नेवार समुदायले दसैँको राती खड्ग जात्रा पर्व मनाए

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन १५, २०७४
|
|
५० पटक हेरिएको
Shares
नेवार समुदायले दसैँको राती खड्ग जात्रा पर्व मनाए

सारांश

  • काठमाडौं, असोज १५ – काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा गएराती खड्ग जात्रा पर्व मनाइएको छ ।
  • विजया दशमीका दिन हिजो नेवार समुदायले निकाल्ने खड्ग जात्रामा विभिन्न शक्तिपीठमा तन्त्र साधना गरी खड्ग धारणा गरी टोल तथा गुठीका मानिस निस्किएका थिए ।
  • काठमाडौंमा टेःबहाल र वटुबाट भद्रकाली, कोहिटीबाट नीलवाराही, यट्खाबाट कंकेश्वरी र तलेजु भवानी लगायतका पीठबाट खड्गजात्रा निकालिएको हो ।

काठमाडौं, असोज १५ – काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा गएराती खड्ग जात्रा पर्व मनाइएको छ । विजया दशमीका दिन हिजो नेवार समुदायले निकाल्ने खड्ग जात्रामा विभिन्न शक्तिपीठमा तन्त्र साधना गरी खड्ग धारणा गरी टोल तथा गुठीका मानिस निस्किएका थिए ।

काठमाडौंमा टेःबहाल र वटुबाट भद्रकाली, कोहिटीबाट नीलवाराही, यट्खाबाट कंकेश्वरी र तलेजु भवानी लगायतका पीठबाट खड्गजात्रा निकालिएको हो । खड्ग धारण गरेर नगर परिक्रमा गरिसकेपछि आसूरी प्रवृत्तिको प्रतीक कुभिण्डोलाई खड्गले प्रहार गरी जात्रा सम्पन्न गरिन्छ ।

खड्ग जात्रामा शक्तिपीठबाट तन्त्र साधना गरी बेलुकी देवदेवीको मूर्ति रहेको शक्तिपीठको मूल घरबाट खड्ग जात्रा निकालिन्छ । कीर्तिपुरमा पनि महिलाले खड्ग जात्रा निकालेका छन् । यहाँका महिलाले खड्गको सट्टा सिन्दूरकदानी बोकेर नगर परिक्रमा गरि खड्ग जात्रा निकाल्ने परम्परा छ ।

परम्परागत साँस्कृतिक बाजागाजाका साथ ठाउँ ठाउँमा भैरव र पीठ पूजासमेत गरिएको थियो ।नगर परिक्रमापछि काठले बनेको नाटेश्वरको अमूर्त मूर्ति आकाश भैरवको मन्दिरमा विशेष पूजा गरी भित्रयाईएको थियो ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अप्ठ्यारो परे मलाई भन्नुहोस्: प्रधानमन्त्री
अप्ठ्यारो परे मलाई भन्नुहोस्: प्रधानमन्त्री
हत्याको अभियोगमा महिला वडा सदस्यसहित ४ जना पक्राउ
हत्याको अभियोगमा महिला वडा सदस्यसहित ४ जना पक्राउ
नेपालले एक खेल अगावै जित्यो केन्याविरुद्धको एकदिवसीय सिरिज
नेपालले एक खेल अगावै जित्यो केन्याविरुद्धको एकदिवसीय सिरिज
फिर्मिनो र क्यासमिरोको गोलमा ब्राजिलको जित
फिर्मिनो र क्यासमिरोको गोलमा ब्राजिलको जित
लुकामारी जस्तो : सर्वोच्चले छोड्ने आदेश, प्रहरीले पक्रने
लुकामारी जस्तो : सर्वोच्चले छोड्ने आदेश, प्रहरीले पक्रने
सेक्सका लागि युवतीको कामेच्छा यसरी जागृत गराउनुस्
सेक्सका लागि युवतीको कामेच्छा यसरी जागृत गराउनुस्
यी हुन् वाम गठबन्धनका राष्ट्रियसभाका ४३ उम्मेदवार, को-को परे ? (नामावलीसहित)
यी हुन् वाम गठबन्धनका राष्ट्रियसभाका ४३ उम्मेदवार, को-को परे ? (नामावलीसहित)
गण्डकी प्रदेशका जनप्रतिनिधि भन्छन् स् सडक नै पहिलो चिन्ता
गण्डकी प्रदेशका जनप्रतिनिधि भन्छन् स् सडक नै पहिलो चिन्ता
सुनको भाउ एक सातामै साढे ४ हजारले बढ्यो, कतिमा हुदैछ कारोबार?
सुनको भाउ एक सातामै साढे ४ हजारले बढ्यो, कतिमा हुदैछ कारोबार?
आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत
आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत

तपाईंले छुटाउनुभयो कि?