नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ: मुख्यमन्त्री शाही

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख १२, २०७५
|
|
३४ पटक हेरिएको
Shares
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ:  मुख्यमन्त्री शाही

सारांश

  • सुर्खेत,  १२ वैशाख  ।
  • कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले राष्ट्र निर्माणका लागि राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनले आत्मसमिक्षा गर्नुपर्ने वताएका छन ।
  • अहिले सम्म राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनकै कारण मुलुक वन्न नसकेको चर्चा गर्दै मुख्यमन्त्री शाहीले राष्ट्र निर्माणका लागि आत्मसमिक्षा सहित अगाडि वढ्नुपर्ने धारणा राखे ।

सुर्खेत,  १२ वैशाख  । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले राष्ट्र निर्माणका लागि राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनले आत्मसमिक्षा गर्नुपर्ने वताएका छन ।

अहिले सम्म राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनकै कारण मुलुक वन्न नसकेको चर्चा गर्दै मुख्यमन्त्री शाहीले राष्ट्र निर्माणका लागि आत्मसमिक्षा सहित अगाडि वढ्नुपर्ने धारणा राखे ।

वुधवार प्रदेश राजधानी सुर्खेतमा आयोजित भुकम्प मापन केन्द्रको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गर्नै पर्ने वताए । ‘राष्ट्र र जनतालाई समृद्ध वनाउन सके मात्रै सवैको भविश्य वन्छ ।’ मुख्यमन्त्री शाहीले भने–‘राष्ट्र निर्माणको अभियानमा गर्वका साथ अघि वढ्नु अहिलेको दायित्व हो ।’

भवन उद्घाटन कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले भुकम्पीय जोखिमवाट वच्नका लागि पुर्वसावधानी अपनाउन आग्रह गरेका थिए । भुकम्पीय क्षति कम गर्न सरकारले आवश्यक नीति, कार्यक्रम र योजना निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । प्राकृतिक विपत्ति आईपरेको वेला आत्तिने र पछि क्रमश लापरवाही गर्ने मानवीय प्रवृत्तिका कारण पनि क्षति वढने गरेको वताउदै मुख्यमन्त्री शाहीले सचेत रहिरहन आग्रह गरेका थिए ।

मुख्यमन्त्री शाहीले नवनीर्मित भवनवाट भुकम्प मापन केन्द्रको कार्यसम्पादन सजिलो हुने र भुकम्पीय सुचना तथा तथ्याँक लिन सजिलो हुने विश्वास व्यक्त गरेका छन । फ्रान्सेली सरकारको सहयोगमा निर्मित उक्त भवनको उद्घाटन संघीय सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले गरेका थिए।

कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामीला तथा योजना मन्त्री प्रकाश ज्वाला, पर्यटन मन्त्री नन्दसीं वुढा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Raju Adhikari

    कर्मचारी को देश मा सेन्टिकेट छ भने जस्तो होला र

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?