नेफ्टा अवार्ड तयारीको लागि काठमाडौँ आए आयोजक

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष २४, २०७९
|
|
५२ पटक हेरिएको
Shares
नेफ्टा अवार्ड तयारीको लागि काठमाडौँ आए आयोजक

सारांश

  • काठमाडौँ ।
  • प्रतिष्ठित नेपाली चलचित्र अवार्ड नेफ्टाको ११ औं संस्करण अमेरिकामा आयोजना हुँदैछ ।
  • आगामी जेठ १३ गते (२७ मे, २०२३)मा नेफ्टाको आगामी संस्करण अमेरिकी राज्य टेक्ससमा हुँदैछ ।

काठमाडौँ । प्रतिष्ठित नेपाली चलचित्र अवार्ड नेफ्टाको ११ औं संस्करण अमेरिकामा आयोजना हुँदैछ । आगामी जेठ १३ गते (२७ मे, २०२३)मा नेफ्टाको आगामी संस्करण अमेरिकी राज्य टेक्ससमा हुँदैछ । आयोजकले तयारीलाई तीव्र तुल्याएको जनाएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारको उद्देश्यले चलचित्र प्राविधिक संघ (नेफ्टा)ले युएस खबर, फेम नेपाल र आर्यन फिल्म्ससँगको सहकार्यमा अवार्ड गर्न लागेको हो ।

अवार्ड तयारीका लागि युएस खबरका ओम आचार्य र फेम नेपालका विमल पछाइ शनिबार काठमाडौं ओर्लिएका छन् । आयोजक संस्थाका यी दुईजना सदस्यलाई नेफ्टा अध्यक्ष पुष्कर लामाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । ‘दुई महिनासम्म नेपालमा रहेर हामीले अवार्डको तयारीलाई तीव्र तुल्याउनेछौं’ आचार्यले भने, ‘अवार्डलाई सभ्य र भव्य तुल्याउन प्रयत्नशिल हुनेछौ ।’अबको केही महिना नेफ्टाले व्यवसायिक सहकार्यको तयारी गर्ने भएको छ । यसका लागि टाइटल, पावर्डदेखि एसोसिएट स्पोन्सरसँग सहकार्य गर्ने जानकारी दिइएको छ । २०७९ मा प्रदर्शनमा आएका फिल्मलाई जुरीले हेर्ने र उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्ने तयारी पनि छ । साथै, अवार्डको लागि कलाकारले नृत्य अभ्यास पनि गर्नेछन् ।

१२ वर्षदेखि नेफ्टाले अवार्ड कार्यक्रम आयोजना गर्दै आइरहेको छ । नेपालसहित मलेसिया, हङकङ, कतार र युएईको दुबइमा कार्यक्रम सम्पन्न भैसकेको छ । पाँचौपटक विदेशी भूमिमा आयोजना गर्न लागिएको अवार्ड आयोजनाको उद्देश्य नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा लैजानु रहेको अध्यक्ष लामाले बताए । २०५६ सालमा स्थापना भएको नेफ्टाले आफ्ना ३५०० सदस्यको क्षमता अभिवृद्धि र विस्तारमा पनि अवार्ड सहायक हुने अपेक्षा गरेको छ ।

अवार्डमा भाग लिन नेपालबाट कलाकारहरु अमेरिका जानेछन् । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको र नेपाली फिल्मले गौरवमय पाँच दशकभन्दा बढी समय पार गरिसकेको सन्दर्भमा अवार्ड महत्वपूर्ण हुने आशा नेफ्टाले लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीले इजलास पाए
प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीले इजलास पाए
नयाँ बन्ने सरकारले गरेका सबै निर्णय सही, जाँदै गरेको सरकारले गर्ने सबै निर्णय गलत हुँदैन : प्रवक्ता शर्मा
नयाँ बन्ने सरकारले गरेका सबै निर्णय सही, जाँदै गरेको सरकारले गर्ने सबै निर्णय गलत हुँदैन : प्रवक्ता शर्मा
कपिलवस्तु  र खोटाङको ताजा मत पारीणाम
कपिलवस्तु र खोटाङको ताजा मत पारीणाम
नेपाली काँग्रेस – निर्वाचित प्रतिनिधि स्वागत एवं सम्मान कार्यक्रम
तिहारपछि ऋण लिन भन्दै ग्राहक फर्काइँदै, जानीजानी चेक वाउन्स गर्दै बैंक
तिहारपछि ऋण लिन भन्दै ग्राहक फर्काइँदै, जानीजानी चेक वाउन्स गर्दै बैंक
डुबेर दुई बालकको मृत्यु
डुबेर दुई बालकको मृत्यु
प्रतिनिधिसभाको १४१ क्षेत्रको नतिजा आउँदा ७३ सिटसहित एमालेको अग्रता (नामसहित)
प्रतिनिधिसभाको १४१ क्षेत्रको नतिजा आउँदा ७३ सिटसहित एमालेको अग्रता (नामसहित)
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
चुनावको पूर्वसन्ध्यामा काग्रेस–एमाले झडप
चुनावको पूर्वसन्ध्यामा काग्रेस–एमाले झडप
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध

तपाईंले छुटाउनुभयो कि?