राजेन्द्र महतोले भारतिय नागरिकलाई बनाए नेपालमा सांसद !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०७४
|
|
२१४१ पटक हेरिएको
Shares
राजेन्द्र महतोले भारतिय नागरिकलाई बनाए नेपालमा सांसद !

सारांश

  • काठमाडौं ।
  • छिमेकी देश भारतका नागरिक नेपालमा सांसद र मन्त्री बनेको कुरा नेपाल नेपालीका लागि कुनै नौलो कुरा त होइन् ।
  • भारतको नागरिकता त्यागी अंगीकृत नेपाली नागरिकता लिएर विगतदेखि नै भारतीयहरु नेपालमा सांसद र मन्त्री बन्दै आएका छन् ।

काठमाडौं । छिमेकी देश भारतका नागरिक नेपालमा सांसद र मन्त्री बनेको कुरा नेपाल नेपालीका लागि कुनै नौलो कुरा त होइन् । भारतको नागरिकता त्यागी अंगीकृत नेपाली नागरिकता लिएर विगतदेखि नै भारतीयहरु नेपालमा सांसद र मन्त्री बन्दै आएका छन् ।

तर, भर्खरै एउटा नयाँ तथ्य बाहिर आएको छ । अंगीकृत नागरिकता लिएर सांसद र मन्त्री बन्दै हाल प्रधानमन्त्रीसहित राष्ट्रप्रमुख बन्न पाउनुपर्ने माग गर्दै विभिन्न समयदेखि आन्दोलन समेत गरिरहेका भारतबाट आएका अंगीकृत वर्चश्व रहेको मधेसवादी दलबाट सिधै सांसद बन्ने गरेको तथ्य बाहिर आएको हो ।

यसको नेतृत्वको तत्कालिन सदभावना पार्टी र अहिलेको राजपा नेपालका शीर्ष नेता राजेन्द्र महतोले गरिरहेका छन् । महतोमाथि स्वयं उनी भारतबाट आएको अंगीकृत नेपाली नागरिकको आरोप लाग्ने गर्छ । उनले पहिला आफूले नेपालको नागरिकता लिएको र पछि आफ्ना बाबुलाई दिलाएको खबरहरु बेला बेला आउने गरेका छन् । तर, यसपटक हामीले उनीमाथि लाग्ने यी आरोपलाई बल पुग्ने खालको तथ्य फेला पारेका छौं । कुरा हो सांसद नरसिंह चौधरीको । जो तत्कालिन सदभावना र अहिलेको राजपाका समानुपातिक सांसद हुन् । उनलाई राजेन्द्र महतोले नै सांसद बनाइदिएका हुन् । सांसद बनाउँदा पैसाको ठूलो चलखेल भएको स्रोतको भनाई छ ।

को हुन नरसिंह चौधरी ?

भारतको उत्तरप्रदेश प्रान्तको बलारामपुर जिल्ला भगवानपुर खादर गाउँ ब्लक एस २४ घर भएका नरसिंह चौधरी केही समययता नेपालमा राजनीति गर्दैछन् । उनका बुवा अहिले पनि सोही गाउँमा बस्छन् । उनका बुवाको नाम रामचन्द्र चौधरी हो । रोचक कुरा त के छ भने नरसिंहसँग अहिले पनि भारतको नागरिकता छ । नेपालको त हुने नै भयो किनकि नागरिकता भएरै उनी सार्वभौम नेपालको व्यवस्थापिका संसदको सदस्य नियुक्त भएका छन् । अर्काे कुरा नरसिंहको भारतीय निर्वाचन आयोगको मतदाता नामावलीमा अहिलेपनि नाम छ । यतिसम्मकी २०१७ (भर्खरै) उत्तर प्रदेशमा भएको चुनावको मतदाता नामावली सूचीमा समेत उनको नाम छ, जसले उनी अहिले पनि भारतीय नागरिक र मतदाता हो भन्ने पुष्टि गर्दछ । २००९ को चुनावका बेला उनको नाम मतदाता नामावली सूचीमा रहेको पाइन्छ ।

नेपालको संविधानअनुसार अंगीकृत नागरिकता लिएको १० वर्षपछि मात्रै राजनीति तथा सार्वजनिक पद धारण गर्न पाउने प्रावधान छ । तर, नरसिंह त भारत र नेपालको साँझ नागरिक भई नेपालको सांसदसम्म हुन सफल भए । उनलाई यहाँसम्म पुर्याउने माध्यम पैसा बन्यो भने पुर्याउने व्यक्ति राजेन्द्र महतो बने । महतोलाई न त संविधानले रोक्यो नत कानूनले नै । मधेसी दल र आन्दोलनको आडमा एउटा भारतीय नागरिकलाई सिधै नेपालको सांसद बनाइदिएर छाडे । अर्काे कुरा नरसिंहका छोरा वृजेन्द्र यादव रुपन्देहीमा बस्छन् । उनी पेट्रोलियम व्यवसाय गर्छन् । नाकाबन्दीको समयमा उनी तेल तस्करी गर्दागर्दै पक्राउ परेका थिए ।

नेपालको अंगीकृत नागरिक लिएर थुप्रै भारतीय नागरिक सांसद र मन्त्रीसम्म बनेपछि भारतको नागरिकता परित्याग नगरिकनै नेपालको नागरिक लिएर सिधै सांसद बन्नु यो एउटा सार्वभौम राष्ट्रमाथिको ठाडो हस्ताक्षेप हो । यसले दिर्घकालमा देशलाई अप्ठेरो स्थितीमा धकेल्ने निश्चित छ । त्यसकारण यस प्रकरणमा अनुसन्धान गरिनुपर्छ । र, यस्तो प्रवृतिलाई निरुत्साहित पार्नुपर्छ ।

नेपालपाना बाट 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा
एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा
उपेन्द्र यादव केपी ओलीसँग फायर, लगाए यस्ता गम्भिर आरोप
उपेन्द्र यादव केपी ओलीसँग फायर, लगाए यस्ता गम्भिर आरोप
पूर्व मन्त्रीका हैसियतमा डाक्टर देवकोटालाई सम्मान दिने, एक दर्जन शाेक पुस्तिका भरियाे
पूर्व मन्त्रीका हैसियतमा डाक्टर देवकोटालाई सम्मान दिने, एक दर्जन शाेक पुस्तिका भरियाे
राजधानीमा गोली चल्यो, एक घाइते, पाँच पक्राउ  !
राजधानीमा गोली चल्यो, एक घाइते, पाँच पक्राउ !
प्रधानमन्त्रीसँग गण्डक र सुस्ता समस्या समाधान गर्न माग
प्रधानमन्त्रीसँग गण्डक र सुस्ता समस्या समाधान गर्न माग
याैनहिंसा विरुद्ध उत्कृष्ट कार्य गर्ने मुकवेगे र मुरादलाई नोबेल शान्ति पुरस्कार !
याैनहिंसा विरुद्ध उत्कृष्ट कार्य गर्ने मुकवेगे र मुरादलाई नोबेल शान्ति पुरस्कार !
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ : सभापति देउवा
लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ : सभापति देउवा
प्रदिप पाैडेललार्इ ५ भोटले हराउने आशा प्रदेश ४ को सभामुखमा एक मात्र माओवादीकी दाबेदार
प्रदिप पाैडेललार्इ ५ भोटले हराउने आशा प्रदेश ४ को सभामुखमा एक मात्र माओवादीकी दाबेदार
न्यायाधीश जोशीको आदेशले सुमार्गीले निकाले २ अर्ब
न्यायाधीश जोशीको आदेशले सुमार्गीले निकाले २ अर्ब