“नेपाल-भारत सम्बन्ध सुमधुर छ, सीमा विवाद छिट्टै हल हुन्छ ” : पूर्वराजदुत केभी राजन

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २०, २०७६
|
|
६१ पटक हेरिएको
Shares
“नेपाल-भारत सम्बन्ध सुमधुर छ, सीमा विवाद छिट्टै हल हुन्छ ” : पूर्वराजदुत केभी राजन

सारांश

  • सिओल, दक्षिण कोरिया २० माघ ।
  • नेपालका लागि भारतीय पूर्व राजदुत तथा नेपाल मामिलाका जानकार केभी राजनले नेपाल भारत द्धिपक्षीय सम्बन्ध पछिल्लो समय अति सुमधुर रहेको स्पष्ट पारेका छन् ।
  • दक्षिण कोरियाकाो राजधानी सिओलमा आयोजित विश्व शान्ति मिडिया सम्मेलनको क्रममा पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै राजनले यस्तो बताएका हुन् ।

सिओल, दक्षिण कोरिया २० माघ । नेपालका लागि भारतीय पूर्व राजदुत तथा नेपाल मामिलाका जानकार केभी राजनले नेपाल भारत द्धिपक्षीय सम्बन्ध पछिल्लो समय अति सुमधुर रहेको स्पष्ट पारेका छन् । दक्षिण कोरियाकाो राजधानी सिओलमा आयोजित विश्व शान्ति मिडिया सम्मेलनको क्रममा पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै राजनले यस्तो बताएका हुन् । उनले भने,”पछिल्लो समय नेपाल र भारतबीच सम्बन्ध धेरै राम्रो भएको छ । अहिले द्धिपक्षीय सम्बन्धमा कुनैपनि खालको अविश्वास देखिएको छैन् । दुवै देशमा बलिया सरकार छन् ।”

उनले दुवै देशका प्रधानमन्त्रीबीच पनि सुमधुर सम्बन्ध रहेको चर्चा गरे । “दुवै देशका सरकार बलिया छन्, अहिले नेपाल र भारतबीचको जनस्तरको सम्बन्धपनि सुमधुर छ ।”(राजनले थपे । उनले दुई देशबीचको सीमा समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्नेगरि पहल भैरहेको जानकारी दिए । कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका सीमा विवादबारे दुई देशबीच वार्ता भएर समस्याको समाधान गरिने उनको भनाई छ ।

उनले सीमा विवादको लागि छिट्टै सचिवस्तरीय वार्ता हुन लागेको पनि जानकारी दिए । उनले भने,”सचिवस्तरीय वार्ताबाट नै सीमा विवादको समस्या हल हुन्छ भन्नेमा म विश्वस्त छु । यही वार्ताले निकास दिन्छ ।” तर, सीमा विवादबारे सडकमा चिच्याएर वा हल्ला गरेर यसको समाधान नहुनेतर्फ पनि उनले सचेत गराए । उनले थपे,”बरु दुई देशबीच उच्चस्तरीय तहमा वार्ता गरेर यसको समाधान खोजिनुपर्छ । कुटनीतिक कौशलता प्रदर्शन गर्दै अघि बढ्नु आजको आवश्यकत्ता हो ।” उनले सीमा विवादलाई ठूलो कुरा नभएको टिप्पणी गरे ।

राजनले नेपालको विकास र समृद्धिमा भारतले सधैं सहयोगी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यो सहयोगलाई निरन्तरता दिने वचन दिए । उनले भने,”भारतको सबैभन्दा निकट मित्रराष्ट्र भनेको नै नेपाल हो । हामी नेपालको विकासमा जस्तोसुकै सहयोग गर्नपनि तयार छौं ।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच धेरै राम्रो सम्बन्ध भएकोले द्धिपक्षीय सम्बन्ध आगामी दिनमा समेत सुमधुर हुने उनको विश्वास छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक
नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक
राप्रपा र राप्रपा सँयुक्तबीच पार्टी एकीकरण गर्ने सहमति
राप्रपा र राप्रपा सँयुक्तबीच पार्टी एकीकरण गर्ने सहमति
बिमष्टेक शिखर सम्मेलनका लागि महानगरापलिकाले तार व्यवस्थापन गर्ने !
बिमष्टेक शिखर सम्मेलनका लागि महानगरापलिकाले तार व्यवस्थापन गर्ने !
पार्क भिलेज फेवातालको बफर जोन भित्र छ?
पार्क भिलेज फेवातालको बफर जोन भित्र छ?
१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा क्रिकेट र प्याराग्लाइडिङ पनि, यी हुन् सागमा समावेश खेलहरू
१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा क्रिकेट र प्याराग्लाइडिङ पनि, यी हुन् सागमा समावेश खेलहरू
संसद भंग गर्ने तयारीमा देउवा, प्रधानन्यायाधीश  प्रधानमन्त्री बन्ने सम्भावना !
संसद भंग गर्ने तयारीमा देउवा, प्रधानन्यायाधीश प्रधानमन्त्री बन्ने सम्भावना !
कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा, अब ९ असारमा सुनुवाइ
कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा, अब ९ असारमा सुनुवाइ
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
जग्गाको वर्गीकरण नहुँदा राजस्व घट्यो
जग्गाको वर्गीकरण नहुँदा राजस्व घट्यो
बालकोटस्थित ओली निवास बन्यो मन्त्री ‘क्वार्टर’ !
बालकोटस्थित ओली निवास बन्यो मन्त्री ‘क्वार्टर’ !

तपाईंले छुटाउनुभयो कि?