पदबाट हटेका मन्त्रीले गरे यस्तोे डरलाग्दो खुलासा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर १०, २०७६
|
|
५६ पटक हेरिएको
Shares
पदबाट हटेका मन्त्रीले गरे यस्तोे डरलाग्दो खुलासा

सारांश

  • प्रधानमन्त्रीका सचिवालय समूह र सल्लाहकारहरुले शाखा अधिकृतको सरुवा बढुवामा समेत चासो राख्थे ।
  • तिनीहरुको कुरा नमान्दा बर्हिगमनमा परे ।
  • मुलुक संघीयतामा गइसकेपछि कर्मचारी समायोजन जस्तो जटिल कार्य सम्पन्न गरेँ ।

प्रधानमन्त्रीका सचिवालय समूह र सल्लाहकारहरुले शाखा अधिकृतको सरुवा बढुवामा समेत चासो राख्थे । तिनीहरुको कुरा नमान्दा बर्हिगमनमा परे । मुलुक संघीयतामा गइसकेपछि कर्मचारी समायोजन जस्तो जटिल कार्य सम्पन्न गरेँ । आफूले गरेका राम्रा काम पनि प्रधानमन्त्रीलाई सुनाउन नपाई हट्नुप¥यो ।– लालबाबु पण्डित

एकातिर नेपाली कृषकलाई प्रोत्साहित गर्ने नीति लिने, अर्का्तिर विदेशबाट पाउडर दूध ल्याएर त्यसैमा पानी घोलेर बेच्ने । यो कामको अन्त्य गर्न मैले पाउडर दूधमा प्रतिबन्ध लगाएँ । तर, प्रधानमन्त्री व्यापारीहरुको प्रभावमा परेर धुलो दूध आयात गर्न भनियो । नेपाली कृषकको दूध बाटोमा पोखिनु पर्ने अवस्था आउन नदिने पक्षमा काम गर्दा हट्नु प¥यो ।– चक्रपाणि खनाल

प्रधानमन्त्रीलाई भेट्न खोज्यो, सचिवालयले फोन नै उठाउँदैन । फोन उठे पनि ‘रेस्पोन्स’ हुँदैन । एक प्रकारले प्रधानमन्त्री घेराबन्दीमै पर्नुभयो । मन्त्रीले प्रधानमन्त्रीसँग भेट्न पाउँदैनन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । किन हटेँ थाहा छैन ।– थममाया थापा

नयाँ मदिराको लाइसेन्स खोल्न दिन हुन्न भन्ने अडानमा थिए । त्यसैले विधेयक पेश गर्न मानिनन् । उद्योग सचिव यमकुमारी खतिवडाले प्रधानमन्त्रीको निर्देशन भन्दै विधेयक तयार गरे । मैले नयाँ लाइसेन्स दिनुपर्छ भन्ने बुँदा च्यातिदिए । त्यही विधेयक संसद्मा पेश भयो । प्रधानमन्त्री मसँग रिसाउनुभयो । शशिकान्त अग्रवाललाई नून आयातको लागि लाइसेन्स दिन प्रधानमन्त्रीले यादवलाई निकै दबाब दिएका थिए ।– मातृका यादव

मलेसियासँग श्रम सम्झौता भएपछि कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीले श्रममन्त्री गोकर्ण विष्टलाई निकै सम्झाए । तर, एक वर्ष बित्दा पनि विष्टले कार्यान्वयन गर्न मानेनन् । त्यसपछि प्रधानमन्त्रीले चेतावनी दिँदै तुरुन्त कार्यान्वयन गर्नु भने । मन्त्री विष्टले बरु मलाई हटाउनुस् । त्यो काम मैले गर्दिनँ भने ।– गोकर्ण विष्ट

दूरसञ्चार प्राधिकरणका विवादास्पद व्यक्ति दिगम्बर झालाई अध्यक्ष नियुक्त नगरौँ भन्ने पक्षमा गोकर्ण विष्ट, लालबाबु पण्डित, प्रदीप ज्ञवाली र स्व. रवीन्द्र अधिकारी थिए । तर, प्रधानमन्त्रीले गर्नैपर्ने अडान राखे । त्यस बैठकमा निर्णय भएन । प्रधानमन्त्री रिसाउनुभयो । अर्को बैठकमा भाग लिन जाँदा कानूनमन्त्री भानभुक्त ढकालले दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा नियुक्त हुनु भो भनेर मन्त्रिपरिषद्को निर्णय सुनाए । बैठकमा भाग लिन गएका मन्त्रीहरु यो निर्णय सुनेर ट्वाँ परे ।– एक मन्त्री

यी भनाइहरु मन्त्री पदबाट बिदा भइसकेपछि मिडियामा बाहिर आएका कुराहरु हुन् । यी कुराहरुले पनि ओलीको नेतृत्वमा सरकारमा बस्दा मन्त्रीहरुले कति पीडा, तनाव भोगेका छन् भन्ने बुझिन्छ । दिगम्बर झाजस्ता भ्रष्टाचारीलाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनाउन प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक नै छल्नुपर्ने र एकैपटक मन्त्रिपरिषद्को बैठकमा भाग लिन आउने मन्त्रीहरुलाई कानूनमन्त्रीको मुखबाट उक्त निर्णय सुनाउनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने अनुमान लगाउन सकिन्छ । एनसेलको २० प्रतिशत शेयरधनी सतिसलाल आचार्यको आग्रहमा झा दोस्रो पटक प्राधिकरणको अध्यक्षमा नियुक्ति भएका थिए ।

सरकारले दुग्ध उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने नीति लिएको छ । तर, पाउड दूध आयात गरेर नेपाली किसानलाई मार्ने दलाल पुँजीपतिबाट प्रधानमन्त्री कसरी प्रभावित बने भन्ने कुरा खनालको भनाइबाटै स्पष्ट हुन्छ । प्रधानमन्त्रीका वरपर घुम्ने र सचिवालयका हाकिमहरुले कर्मचारी सरुवा, बढुवामा कतिसम्म मानसिक दबाब दिँदा रहेछन् भन्ने कुरा लालबाबु पण्डितजस्ता सोझा मन्त्रीको पीडाबाट झल्किन्छ ।

यी त केही उदाहरण मात्र हुन् । मन्त्रीमा पुनर्वहाली हुनेहरुको पीडा पनि यो भन्दा कम छैन । जो मन्त्री पदबाट खुस्किए, तिनीहरु किन खुस्किए भन्ने कुरा यी सामान्य घटनाले बताउँछन् । जो मन्त्री पदमा बहाल छन्, तिनीहरुले पद जोगाउन कस्ता कस्ता हर्कत गरे होलान् भन्ने अनुमान गर्न सकिन्छ ।

नेकपाको सरकारले २० महिना बित्दासमेत जनताले अनुभूति गर्ने गरी काम गर्न नसक्नुको पछाडि मन्त्रीहरु होइनन्, प्रधानमन्त्री उनका सल्लाहकारहरुको अनावश्यक हस्तक्षेप नै हो । गत दशैँ अगाडि मेलम्चीको पानी काठमाडौँ ल्याई पु¥याउने ठेकेदारलाई भगाउने खानेपानीमन्त्री बीना मगरजस्ता ‘असक्षम’ मन्त्री नहट्ने, गोकर्ण विष्टजस्ता इमान्दार व्यक्तिले हट्नुपर्ने बिडम्बनाको कुरा हो ।

हटाउनैपर्ने भए अर्थमन्त्री युवराज खतिवडाजस्ता ‘घमण्डी’ मन्त्रीलाई हटाउनुपथ्र्यो । उनका कारण सबै क्षेत्रमा कर आतंक छाएको छ । अर्थतन्त्र ओरालो लागेको छ । विदेशबाट पाम आयलको कच्चा पदार्थ झिकाएर त्यसैको उत्पादनलाई निर्यात गर्दा आयात घट्यो निर्यात बढ्यो भनेर प्रधानमन्त्रीलाई झुक्याइरहेका छन् । हटाइएका राज्यमन्त्री र नयाँ ल्याइएका उद्योग राज्यमन्त्री मोतीलाल दुगड को हुन् ? भन्ने धेरैलाई थाहा छैन । कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि लागेका र प्रतिनिधिसभाको निर्वाचनबाट चुनाव जितेका इमान्दार कार्यकर्ता पुनर्गठनमा नपर्नु, हृदेश त्रिपाठीजस्ता अवसरवादी मन्त्री हुनु दुर्भाग्य हो । यसले पार्टीको तल्लो तहसम्म असन्तुष्टि बढेको छ ।(दृष्टि साप्ताहिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले अध्यक्ष ओलीद्वारा भारतीय गणतन्त्र दिवसको शुभकामना
एमाले अध्यक्ष ओलीद्वारा भारतीय गणतन्त्र दिवसको शुभकामना
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ६० करोड नाघ्यो, पौने ६५ लाखको मृत्यु
शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस
शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस
कति छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर ?
कति छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर ?
नोबेल शान्ति पुरस्कार’: प्रचण्ड कि पूर्वराजा ज्ञानेन्द्रलाई ?
नोबेल शान्ति पुरस्कार’: प्रचण्ड कि पूर्वराजा ज्ञानेन्द्रलाई ?
फिफा वरियतामा नेपालको स्थान खस्कियो, शीर्ष स्थानमा बेल्जियम
फिफा वरियतामा नेपालको स्थान खस्कियो, शीर्ष स्थानमा बेल्जियम
लहानमा कांग्रेससँग संघीय समाजवादी फोरमले ८ मतले हारेपछि तनाव
लहानमा कांग्रेससँग संघीय समाजवादी फोरमले ८ मतले हारेपछि तनाव
फेरी गयो भूकम्प ! साना साना परकम्प जाने क्रम जारी…
फेरी गयो भूकम्प ! साना साना परकम्प जाने क्रम जारी…
सत्तामा बसेसर बदनामी कमाएपछि कांग्रेस–माओवादी गठबन्धनले चुनावमा मतदातालाई बाँड्न राज्यकोषबाट ८ अर्व ७१ करोड रुपैयाँ  गाउँमा पठाएका छन्
सत्तामा बसेसर बदनामी कमाएपछि कांग्रेस–माओवादी गठबन्धनले चुनावमा मतदातालाई बाँड्न राज्यकोषबाट ८ अर्व ७१ करोड रुपैयाँ गाउँमा पठाएका छन्
कागजमा सडक बनाएपछि……..
कागजमा सडक बनाएपछि……..

तपाईंले छुटाउनुभयो कि?