नेपाली काँग्रेसको समानुपातिक सूचीमा अर्वपती विनोध चौधरी !

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक १३, २०७४
|
|
४१ पटक हेरिएको
Shares
नेपाली काँग्रेसको समानुपातिक सूचीमा अर्वपती विनोध चौधरी !

सारांश

  • चौधरी ग्रूप अफ इन्डस्ट्रीजका मालिक तथा विश्वका धनि समुहमा नेपालका एक मात्र सूचीकृत चौधरी काँग्रेको कोटाबाट समानुपातिकमा परेको विषय अहिले व्यवसायिक घराना मात्र हैन समग्र व्यवसायिक जगतमा चर्चाको विषय भएको छ।
  • पहिलो संविधान सभाको चुनावमा एमालेको कोटाबाट संविधानसभामा गएका चौधरी एमालेका नेताहरुसँग सम्वन्धका कारण पनि एमाले पार्टीबाट सभासद भएका थिए।
  • पछिल्लो समयमा नेपालमा वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धन बनेपछि भने उनी लोकतान्त्रिक गठवन्धनसँग नजिक भएका थिए।

चौधरी ग्रूप अफ इन्डस्ट्रीजका मालिक तथा विश्वका धनि समुहमा नेपालका एक मात्र सूचीकृत चौधरी काँग्रेको कोटाबाट समानुपातिकमा परेको विषय अहिले व्यवसायिक घराना मात्र हैन समग्र व्यवसायिक जगतमा चर्चाको विषय भएको छ।

पहिलो संविधान सभाको चुनावमा एमालेको कोटाबाट संविधानसभामा गएका चौधरी एमालेका नेताहरुसँग सम्वन्धका कारण पनि एमाले पार्टीबाट सभासद भएका थिए।

पछिल्लो समयमा नेपालमा वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धन बनेपछि भने उनी लोकतान्त्रिक गठवन्धनसँग नजिक भएका थिए। नेपाली काँग्रेसका संसदीय वोर्डका एक सदस्यले चौधरी समानुपातिकमा काँग्रेसबाट सिफारिस भएको पुष्टि गरे।

लोकतान्त्रिक गठवन्धनमा नेपालका घरानाहरु, व्यवसायीहरु उदयमीहरु एकत्रित भएको सन्देश पनि हो चौधरी काँग्रेसबाट समानुपातिकमा पर्नु ति नेताले भने। नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा अर्वपती विनोद चौधरी समावेश गरिएका छन्। नेपाली काँग्रेसले आइतवार संसोधन सहित बुझाएको सूचीमा चौधरीको नाम रहेको छ।

व्यापारिक पावरहाउस
पञ्चायतका बेला चौधरी परिवारको राजा, राजपरिवारसँग निकटता थियो। पटकपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापासँग विनोद पहिले देखिनै नजीक थिए। व्यावसायिक पारवहाउसका रुपमा रहेका चौधरीसँग पावर हुनेहरु जोडिन चाहन्छन उनी पनि पायरफुलहरुसँग छिटो सम्बन्ध बनाउँछन्। बहुदल आएपछि चौधरी परिवारले एमाले नेता तथा लेखक मोदनाथ प्रश्रितलाई पैसा सापटी दिएको थियो। तत्कालिन उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीसँग विनोदको निकट सम्वन्ध छ। राजनैतिक शक्ति केन्द्रमात्र होइन, विनोद सम्वद्ध विशेषज्ञ, बजारका जानकार, सञ्चारकर्मीको सधैं सम्पर्कमा बस्छन्।

सीजीभित्रै झन्डै ४० कम्पनी छन्। विदेशमा आक्रमक रूपमा लगानी विस्तार गरेपछि सिजी अन्तराष्ट्रिय कम्पनी भएको छ। सीजीले विभिन्न क्षेत्रमा २५ करोड अमेरिकी डलर लगानी गरेको मात्र सार्वजनिक गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी, परिक्षण उडानका लागि चिनियाँ जहाज अवतरण
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी, परिक्षण उडानका लागि चिनियाँ जहाज अवतरण
अर्थतन्त्र थप बिग्रनुअघि राजनीति सच्चिन जरुरी छ : विनोद चौधरी
अर्थतन्त्र थप बिग्रनुअघि राजनीति सच्चिन जरुरी छ : विनोद चौधरी
खोलाले बगाउँदा एकको मृत्यु
खोलाले बगाउँदा एकको मृत्यु
अब यी साना तथा ठुला व्यवसायहरूले पनि अनिवार्य भ्याट (VAT) मा दर्ता गराउनै पर्ने !
अब यी साना तथा ठुला व्यवसायहरूले पनि अनिवार्य भ्याट (VAT) मा दर्ता गराउनै पर्ने !
यही साताबाट क्रिकेट रंगशाला निर्माणको काम सुरु हुँदै
यही साताबाट क्रिकेट रंगशाला निर्माणको काम सुरु हुँदै
अबदेखि नेपालमा कैदीलाई जेलमै यौनसुविधा दिइने
अबदेखि नेपालमा कैदीलाई जेलमै यौनसुविधा दिइने
बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने
बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने
सागमा मार्च पासमा नेपालको झण्डा पारस खड्काले बोक्ने !
सागमा मार्च पासमा नेपालको झण्डा पारस खड्काले बोक्ने !
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तरसँग वार्ता प्रस्ताव
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तरसँग वार्ता प्रस्ताव
राष्ट्रियसभा निर्वाचनः आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदै
राष्ट्रियसभा निर्वाचनः आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदै