नेपालको विकासका लागि युएई सहयोग गर्न इच्छुक: राजदुत सइद

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक ११, २०७५
|
|
४९ पटक हेरिएको
Shares
नेपालको विकासका लागि युएई सहयोग गर्न इच्छुक: राजदुत सइद

सारांश

  • गाईघाट ११,कार्तिक।
  • नेपालका लागि युएईका राजदुत सइद अलनक्वीले युएइ र नेपाल विचको सदियौ देखिको सम्बन्धलाई अझ प्रगाढ बनाउन विभिन्न क्षेत्रमा सहयोग गर्न चाहेको बताएकाछन् ।
  • उयपुरको सदरमुकाम गाईघाटस्थित मदरसा तजविदुल कुर्आन प्रा.

गाईघाट ११,कार्तिक। नेपालका लागि युएईका राजदुत सइद अलनक्वीले युएइ र नेपाल विचको सदियौ देखिको सम्बन्धलाई अझ प्रगाढ बनाउन विभिन्न क्षेत्रमा सहयोग गर्न चाहेको बताएकाछन् ।

उयपुरको सदरमुकाम गाईघाटस्थित मदरसा तजविदुल कुर्आन प्रा.वि एवं जामे मस्जिदको ४० औँ बार्षिक उत्सव तथा त्रियुगा उद्योग बाणिज्इ संघ गाईघाटले आयोजना गरेको कार्यक्रममा बोल्दै राजदुत सइदले नेपालको विकास र सम्बन्धमा युएई सरकार सदैव सकारात्मक रहेको बताए ।

उनले युएई सरकारले कुल आम्दानीको २५ प्रतिशत रकम विभिन्न देशमा सहयोग गरेको स्मरण गराउँदै उनले नेपाल सरकारलाई पनि शिक्षा, व्यापार, जलस्रोत, उत्पादन लगायतका क्षेत्रमा सकेको सहयोग गर्ने बताए ।

भुकम्पका बेला नेपालका भत्किएका एक सय ५० बिद्यालयलाई सहयोग गरेको स्मरण गराउँदै उनले सदरमुकाम गाईघाटमा रहेको खानेपानी समस्याका समुचित व्यवस्थापन, मदरास तथा अन्य बिद्यालय, व्यापार तथा बाख्रापालन, बेसार र बेसार खेतीका क्षेत्रमा सहयोग गर्ने बताए ।

राजदुत सइदले युएईमा रहेका नेपालीका समस्या, रोजगार, आवतजावत र बसाई व्यवस्थापनमा सहयोग गर्ने बताए । मदरसामा आयोजित कार्यक्रममा उनले मदरसा शिक्षाको विकाश गरि नेपालमै ईन्जीनियर, डाक्टर, पाईलट तथा दक्ष जनशक्ति उत्पादनमा युएई सरकार सकारात्मक रहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका सदस्य डा. नारायण खड्काले संविधानले सवै जातजाती, भाषा, धर्म, सँस्कार, सँस्कृतिलाई समानरुपले समेटेकोले मुस्लिम समुदायको विकासका लागि सरकार सम्बेदनशिल हुनु पर्नेमा जोड दिए ।

सरकारले मदरसा शिक्षाको विकास गरि नेपालमै उच्च शिक्षा हासिल गर्न पाउने व्यावस्था मिलाएर मुस्लिम समुदाययको बालबच्चाको भाविष्य उज्वल बनाउनु पर्ने धारणा व्यक्त गरे । १९८० मा स्थापना भएको मदरसा ४० औँ वार्षिक उत्सव मनाउदै गर्दा कक्षा ३ सम्म पढाई हुने गरेको छ । कक्षा ३ पास गरेपछि नेपाल बाहिर पढ्न जानु पर्ने बाध्यतालाई नेपाल सरकारले व्यावस्थापन गर्न नसकेको मस्जित उदयपुरका अ्रध्यक्ष जथाई मियाले बताए ।

उदयपुरमा १२ वटा मस्जिद र ५ वटा मदरसा सञ्चालनमा छन् । नेपाल भन्दा अन्य देशमा उच्च शिक्षा हासिल गरे पनि नेपला सरकारले नेपालमा मान्यता नदिएकोले रोजगारी नपाउने भएपछि वैदेशिक रोजगारीमा जान बाध्य भएको मियाँले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण एमाले–माओवादी पार्टी एकता अनिश्चित
यसकारण एमाले–माओवादी पार्टी एकता अनिश्चित
बैंक लुटपाट प्रकरण:एटिएमको सिसिटिभी अनुगमन प्रभावकारी बनाउन सुझाव -रमेश लम्साल
बैंक लुटपाट प्रकरण:एटिएमको सिसिटिभी अनुगमन प्रभावकारी बनाउन सुझाव -रमेश लम्साल
सहमति नभए एमालेले भोटिङबाट मुख्यमन्त्री छान्ने
४ हजार ८ सय वटा फुल पहिरिएर  बिदाइ भए मकवानपुर प्रहरी प्रमुख
४ हजार ८ सय वटा फुल पहिरिएर बिदाइ भए मकवानपुर प्रहरी प्रमुख
सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ
सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ
महरा संसद बैठकमा सहभागी हुने बाटो खुल्यो
महरा संसद बैठकमा सहभागी हुने बाटो खुल्यो
आज नेपाली क्रिकेट टोली इंग्ल्याण्डमा पहिलो टी–ट्वेन्टी खेल्दै
आज नेपाली क्रिकेट टोली इंग्ल्याण्डमा पहिलो टी–ट्वेन्टी खेल्दै
बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु, तीनजना घाइते
बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु, तीनजना घाइते
‘के म साँच्चै जीवित छु?’: भग्नावशेषमा फसेका दिदीबहिनीको उद्धारको भावुक कथा
‘के म साँच्चै जीवित छु?’: भग्नावशेषमा फसेका दिदीबहिनीको उद्धारको भावुक कथा
ह्याकरले टेलिकमका सबै डाटा उडाइदिन्छु भनेपछि हल्लीखल्ली मच्चियो, पक्राउ परेपछि दिए यस्तो हाँस्यास्पद बयान
ह्याकरले टेलिकमका सबै डाटा उडाइदिन्छु भनेपछि हल्लीखल्ली मच्चियो, पक्राउ परेपछि दिए यस्तो हाँस्यास्पद बयान

तपाईंले छुटाउनुभयो कि?