नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०८०
|
|
३९ पटक हेरिएको
Shares
नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्दै

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्ने तयारीमा रहेको बताएका छन् । मंगलवार नेपाल एलपि ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन् ।

उनले धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताए । उनले कम्तिमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधरणको लागि आईपीओ जारी गर्न प्रतिवद्ध रहेको बताए ।

उनले सर्वसाधरण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने बताए । उनले व्यवसायीहरुलाई स्टेकहोल्डर बनाउने र सर्वसाधरणलाई आइपीओ दिने तयरी रहेको बताए । उनले विभिन्न प्राविधिक पक्षहरु रहेकाले केही समय लाग्ने बताए । उनले ग्यास व्यवसायीहरुप्रति आयल निगम निर्मम हुने सोचमा नभएको बताए ।

उनले सरकारले व्यवसायीहरुका मागहरु समयसापेक्ष रुपमा सम्बोधन चाँडै गर्ने बताए । उनले मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउने हिसावले नेपाल आयल निगमले वि.स.२०८० असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको बताए । उनले जनता,व्यवसायी र अन्य सबै क्षेत्रले स्वीकार गरेर अर्थतन्त्रमा टेवा पर्‍याउनुपर्ने आवश्यकता रहेको बताए । उनले आयल निगमस्वचालित मूल्य लागू गरेपछि निगम अलिकति भएपनि नाफामा रहने बताए ।

उनले भने,‘ग्यास व्यवसायीहरुप्रति आयल निगम निर्मम हुने सोचमा छैन । सरकारले व्यवसायीहरुका मागहरु समय सापेक्ष रुपमा सम्बोधन गर्दै जान्छ । केही मागहरु सम्बोधन गर्नुपर्ने छ । मागहरु सञ्चालक समितिमा अड्किएर बसेका पनि छन् । व्यवसायीहरुमा मागहरु चाँडै सम्बोधन गर्नेछौं । नेपाल आयल निगमले वि.स.२०८० असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको अवस्था छ । मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउने हिसावले आयल निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको अवस्था छ । जनता,व्यवसायी र अन्य सबै क्षेत्रले स्वीकार गरेर अर्थतन्त्रमा टेवा पु¥याउनुपर्ने आवश्यकता छ । आयल निगम गएको आर्थिक वर्ष नाफामा रह्यो । स्वचालित मूल्य लागू गरेपछि निगम अलिकति भएपनि नाफामा रहन्छौं । सधैँभरी नेपाल आयल निगम घाटामा रह्यो भन्ने अवस्था पनि होइन । धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको छ । कम्तिमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था छ । निगम यो विषयमा प्रतिवद्ध छ । कम्तिमा जनतालाई ओनर सिप सबैलाई इन्धन चाहिएको छ । इन्धन पहिलो र इन्धनको आपूर्ति दोस्रो कुरा हो । सधैँभर नेपाल आयल निगमलाई गाली गरेर हुँदैन । सबैले ओनरसिप लिनको लागि पनि आइपी जारी गर्नुपर्छ । व्यवसाय स्टेक होल्डरहरुलाई पनि दिने र केही आम जनतामा दिनेगरी आयल निगमले तयारी गरिरहेको अवस्थामा छ । केही समय लाग्छ । अघिल्ला दुई आर्थिक वर्षमा घाटामा रहेकाले केही समय लाग्छ । तर निगम आईपीओ जारी गर्ने तयारीमा छ ।’

नेपाल एलपि ग्याँस उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले डिजेल पेट्रोलको जस्तै एलपी ग्याँसको पनि स्वचालित मूल्य लागू गर्न माग गरे । उनले एलपी ग्याँसको मूल्य अचानक बढ्दा व्यवसायीहरुलाई समस्या भइरहेको बताए । उनले व्यवसायमा लागत अनुसारको मुनाफा आवश्यक हुने भन्दै आयात गर्ने र निर्यात गर्ने मूल्य सरकारको नियन्त्रणमा हुँदा एलपी ग्याँस उद्योगले विभिन्न समस्या भोग्नुपरेको बताए ।

उनले ग्याँस उद्योगीहरुको नाफा १० वर्ष अगाडिको ३२ रुपैयाँ अहिलेसम्म कायम रहेको बताए । निगमले पेट्रोलको जस्तै एलपी ग्याँसको पनि स्वचालित मूल्य लागू नगरेर ग्याँस उद्योगीहरुलाई पाखा लगाएको आरोप लगाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावको अन्तिम तयारी नवलपरासीमा
चुनावको अन्तिम तयारी नवलपरासीमा
पाँचहजार जना अटाउने अन्तराष्ट्रिय सम्मेलन केन्द्र भक्तपुरमा बन्ने , सांसद महेश बस्नेतले गरे यस्ताे अाग्रह
पाँचहजार जना अटाउने अन्तराष्ट्रिय सम्मेलन केन्द्र भक्तपुरमा बन्ने , सांसद महेश बस्नेतले गरे यस्ताे अाग्रह
प्रधानन्यायाधीश पराजुली ‘पदमुक्त’ भएपछि सर्वोच्चमा कामु जोशी, इजलास बहिष्कार गरेका न्यायाधीश फर्के
प्रधानन्यायाधीश पराजुली ‘पदमुक्त’ भएपछि सर्वोच्चमा कामु जोशी, इजलास बहिष्कार गरेका न्यायाधीश फर्के
ओली नेपाल सम्बन्ध सुमधुरतर्फ, मंसीर पहिलो साता मन्त्रिपरिषद हेरफेर हुँदा यी बन्न सक्छने मन्त्री
ओली नेपाल सम्बन्ध सुमधुरतर्फ, मंसीर पहिलो साता मन्त्रिपरिषद हेरफेर हुँदा यी बन्न सक्छने मन्त्री
Context Constitution Day: Women see need of revising citizenship-related discriminatory provision
Context Constitution Day: Women see need of revising citizenship-related discriminatory provision
नेपाल-भारतबीच अर्को हप्ता द्विपक्षीय वार्ता हुँदै
नेपाल-भारतबीच अर्को हप्ता द्विपक्षीय वार्ता हुँदै
मंसिर ६ गते शुक्रबारको राशिफल यस्तो छ
मंसिर ६ गते शुक्रबारको राशिफल यस्तो छ
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
एमाले पार्टी कार्यालयमा आगजनी…
एमाले पार्टी कार्यालयमा आगजनी…
दुई दुर्घटनामा तीनजनाको मृत्यु
दुई दुर्घटनामा तीनजनाको मृत्यु