारी तोकिएको छ । तत्कालीन एमालेका ३१ तथा माओवादी केन्द्रका पनि हाराहारी केन्द्रीय विभाग छन् । यसबाहेक केन्द्रीय सदस्यहरूलाई काम दिने गरी विभिन्न फाँट र क्षेत्रको संख्या पनि बढाउने तयारीसँगै धेरैजसो विभागमा केन्द्रीय सदस्यहरूलाई नै विभागीय सचिव बनाउन सकिने गरी छलफल हुने स्रोतले जनायो ।

महासचिवले बैठक सञ्चालन गर्न नपाउने ?
तत्कालीन एमाले र माओवादी केन्द्रको विधानमा पार्टी महासचिवलाई बैठक सञ्चालन गर्ने अधिकारको व्यवस्था भएको थियो । तर, नेकपाको विधान भने यसबारे मौन छ । यसअघि महाधिवेशनको नीति, निर्णय कार्यान्वयन, बैठकको निर्णय कार्यान्वयन गर्ने, बैठक सञ्चालन गर्ने महासचिवलाई अधिकार रहे पनि नेकपाको विधानमा भने फरक व्यवस्था छ । ‘एकता महाधिवेशन सम्पन्न नभएसम्म अन्तरिम काल भएकाले महाधिवेशनको नीति–निर्णय कार्यान्वयन गर्ने कुरा भएन, त्यसैले अध्यक्षसँगको परामर्शमा महासचिवले काम गर्ने व्यवस्था गरिएको हो,’ केन्द्रीय सचिवालयका एक सदस्यले भने ।

कार्यालयको जिम्मा अध्यक्षद्वयलाई
नेकपाको केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडा हुन सक्ने तत्कालीन माओवादी केन्द्रीय कार्यालय सचिव प्रह्लाद बुढाथोकीले बताए । ‘एमालेको स्थायी पार्टी कार्यालय बल्खुमा भूकम्पले भत्किएपछि धुम्बाराहीमा भाडामा राखिएको छ,’ उनले भने, ‘तत्कालीन माओवादी पार्टी कार्यालय आफ्नै जग्गामा भएकाले पेरिसडाँडा नै हुने सम्भावना छ ।’ तर, स्थायी पार्टी कार्यालय कहाँ बनाउने भन्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई जिम्मेवारी दिएको बुढाथोकीले बताए ।
नयाँपत्रिकाबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन्तलाखेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान
सुन्तलाखेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान
माओवादी मन्त्रीलाई हटाउन प्रधानमन्त्रीलाई कांग्रेसभित्रै दबाब,
माओवादी मन्त्रीलाई हटाउन प्रधानमन्त्रीलाई कांग्रेसभित्रै दबाब,
चिनियाँ जनवादी क्रान्तिको आधार इलाकामा उपराष्ट्रपति पुनका १२ तस्बिर
चिनियाँ जनवादी क्रान्तिको आधार इलाकामा उपराष्ट्रपति पुनका १२ तस्बिर
सभामुखमा निर्विरोध निर्वाचित अग्नि सापकोटा विरुद्धको निवेदन सुनुवाइ आज
सभामुखमा निर्विरोध निर्वाचित अग्नि सापकोटा विरुद्धको निवेदन सुनुवाइ आज
मन्त्रीको निधनमा काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त
मन्त्रीको निधनमा काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त
राष्ट्रपति भण्डारीले भनिन् : सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्छ
राष्ट्रपति भण्डारीले भनिन् : सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्छ
लमजुङमा म्यादी प्रहरीमा दुई हजार भन्दा बढीको आवेदन
लमजुङमा म्यादी प्रहरीमा दुई हजार भन्दा बढीको आवेदन
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
उपाधीका लागि नेपाल र सिंगापुर भिड्ने, यस्ता छन् पछिल्ला नतिजा !
उपाधीका लागि नेपाल र सिंगापुर भिड्ने, यस्ता छन् पछिल्ला नतिजा !
‘क्यालिब्रेसन’बिनै १८०० ट्यांकरबाट ढुवानी
‘क्यालिब्रेसन’बिनै १८०० ट्यांकरबाट ढुवानी

तपाईंले छुटाउनुभयो कि?