फोनिजको नयाँ संरचना बन्ने

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ ३०, २०७५
|
|
५९ पटक हेरिएको
Shares
फोनिजको नयाँ संरचना बन्ने

सारांश

  • काठमाडौं, ३० जेठ ।
  • नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को दोस्रो संघीय परिषद् बैठकले प्रादेशिक संरचना निर्माण गर्ने भएको छ ।
  • फोनिजको दोस्रो संघीय समिति बैठकले सात वटै प्रदेशमा प्रदेश समिति गठन गर्ने निर्णय गरेको हो ।

काठमाडौं, ३० जेठ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को दोस्रो संघीय परिषद् बैठकले प्रादेशिक संरचना निर्माण गर्ने भएको छ ।

फोनिजको दोस्रो संघीय समिति बैठकले सात वटै प्रदेशमा प्रदेश समिति गठन गर्ने निर्णय गरेको हो । मंगलबार काठमाडौंमा सम्पन्न फोनिजको दोस्रो पूर्ण संघीय समिति बैठकले गरेको निर्णय अनुसार असार २३ गते प्रदेश नम्बर १, असार २४ गते प्रदेश नम्बर २, साउन ५ गते प्रदेश नम्बर ३, असार २९ गते प्रदेश नम्बर ४, असार २५ गते प्रदेश नम्बर ५, असार २६ गते कर्णाली प्रदेश र असार २७ गते प्रदेश नम्बर ७ मा प्रदेश तदर्थ समिति गठन गर्ने निर्णय भएको महासचिव मनोज घर्तीमगरले जानकारी दिए ।

पहिलो चरणमा गठन गरिने प्रदेश तदर्थ समिति फोनिजका प्रदेश इन्चार्जहरुको संयोजकत्व रहने बताइएको छ । प्रत्येक प्रदेशका जिल्ला अध्यक्षहरु प्रदेश तदर्थ समितिका सदस्य रहने छन् । तदर्थ समितिले फोनिजको प्रदेश महाधिवेशन सम्पन्न गर्नेसमेत जिम्मेवारी पाएको छ ।

त्यस्तै बैठकले फोनिजका अग्रजहरु सम्मिलित १५ सदस्यीय सल्लाहकार समिति गठन गरको छ । सल्लाहकारहरुमा खिम घले, उजिर मगर, चन्द्रसिंह कुलुङ, सञ्जय सन्तोषी राई, पुष्करभक्त माथेमा, अनिता गुरुङ, गणेश राई, भैरव आङ्ला, आङदावा शेर्पा, कृष्णराज सर्वहारी, रमिता लामा, श्रीकृष्ण महर्जन, राजबहादुर गुरुङ, खेम बुढामगर र गणेश चौधरी चयन भएका हुन् ।

त्यस्तै अनुशासन समिति संयोजकमा कुमार नेगी र सदस्यहरुमा माला लिम्बू र लाला गुरुङ चयन भएका छन् । मंगलबार सम्पन्न बैठकले विभिन्न ८ वटा विभागसमेत गठन गरेको छ । विभागीय जिम्मेवारी अनुसार प्रशिक्षण विभाग प्रमुखमा डण्ड गुरुङ, सदस्यहरुमा गजुरधन राई, लक्की चौधरी, देवीका घर्तीमगर, मनोज घर्तीमगर, जगत दोङ र अमरध्वज लामालाई जिम्मेवारी दिएको छ । त्यस्तै विदेश विभागको प्रमुखमा गजुरधन राई, सदस्यहरुमा मिलन लिम्बू, केदार मगर र सञ्चु ब्लोनलाई बैठकले जिम्मेवारी दिएको हो । संगठन विभाग प्रमुखमा मनोज घर्तीमगर, उप प्रमुखमा मिलन लिम्बू, सदस्यहरुमा दिपिन राई, निरज पिठाकोटे, समीर बलामी, हुम गुरुङ, देव पचभैया, अशोक राजी, रामचन्द्र कुश्मी र उषा तामाङ छन् ।

मंगबारको बैठकले प्रकाशन विभाग प्रमुखमा लक्की चौधरी, सदस्यहरुमा देविका घर्तीमगर, जगत दोङ, कमन देवान, विश्वराज तामाङ, दिपेन्द्र राई र बुद्धवीर बाहिङ राईलाई जिम्मेवारी तोकेको छ भने महिला विभाग प्रमुखमा देविका घर्तीमगर, सदस्यहरुमा अञ्जना शिल्पकार, सञ्चु ब्लोन, सरिता श्रेष्ठ, लक्ष्मी चौधरी, उषा तामाङ, अनिता गुरुङ, फुर्कीमा शेर्पा, मिलाकुमारी दरै र रुबी श्रेष्ठलाई जिम्मेवारी ताकेको छ ।

त्यस्तै आर्थिक विभाग प्रमुखमा अमरध्वज लामा, सदस्यहरुमा अञ्जना शिल्पकार, राजु चौधरी, विजयवोध लावती र फुर्कीमा शेर्पालाई जिम्मेवारी तोकेको छ भने संस्थागत समन्वय विभाग प्रमुखमा जगत दोङ, सदस्यहरुमा दिपेन्द्र राई, मनोज घर्तीमगर, चन्द्र पन्धाक लिम्बू, अनिता गुरुङ, नृपेन्द्रलाल श्रेष्ठ, विष्णुकुमार तामाङ, फुर्कीमा शेर्पा र सीताराम चौधरीलाई जिम्मेवारी तोकेको छ ।

बैठकले अल्पसंख्यक समन्वय विभाग प्रमुखमा कमन देवान, सदस्यहरुमा ख्याम भुजेल, मिलाकुमारी दरै, यमन दनुवार र विनय चौधरीलाई जिम्मेवारी तोकेको छ भने भवन निर्माण अध्ययनका लागि मिलन लिम्बूको संयोजकत्वमा जगत दोङ र अञ्जना शिल्पकार सदस्य रहेको समितिलाई जिम्मेवारी तोकेको छ । उक्त समितिले तीन महिनाभित्र भवन निर्माणका लागि गरी प्रतिवदेन बुझाउने छ ।

(https://fleshbot.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानसेनापति थापा र बेलायतका सेना प्रमुखबीच शिष्टाचार भेट
प्रधानसेनापति थापा र बेलायतका सेना प्रमुखबीच शिष्टाचार भेट
इलाममा लगानी सम्मेलन भोलि, प्रधानमन्त्रीलाई अभिनन्दन गरिने
इलाममा लगानी सम्मेलन भोलि, प्रधानमन्त्रीलाई अभिनन्दन गरिने
पर्वतमा ७ प्रतिशत खेतमा धान राेपाइँ हुन बाँकी !
पर्वतमा ७ प्रतिशत खेतमा धान राेपाइँ हुन बाँकी !
एमसीसी परियोजना कार्यान्वयन हुँदै गएकोमा अमेरिकी सहायक विदेशमन्त्री लु खुसी
एमसीसी परियोजना कार्यान्वयन हुँदै गएकोमा अमेरिकी सहायक विदेशमन्त्री लु खुसी
कोरोनाको प्रभावः इटालीमा मृत्यु हुनेको संख्या चीनभन्दा बढी, क्यालिफोर्नियामा “लकडाउन”
कोरोनाको प्रभावः इटालीमा मृत्यु हुनेको संख्या चीनभन्दा बढी, क्यालिफोर्नियामा “लकडाउन”
दाङमा जन्ती बोकेको जीप दुर्घटना, ६ को मृत्यु
दाङमा जन्ती बोकेको जीप दुर्घटना, ६ को मृत्यु
आतंकवादविरुद्ध नेपाल लड्न मात्र होइन, परास्तै गर्न सक्षम रहेको प्रमाण पेस
आतंकवादविरुद्ध नेपाल लड्न मात्र होइन, परास्तै गर्न सक्षम रहेको प्रमाण पेस
विश्वभर तेलको मुल्यमा भारी मात्रामा बृद्धि, २८ वर्षको कीर्तिमान तोडियो
विश्वभर तेलको मुल्यमा भारी मात्रामा बृद्धि, २८ वर्षको कीर्तिमान तोडियो
एकता भएको ६ महिना नपुग्दै पार्टी फुट्नु दुर्भाग्यपूर्ण  : कमल थापा
एकता भएको ६ महिना नपुग्दै पार्टी फुट्नु दुर्भाग्यपूर्ण : कमल थापा
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो

तपाईंले छुटाउनुभयो कि?