भैरवनाथ गणमा भएको विष्फोटमा घाइतेमध्ये ४ महिला सैनिक
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
काठमाडौं, १९ माघ । नेपाली सेनाको भैरवनाथ गण महाराजगन्जमा तालिमको क्रममा भएको विस्फोटमा घाइते हुने ६ जनामध्ये ४ महिला सैनिक रहेका छन् । घाइते भएकाहरुको नाम पनि खुलेको छ ।
घाइते हुने महिला सैनिकहरुमा २० वर्षीया शर्मिला कार्की, सुषमा कुमाल, १९ वर्षीया राजमाया घले र दीपिका बस्नेत रहेका छन् । विस्फोटमा परी सैनिक विक्रम पाण्डे र पुरुषोत्तम ठकुरी पनि घाइते भएका छन् । यीमध्ये दीपिका बस्नेतको अवस्था गम्भीर रहेको बताइएको छ ।
नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीका अनुसार तालिमको क्रममा बिहान ९ः३५ मा ग्रिनेड विस्फोट भएको थियो । घाइते सबैको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।
प्रतिक्रिया