नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छः उपराष्ट्रपति पुन !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ४, २०७५
|
|
३५ पटक हेरिएको
Shares
नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छः उपराष्ट्रपति पुन !

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

छेन्दु, ४ असाेज । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् । १७ अाैँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुन चीनकाे छेन्दु पुगेका उपराष्ट्रपति पुनले बिहिबार सम्बाेधन गर्दै नेपाली भूमि कुनै पनि हालतमा चीन विरुद्ध प्रयाेग हुन नदिने बताएका हुन् ।

‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ । नेपाल आफ्नो भूमिलाई चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिवद्ध छ । चीनले अवलम्बन गरिरहेको मित्रता, सदासयता, आपसी लाभ तथा समावेशीताका सिद्धान्तहरुद्वारा निर्देशित छिमेक कूटनीतिको हामी प्रशंसा गर्दछौं’ उपराष्ट्रपति पुनले सम्बोधनका क्रममा भने ।  समय समयमा भएका उच्चस्तरीय भ्रमणहरुको आदान प्रदानबाट द्विपक्षीय सम्बन्ध थप मजबुत र फराकिलो हुँदै गएको भन्दै उनले पछिल्लो केही वर्षयता दुई देशबीच महत्वपूर्ण सम्झौताहरु सम्पन्न भएको बताए ।

त्यसक्रममा उपराष्ट्रपति पुनले जनवादी गणतन्त्र चीन स्थापना भएको सय वर्ष पुगेको अवसरमा सन् २०४९ सम्म चीनलाई महान् आधुनिक समाजवादी मुलुक बनाउने लक्ष्यको प्रशंसा गरे । चीनका राष्ट्रपतिले बेल्ट एण्ड रोड ईनिसियटिभ (बिआरआई) मार्फत् सम्बद्ध राष्ट्रहरुबीच सहयोग अभिवृद्दि गरी मानवताका लागि साझा भविष्य भएको समुदाय निर्माणका लागि अगाडि सारेको विचारको स्वागत गर्दै बिआरआईमा शान्ति, सहयोग, समावेशीता, आपसी सिकाइ, आपसी लाभ र सबैको जित जस्ता भावना समाविष्ट भएकोले इनिसिएटिभमा सामेल हुन पाएकोमा खुशी व्यक्त गरे ।

नेपालका लागि निर्यात व्यापार विस्तार, जलविद्युत, कृषि, पर्यटन तथा लगानी प्रवद्र्धन प्राथमिकताका क्षेत्रहरु हुन् ।  त्यसैगरी सडक सञ्जाल, रेलवे, उर्जा उत्पादन एवम् यसको वितरण जस्ता आधारभूत पूर्वाधारहरुको निर्माण एवम् सीमा वारपार रेलवे, राजमार्ग, सञ्चार, ट्रान्समिसन लाईन लगायतका क्षेत्रमा विकास गर्ने तथा  व्यापार घाटालाई सन्तुलनमा ल्याउने उद्देश्य पुरा गर्न बृहत् लगानी, उन्नत प्रविधि, अनुभवको आदान प्रदान, वस्तु विनिमयमा सहकार्यको जरुरी भएको उपराष्ट्रपति पुनको जोड छ ।

समारोहलाई चीनका उपप्रधानमन्त्री हु छिन्ह्वा, चिनियाँ कम्यूनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्त सेक्रेटरी पेङ्ग छिङहुवा र ईटालीका उपप्रधानमन्त्रीले पनि सम्बोधन गरेका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबैको रक्षा गर्ने पशुपतिनाथ आफै असुरक्षित, लुटियो २३१ रोपनी जग्गा
सबैको रक्षा गर्ने पशुपतिनाथ आफै असुरक्षित, लुटियो २३१ रोपनी जग्गा
स्कुल बसको ठक्करले छात्राको मृत्यु
स्कुल बसको ठक्करले छात्राको मृत्यु
तिहार जेलमा २२ जनवरी विहान ७ बजे झुण्ड्याइनेछन् चार ‘बलात्कारी’
तिहार जेलमा २२ जनवरी विहान ७ बजे झुण्ड्याइनेछन् चार ‘बलात्कारी’
‘हेड टु हेड’मा ब्राजिल बलियो कि स्विट्जरल्याण्ड!
‘हेड टु हेड’मा ब्राजिल बलियो कि स्विट्जरल्याण्ड!
नेपाल तामाङ राष्ट्रिय घेदुङले मनायो भृकुटीमण्डपमा ल्होसार, स्मिता सम्मानित
नेपाल तामाङ राष्ट्रिय घेदुङले मनायो भृकुटीमण्डपमा ल्होसार, स्मिता सम्मानित
जम्मु काश्मिरमा पाँच लडाकूको मृत्यु
जम्मु काश्मिरमा पाँच लडाकूको मृत्यु
मौसमी फ्लुको प्रकोप नियन्त्रण गर्न विशेष व्यवस्था गर्न माग
मौसमी फ्लुको प्रकोप नियन्त्रण गर्न विशेष व्यवस्था गर्न माग
कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने
कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने
कोरोनाबाट थप ३ जनाको मृत्यु, कुल मृतकको सख्या २०२० पुग्यो
उपप्रधानमन्त्री श्रेष्ठले भने : भ्रष्टाचार र कमिसनको जालो अन्त्य गर्न निरन्तर लागेको छु
उपप्रधानमन्त्री श्रेष्ठले भने : भ्रष्टाचार र कमिसनको जालो अन्त्य गर्न निरन्तर लागेको छु