पत्रकार महासंघ सल्यानको अध्यक्षमा १ मतले नवीन पौडेल विजयी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र २६, २०७७
|
|
३२ पटक हेरिएको
Shares
पत्रकार महासंघ सल्यानको अध्यक्षमा १ मतले नवीन पौडेल विजयी

सारांश

  • नेपाल पत्रकार महासंघको सल्यान जिल्लाको अध्यक्षमा नवीन पौडेल विजयी भएका छन् ।
  • उनले मीना बुढाथोकीलाई एक मतले पराजित गरेका हुन् ।
  • खसेको कुल ८७ मतमध्ये पौडेलले ४४ मत प्राप्त गर्दा बुढाथोकीले ४३ मत प्राप्त गरिन् ।

नेपाल पत्रकार महासंघको सल्यान जिल्लाको अध्यक्षमा नवीन पौडेल विजयी भएका छन् । उनले मीना बुढाथोकीलाई एक मतले पराजित गरेका हुन् ।

खसेको कुल ८७ मतमध्ये पौडेलले ४४ मत प्राप्त गर्दा बुढाथोकीले ४३ मत प्राप्त गरिन् ।

सल्यानमा उपाध्यक्षमा शंकर केसी, महिला उपाध्यक्षमा सरिता चलाउने, सचिवमा टिकाराम भण्डारी, सहसचिव खुल्लामा आशिष केसी, सहसचिव समावेशीमा बुद्धिमान पुन, कोषाध्यक्षमा शिवलाल डाँगी, खुला सदस्यहरुमा पदम गिरी, अमृत बुढाथोकी, भरत देवकोटा, संजिव श्रविण देवकोटा, महेश कुमार वली, महिला सदस्यमा मेघा रेउले, जनजाति सदस्यमा हरि प्रकाश पुन, दलित सदस्यमा खेमराज स्वर्णकार र अन्य समावेशी सदस्यमा गोपाल शर्मा विजयी भएका थिए ।

सल्यानमा ९२ जना मतदाता रहेकोमा ८७ मत खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?