नेपाली स्याटेलाइटसँगै ४० मुसा पनि किन लगियो अन्तरिक्षमा ?
सारांश
- न्यूयोर्कको स्थानीय समय अनुसार दिउँसो ४ बजेर ४५ मिनेट जाँदा नेपालको आफ्नै पहिलो स्याटेलाइट स्थापनाका लागि अन्तरिक्ष केन्द्रमा यान पठाइयो ।
- भर्जिनियाबाट प्रक्षेपण गरिएको यानले ६७ सय पाउण्ड सामाग्रीहरु बोकेर उडेको छ ।
- शुक्रबार विहान साढे ८ बजे पुग्ने नेपाली स्याटेलाइट सहितको उक्त यानमा ४० जीवित मुसा पनि सँगै पठाइएको छ ।
न्यूयोर्कको स्थानीय समय अनुसार दिउँसो ४ बजेर ४५ मिनेट जाँदा नेपालको आफ्नै पहिलो स्याटेलाइट स्थापनाका लागि अन्तरिक्ष केन्द्रमा यान पठाइयो । भर्जिनियाबाट प्रक्षेपण गरिएको यानले ६७ सय पाउण्ड सामाग्रीहरु बोकेर उडेको छ । शुक्रबार विहान साढे ८ बजे पुग्ने नेपाली स्याटेलाइट सहितको उक्त यानमा ४० जीवित मुसा पनि सँगै पठाइएको छ ।
नेपाल सहित जापान र श्रीलंकाको स्याटेलाइटका लागि आवश्यक सामाग्री सहित अन्तरिक्ष स्टेसनमा गएको यानमा किन मुसा पनि पठाइयो भन्ने जिज्ञासा हुन सक्छ ? ती ४० मुसाहरु वैज्ञानिकहले एन्टी टिटानास भ्याक्सिनको प्रभावकारिताको परिक्षणका लागि अन्तरिक्षतर्फ पठाइएको हो । अन्तरिक्षमा पुगेपछि २० मुसालाई भ्याक्सिन दिइनेछ । यसरी भ्यान्सिकन दिइएका मुसाहरुमा भ्याक्सिनको प्रभावकारिता कस्तो रह्यो त्यो पृथ्वीमा आएपछि वैज्ञानिकले अनुसन्धान गर्नेछन् ।
प्रतिक्रिया