नेपाल–भारतसम्बन्ध प्रबुद्ध समूह (इपिजी)को सातौँ बैठक शुरु

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
५२ पटक हेरिएको
Shares
नेपाल–भारतसम्बन्ध प्रबुद्ध समूह (इपिजी)को सातौँ बैठक शुरु

सारांश

  • काठमाडौँ, १२ फागुन , नेपाल–भारत सम्बन्ध प्रबुद्ध समूह (इपिजी)को सातौँ बैठक आजबाट यहाँ शुरु भएको छ ।
  • हरेक तीन महिनामा बस्दै आएको बैठक भोलिसम्म चल्नेछ ।
  • नेपाल–भारतबीचको सम्बन्धलाई थप सुदृढ र सुमधुर बनाउने उद्देश्यले गठन भएको उक्त समूहले दुई देशबीच भएका सन्धिको पुनरावलोकन, खुला सिमानामा उत्पन्न समस्या तथा त्यसको समाधानका विषयमा छलफल गर्दै आएको छ ।

काठमाडौँ, १२ फागुन , नेपाल–भारत सम्बन्ध प्रबुद्ध समूह (इपिजी)को सातौँ बैठक आजबाट यहाँ शुरु भएको छ । हरेक तीन महिनामा बस्दै आएको बैठक भोलिसम्म चल्नेछ ।

नेपाल–भारतबीचको सम्बन्धलाई थप सुदृढ र सुमधुर बनाउने उद्देश्यले गठन भएको उक्त समूहले दुई देशबीच भएका सन्धिको पुनरावलोकन, खुला सिमानामा उत्पन्न समस्या तथा त्यसको समाधानका विषयमा छलफल गर्दै आएको छ ।

बैठकमा दुई देशबीचको सुरक्षा संवेदनशीलता, जलस्रोत, व्यापार, सांस्कृतिक सम्बन्धमा छलफल भई प्रारम्भिक मस्यौदाको काम शुरु भएको भनिएको छ । यस समूहले नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझावसहितको प्रतिवेदन नेपाल र भारत सरकारलाई दिनेछ ।

समूहमा नेपालका तर्फबाट कूटनीतिज्ञ तथा पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापा, परराष्ट्रविद् डा राजन भट्टराई, संविधानविद् नीलाम्बर आचार्य र कानूनविद् सूर्यनाथ उपाध्याय सदस्य रहनुभएको छ ।

त्यस्तै भारतीय पक्षबाट भारतीय जनता पार्टीका नेता भगतसिंह कोश्यारी, पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती सदस्य रहनुभएको छ ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमान दुर्घटनापछि उद्दारमा नेपालको बंगलादेशले प्रशंसा गर्यो
सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने नेपालको धारणा
सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने नेपालको धारणा
पूर्वाधार विकासका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः नेता नेपाल
पूर्वाधार विकासका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः नेता नेपाल
आजको राशीफल
आजको राशीफल
कालीगण्डकी करिडोर प्रभावितलाई आठ करोड मुआब्जा
कालीगण्डकी करिडोर प्रभावितलाई आठ करोड मुआब्जा
कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु
कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु
यी हुन् प्रधानमन्त्री केपी ओलीबारे भ्रामक समाचार पोष्ट गर्ने हरिप्रसाद मानन्धर
यी हुन् प्रधानमन्त्री केपी ओलीबारे भ्रामक समाचार पोष्ट गर्ने हरिप्रसाद मानन्धर
सरकारले दृढतापूर्वक शान्ति सुरक्षा दिन्छ: मन्त्री बाँस्कोटा
सरकारले दृढतापूर्वक शान्ति सुरक्षा दिन्छ: मन्त्री बाँस्कोटा
महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगायो माओवादीले
महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगायो माओवादीले
सडकमा ढुंगा बेचेर भाइरल बनेका बालकलाई नजिकबाट चिन्नुस (भिडियो सहित)
सडकमा ढुंगा बेचेर भाइरल बनेका बालकलाई नजिकबाट चिन्नुस (भिडियो सहित)

तपाईंले छुटाउनुभयो कि?