शीर्ष नेताहरु भारतीय दुतावासतिर, केपी ओली पोखरातिर

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ १२, २०७४
|
|
६० पटक हेरिएको
Shares
शीर्ष नेताहरु भारतीय दुतावासतिर, केपी ओली पोखरातिर

सारांश

  • १२ माघ, काठमाण्डौ ।
  • छिमेकी मुलुक भारतले आज ६९ औँ गणतन्त्र दिवस मनाउँदैछ ।
  • नेपालस्थित भारतीय राजदुतावासमा गणतन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ ।

१२ माघ, काठमाण्डौ । छिमेकी मुलुक भारतले आज ६९ औँ गणतन्त्र दिवस मनाउँदैछ । नेपालस्थित भारतीय राजदुतावासमा गणतन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ ।

नेपालका विभिन्न संघसंस्थालाई दुतावासले दिवसका अवसरमा सहयोग प्रदान गर्ने परम्परा छ । सोही अनुसार आज पनि दुतावासले विभिन्न सहयोग हस्तान्तरण गर्ने कार्यक्रम रहेको दुतावास स्रोतले जनाएको छ ।

दिवसकै अवसरमा नेपालका लागि भारतीय राजदुत मन्जित सिंह पुरीले दिवा भोजको आयोजना गरेका छन् । आज दिउँसोका लागि आयोजित दिवा भोजमा दुतावासले नेपालका प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति लगायत दलका शीर्ष नेताहरुलाई निम्तो दिएको छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष प्रचण्ड लगायत मधेशवादी दलका शीर्ष नेताहरुलाई दुतावासले दिवा भोजमा बोलाएको छ ।

पार्टीका शीर्ष नेतासहित अन्य दोस्रो तहका नेताहरु भोजमा सहभागि हुने बताइएको छ । तर एमालेका अध्यक्ष ओली दुतावासको निम्तो तथा भारतको गणतन्त्र दिवसका दिन पोखरामा आयोजित एक कार्यक्रममा जाने बताइएको छ ।

रेडियो तथा एफएम संचालकहरुको एक कार्यक्रममा सहभागि हुन ओली पोखरा जान लागेको बताइएको छ ।रिपोर्टेर्स नेपाल बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज ७ सय ४२ कोरोना संक्रमित थपिए
आज ७ सय ४२ कोरोना संक्रमित थपिए
इजराइलले ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ काम गरिरहेको छ : चीन
इजराइलले ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ काम गरिरहेको छ : चीन
प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी हुने
प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी हुने
शेयर बजारमा साढे तीन अर्ब रुपैयाँ बराबरको शेयर थपिदै, १० कम्पनीको हकप्रद शेयर जारी गर्ने तयारी
शेयर बजारमा साढे तीन अर्ब रुपैयाँ बराबरको शेयर थपिदै, १० कम्पनीको हकप्रद शेयर जारी गर्ने तयारी
नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ : सभामुख घिमिरे
नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ : सभामुख घिमिरे
म्यानचेस्टर युनाइटेडबाट प्रशिक्षक मोउरिन्होलाई बिदाई
म्यानचेस्टर युनाइटेडबाट प्रशिक्षक मोउरिन्होलाई बिदाई
एक रात पनि नबिताउने गरी प्रचण्ड किन गए दिल्ली
केपी ओलीले दिएको चेक पनि बाउन्स भएको छ, अब नगदमा काम गर्छौं,लक्ष्मणलाल कर्ण (भिडिओसहित)
केपी ओलीले दिएको चेक पनि बाउन्स भएको छ, अब नगदमा काम गर्छौं,लक्ष्मणलाल कर्ण (भिडिओसहित)
बिमस्टेक : विशिष्ट पाहुनालाई होटल सोल्टी मै रिट्रिट
बिमस्टेक : विशिष्ट पाहुनालाई होटल सोल्टी मै रिट्रिट
शक्तिशाली कम्युनिष्ट पार्टी बनेको भन्दै मकाउमा खुसीयाली
शक्तिशाली कम्युनिष्ट पार्टी बनेको भन्दै मकाउमा खुसीयाली

तपाईंले छुटाउनुभयो कि?