पाँचबुँदे घोषणापत्र जारी गर्दै रोटरी क्षेत्रीय सम्मेलन सम्पन्न

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १८, २०७४
|
|
५० पटक हेरिएको
Shares
पाँचबुँदे घोषणापत्र जारी गर्दै रोटरी क्षेत्रीय सम्मेलन सम्पन्न

सारांश

  • बेँसीशहर (लमजुङ), १८ भदौ ।
  • पाँचबुँदे घोषणापत्र जारी गर्दै रोटरीको क्षेत्रीय सम्मेलन शनिबार सम्पन्न भएको छ ।
  • नेपाल ३२९२ अन्तर्गत ४ नं क्षेत्रको सम्मेलन सम्पन्न भएको हो ।

बेँसीशहर (लमजुङ), १८ भदौ । पाँचबुँदे घोषणापत्र जारी गर्दै रोटरीको क्षेत्रीय सम्मेलन शनिबार सम्पन्न भएको छ । नेपाल ३२९२ अन्तर्गत ४ नं क्षेत्रको सम्मेलन सम्पन्न भएको हो ।

कार्यक्रमको समापनका अवसरमा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का पूर्व गभर्नर केशव कुँवरले पाँचबुँदे घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्रमा रोटरी नेपाल ३२९२ अन्तर्गतका सबै क्लब भेला भई रोटरीको छवि प्रवद्र्धन गर्नेखालका साझा कार्यक्रम तय गर्ने र कार्य गर्ने रहेको छ । यस्तै रोटरी नेपाल ३२९२ अन्तर्गत जोन ४ का सबै क्लबबाट पनि रोटरीको छवि प्रवद्र्धन गर्नेखालका साझा कार्यक्रम तय गरी कार्य अघि बढाउने घोषणा भएको छ ।

यसैगरी कुनै योजनाको पहिचान गरी स्थानीय सरकार तथा अन्य वित्तीय संस्थासँग समन्वय गर्ने तथा त्यसका लागि आवश्यक कागजपत्र केन्द्रीय वा क्षेत्रीयरुपमा तयार गरी सम्बन्धित स्थानीय क्लबलाई सहयोग गर्ने घोषणा गरिएको छ ।

रोटरी क्लब अफ लमजुङको आयोजनामा भएको सो कार्यशालामा विभिन्न जिल्लाका रोटरीमा आबद्ध एकसयभन्दा बढी रोटरी प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा सामाजिक उत्तरदायित्व, क्लबका रणनीतिका विषयमा मुख्य छलफल भएको थियो ।

कार्यक्रममा रोट्र्याक्ट क्लब अफ लमजुङका पूर्व अध्यक्ष सन्देश पौडेलले जिल्लाको पर्यटकीय महत्वका बारेमा जानकारी गराउनुभएको थियो । यस्तै पर्यटन अगुवा एवं रोटरी क्लब तनहुँका हरिसिंङ गुरुङले लमजुङ, तनहुँ हुँदै लुम्बिनीसम्मको पर्यटन पदमार्गका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जालमा भाइरल बनेको राष्ट्रपति र प्रधानमन्त्रीको टीका
सामाजिक सञ्जालमा भाइरल बनेको राष्ट्रपति र प्रधानमन्त्रीको टीका
अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
दीपक मनाङे डिल्लीबजार कारागार चलान
दीपक मनाङे डिल्लीबजार कारागार चलान
नेपाल एयरलाइन्सले अहिलेसम्म तिर्‍याे ६ अर्ब ३२ करोड ऋण
कति छ आजको विदेशी मुद्राको विनियम दर ?
कति छ आजको विदेशी मुद्राको विनियम दर ?
Will Shah Rukh Khan launch his daughter Suhana in Bollywood? We finally have an answer to that…
Will Shah Rukh Khan launch his daughter Suhana in Bollywood? We finally have an answer to that…
दुर्लभ चरा संरक्षणमा जुटे संरक्षणकर्मी
दुर्लभ चरा संरक्षणमा जुटे संरक्षणकर्मी
‘मिस्टर वल्र्ड २०१९’ नेपालको प्रतिनिधित्व अक्षय रायमाझीले गर्ने
‘मिस्टर वल्र्ड २०१९’ नेपालको प्रतिनिधित्व अक्षय रायमाझीले गर्ने
काभ्रेमा सैनिकले ‘ढोका थुनेर महिलाको हात बाँधेर बलात्कार प्रयास गरेपछि…
पत्रकारको आन्दोलनको कुनै तुक नभएको भन्दै मिडिया विधेयकमा केही प्रावधान हटाउने निष्कर्षमा प्रम
पत्रकारको आन्दोलनको कुनै तुक नभएको भन्दै मिडिया विधेयकमा केही प्रावधान हटाउने निष्कर्षमा प्रम

तपाईंले छुटाउनुभयो कि?