नेता शर्मामाथि सन्धीखर्कमा स्थानीयबाट आक्रमण…

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष २८, २०७३
|
|
१४५ पटक हेरिएको
Shares
नेता शर्मामाथि सन्धीखर्कमा स्थानीयबाट आक्रमण…

सारांश

  • अर्घाखाँचीको सदरमुकाम सन्धीखर्कमा उर्जामन्त्री जनार्दन शर्मा लगायतका माओवादी नेताहरुमाथि स्थानीयहरुद्धारा आक्रमण भएको छ ।
  • ५ नम्बर प्रदेश विभाजनको पक्षमा मन्तव्य दिएपछि आक्रोशित स्थानीयले आक्रमणको प्रयास गर्दा झडप समेत भएको थियो ।
  • विहीबार आयोजित अर्घाखाँची महोत्सवमा आक्रोशित स्थानीयले उर्जा मन्त्री शर्मा लगायतका नेताहरुमाथि ढुंगा प्रहार गरेपछि झडप भएको थियो ।

अर्घाखाँचीको सदरमुकाम सन्धीखर्कमा उर्जामन्त्री जनार्दन शर्मा लगायतका माओवादी नेताहरुमाथि स्थानीयहरुद्धारा आक्रमण भएको छ । ५ नम्बर प्रदेश विभाजनको पक्षमा मन्तव्य दिएपछि आक्रोशित स्थानीयले आक्रमणको प्रयास गर्दा झडप समेत भएको थियो ।

विहीबार आयोजित अर्घाखाँची महोत्सवमा आक्रोशित स्थानीयले उर्जा मन्त्री शर्मा लगायतका नेताहरुमाथि ढुंगा प्रहार गरेपछि झडप भएको थियो । स्थानीयको आक्राशित भीडले आक्रमणको प्रयास भएपछि मन्त्री शर्मा र अन्य नेताहरुलाई जोगाउन प्रहरीलाई हम्मे हम्मे परेको थियो ।

सन्धीखर्कमा उर्जामन्त्री जनार्दन शर्मा लगायतका माओवादी नेतामाथि स्थानीयबाट आक्रमण, ५ नम्बर प्रदेश विभाजनको पक्षमा मन्तव्य दिएपछि स्थानीय आक्रोशित

कार्यक्रममा बोल्ने क्रममा माओवादी नेता डिलाराम आचार्यले ५ नम्बर प्रदेश विभाजन हुँदैमा केही पनि असर नपर्ने बताएपछि स्थानीयबासी आक्रोशित बनेका थिए । उनीहरुले मञ्चमै ढुंगामुढा सुरु गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको थियो । माओवादी नेता आचार्यले आफुले बोलेका शब्दहरु फिर्ता लिएको र आफू पनि अर्घाखाँचीबासी भएको भन्दै जिल्लाबासीहरुसँग माफी मागेपछि भीड नियन्त्रणमा आएको थियो ।
तर स्थानीयको ढुंगामुढा र चर्का नारावाजीपछि कार्यक्रम वीचैमा स्थगित भएको छ भने ऊर्जामन्त्री शर्मा सम्बोधन नै नगरी काठमाडौं फर्किएका थिए ।

श्रोत: न्युज२४

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक संजाल प्रयोग गरी रकम ठग्ने महिला पक्राउ
सामाजिक संजाल प्रयोग गरी रकम ठग्ने महिला पक्राउ
तेजाब छर्किएकी महिला गम्भीर
तेजाब छर्किएकी महिला गम्भीर
चाप बढेपछि सरकारी स्कुलमा विद्यार्थी भर्ना बन्द
चाप बढेपछि सरकारी स्कुलमा विद्यार्थी भर्ना बन्द
जगाको कित्ताकाट फुकुवा
जगाको कित्ताकाट फुकुवा
अभ्यास र आवश्यकताबीचको अन्तरविरोधलाई पन्छाउँदै छौँ :उपप्रधानमन्त्री पोखरेल
अभ्यास र आवश्यकताबीचको अन्तरविरोधलाई पन्छाउँदै छौँ :उपप्रधानमन्त्री पोखरेल
भारतले पाकिस्तानमाथि फेरि गर्याे आक्रमण, चार पाकिस्तानी नागरिकको मृत्यु
भारतले पाकिस्तानमाथि फेरि गर्याे आक्रमण, चार पाकिस्तानी नागरिकको मृत्यु
सम्माननिय परराष्ट्रमन्त्री कृष्णबहादुर महरालार्इ मलेसियाबाट नेपाली कामदारको खुल्लापत्र !
सम्माननिय परराष्ट्रमन्त्री कृष्णबहादुर महरालार्इ मलेसियाबाट नेपाली कामदारको खुल्लापत्र !
गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपब्धिमूलक हुनुपर्छ : राष्ट्रपति भण्डारी
गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपब्धिमूलक हुनुपर्छ : राष्ट्रपति भण्डारी
सर्लाहीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २३ जना घाइते
सर्लाहीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २३ जना घाइते
बर्दियाको प्रदेशसभा २ ‘ख’ मा माओबादी केन्द्रका थारुको जित
बर्दियाको प्रदेशसभा २ ‘ख’ मा माओबादी केन्द्रका थारुको जित

तपाईंले छुटाउनुभयो कि?