परम्परा जोगाउन पञ्चेबाजा बजाउँदै महिला

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २९, २०८०
|
|
५१ पटक हेरिएको
Shares
परम्परा जोगाउन पञ्चेबाजा बजाउँदै महिला

सारांश

  • काठमाडौं ।
  • बाँके राप्तिसोनारी गाउँपालिका–८ ओभरिकी रुपा वली अहिले ६५ वर्ष पुगिन् ।
  • उनी नौ जवानले फुके झैंँ नरसिङ्गा फुक्ने गर्छिन् ।

काठमाडौं । बाँके राप्तिसोनारी गाउँपालिका–८ ओभरिकी रुपा वली अहिले ६५ वर्ष पुगिन् । उनी नौ जवानले फुके झैंँ नरसिङ्गा फुक्ने गर्छिन् । लोपहुँदै गएको नेपालीको मौलिक संस्कृति र परम्परालाई जोगाउन आफूले पञ्चेबाजाअन्तर्गत पर्ने नरसिङ्गा फुक्ने गरेको वलीले बताइन्।

सुरुसुरुमा सास तान्न र स्वरलाई मोड्न निकै अप्ठ्यारो हुने गरेकामा हिजोआज भने बानी परेपछि सजिलैसँग नरसिङ्गा फुक्न सक्ने उनको भनाइ छ । “यो उमेरमा पनि मलाई कुनै रोगले छोएको छैन । म शारीरिक रुपमा पूर्ण रुपले स्वस्थ छु”, उनले भनिन्, “नरसिङ्गा अरु बाजा बजाए जस्तो होइन । यसलाई सासले बजाउनुपर्छ ।”

वलीले आफूसँगै समूहमा आवद्धभएका अन्य महिलालाई पनि नरसिङ्गा बजाउन प्रेरित गरेको बताइन् । “यो त सीप हो । सीपलाई हस्तान्तरण गर्नुपर्छ । गरिएन भने लोपहुँदै जान्छ”, उनले भनिन्, “अबको दुई÷चार वर्षपछि मैले नरसिङ्गा बजाउन सक्दिन । नयाँ पुस्ताले अहिले नै सिके भने पछि बजाउन सक्छन् । नरसिङ्गा लोप नहोस् भन्नका लागि मैले अरुलाई पनि सिकाउने गरेको छु ।”

अवसर पाए महिलाले सबै काम गर्न सक्छन् भन्ने सन्देश समाजलाई दिनका लागि आफूले नरसिङ्गा बजाउने काम रोजेको वलीको भनाइ छ । सुरुसुरुमा कुरा काट्नेले नि हिजोआज प्रशंसा गर्ने गरेको उनले बताइन्।

संस्कृति संरक्षण समूहअन्तगर्तको पञ्चेबाजा उप–समूहमा आवद्ध मैसरी खत्रीले १० किलोको पञ्चेबाजा बाजा बजाउँछिन् । सानैबाट नाच्ने गाउने रुची भएकाले आफु समूहमा आवद्ध भएको उनले बताइन्। घाँटीमा झुण्ड्याएर पञ्चेबाजा बजाउन सजिलो नहुने खत्रीले बताइन् । “काम त सजिलो कुन चै छ र ? १० किलोको पञ्चेबाजालाई घाँटीमा झुण्ड्याएर बजाई रहँदा सुरुसुरुमा हातमा फोका उठ्यो, ज्वरोले थला परिन्थ्यो”, उनले भनिन्, “महिलाले पनि पुरुष सरह सबै काम गर्न सक्छन् भन्ने लागेर मैले पनि दश दश किलोको पञ्चेबाजा बजाउने हिम्मत गरेकी हुँ ।”

खत्री अहिले ४३ वर्ष पुगिन्। परिवारको साथ र सहयोग पाएर नै आफु पञ्चेबाजा बजाउन गाउँगाउँ जान पाउने उनले बताइन्। पैसाभन्दा पहिचान महत्वपूर्ण भएकाले आफुले जानेको काम गर्न पाउँदा खुसी लाग्ने खत्रीको भनाइ छ । “पैसा कमाउनका लागि हामीले पञ्चेबाजा बजाएका होइनौँ । हाम्रो लागि पहिचान ठूलो कुरा हो”, उनले भनिन्, “पैसा खासै कमाइ नभए पनि गाउँमा हामीलाई पञ्चेबाजा बजाउन आउनुस् भनेर बोलाउँदा निकै खुसी लाग्छ ।” आत्मसम्मानले नै महिलालाई बलियो बनाउने खत्रीको बसझाइ छ । कुनैपनि काम गर्न महिलालाई उमेरले नछेक्ने बताउँदै उनले कुनै पनि काम गर्न ईच्छाशक्ति हुनुपर्ने बताइन् ।

सोही समूहमा आवद्ध भीमा विष्ट ५४ वर्षकी छिन् । उनले अगुवा बाजा र सानो बाजा बजाउँछिन् । संस्कृतिको संरक्षणका क्षेत्रमा केही नयाँ गर्नुपर्छ भन्ने सोंचले अगुवा र सानो बाजा बजाउन थालेको उनले बताइन् । “म सानैबाट केही फरक गर्नुपर्छ भन्ने सोच्थे । जब मलाई अगुवा र सानो बाजा बजाउने जिम्मा समूहले दियो यो मेरो लागि नयाँ भयो”, उनले भनिन्, “एउटै काम गर्न भन्दा नयाँ–नयाँ काम गर्दा नयाँ कुरा सिक्ने मौका पाइन्छ र अनुभव पनि धेरै हुन्छ ।”

विसं २०७९ असोजमा गठन भएको उक्त पञ्चेबाजा समूहले सुरुमा १० हजार मात्र कमाएको विष्टले बताइन् । समूहको तर्फबाट पहिलो पटक उक्त रकम कमाउँदा निकै खुसी लागेको उनको भनाइ छ ।

भ–ूपरिधि कार्यक्रम (ताल) ले लोप हुँदै गइरहेको नेपालीको मौलिक बाजा, संस्कृति र परम्परालाई जोगाइ राख्नका लागि समूहलाई पञ्चेबाजा दिएर सहयोग गरेको सांस्कृति संरक्षण समूहका अध्यक्ष हर्कबहादुर विष्टले जानकारी दिए । उनका अनुसार उक्त पञ्चेबाजा समूहमा १९ जना महिला आवद्ध छन् । सो समूहमा १० दमाहा, दुई टेम्कि (सानो बाजा), दुई जोडा चिल्लर, दुई सनई, दुई नरसिङ्गा र नेपाली पोसाक छन् ।

बिहे, पूजा, उद्घाटन समारोहलगायत ठाउँमा गएर बाजा बजाउँदा महिलाले नेपाली पोसाक लगाउने गरेका अध्यक्ष विष्टले बताए । रुकुम र सल्यानबाट बसाइँ सरेर बाँकेको राप्तिसोनारी–८ ओभरीमा आएका रुकुमेली र सल्यानीले आफ्नो पूर्खाले पहाडमा जोगाइ राखेका मौलिक बाजा, संस्कृति र परम्परालाई बाँकेमा जोगउने उद्देश्यले पञ्चेबाजा समूह गठन गरेको उनको भनाइ छ । उनका अनुुसार सो समूूहको कोषमा अहिले ६५ हजार जम्मा भएको छ । समूह गठन भएदेखि उक्त समूहले एक लाख ३२ हजार कमाएको थियो ।

बाजा बजाउन पञ्चेबाजा समूहका महिला बाँकेको विभिन्न ठाउँमा जानुका साथै छिमेकी जिल्ला बर्दिया, दाङ, सल्यानहुुँदै रुकुमसम्म पुग्ने गरेका अध्यक्ष विष्टले जानकारी दिए । उनका अनुसार समूूहमा ३० देखि ६५ वर्षसम्मका महिला आवद्ध छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहित : सभामुख
संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहित : सभामुख
जनकपुर मोदी अभिनन्दनमा राष्ट्रियगान नबजाउनु कसको गल्ती! प्रदेशसभामा चर्काचर्की
जनकपुर मोदी अभिनन्दनमा राष्ट्रियगान नबजाउनु कसको गल्ती! प्रदेशसभामा चर्काचर्की
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
काठमाडौंका युवतीलाई बिहे गर्ने भन्दै अनलाइनमार्फत यसरी ठगे विदेशीले
काठमाडौंका युवतीलाई बिहे गर्ने भन्दै अनलाइनमार्फत यसरी ठगे विदेशीले
एसेज सिरिज अन्तर्गतको दोस्रो टेष्ट आजदेखि
एसेज सिरिज अन्तर्गतको दोस्रो टेष्ट आजदेखि
यस्तो छ मंगलबार विदेशी मुद्राको बिनियम दर
यस्तो छ मंगलबार विदेशी मुद्राको बिनियम दर
इटहरीका मेयरको आयो कडा चेतावनी, भन्छन् ‘अब लात्तै लात्तले हान्छु’
इटहरीका मेयरको आयो कडा चेतावनी, भन्छन् ‘अब लात्तै लात्तले हान्छु’
राजेन्द्र महतोले भारतिय नागरिकलाई बनाए नेपालमा सांसद !
राजेन्द्र महतोले भारतिय नागरिकलाई बनाए नेपालमा सांसद !
मोरङमा एमालेलाई चार, माओवादीलाई दुई सीट, टिकट नपाएपछि १ नम्बरमा भयाे रुवाबासी
मोरङमा एमालेलाई चार, माओवादीलाई दुई सीट, टिकट नपाएपछि १ नम्बरमा भयाे रुवाबासी
भरतपुर  वडा नं १९ मा माओबादी केन्द्रले कांग्रेसलाई सघाउने सहमति !
भरतपुर वडा नं १९ मा माओबादी केन्द्रले कांग्रेसलाई सघाउने सहमति !

तपाईंले छुटाउनुभयो कि?