चौथो पटक सरकारको बागडोर समाल्दै एमाले अध्यक्ष ओली

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ २९, २०८१
|
|
६२ पटक हेरिएको
Shares
चौथो पटक सरकारको बागडोर समाल्दै एमाले अध्यक्ष ओली

सारांश

  • काठमाडौं।
  • प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै छन्।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो।

काठमाडौं। प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो।

नेपाली कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मको समय दिएका छन्। राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्री नियुक्तिका निम्ति सूचना जारी भएलगत्तै दुई दलले ओलीलाई उक्त पदमा नियुक्त गर्न दाबी पेस गरिसकेका छन्।

चौथो पटक प्रधानमन्त्री हुन लागेका अध्यक्ष ओलीलाई राष्ट्रपति पौडेलले आइतबार नियुक्त गर्ने प्रबल सम्भावना रहेको दुवै दलका दोस्रो तहका केही नेताहरुले बताएका छन्। एमालेका प्रमुख सचेतक महेश वर्तौलाले राष्ट्रपति पौडेलबाट प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई नियुक्तिपछि सोमबारभित्रै पद तथा गोपनीयताको शपथ लिने तयारी भएको जानकारी दिए। पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न कांग्रेस र एमाले गृहकार्यमा जुटेका छन्।

यसअघि अध्यक्ष ओली २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन्। लोकतन्त्र प्राप्तिको संघर्षमा लागेका उनले लामो समय निरंकुश पञ्चायती शासन व्यवस्थामा कारबास भोगेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महोत्तरीका बासिन्दाको रेल चढ्ने रहर अधुरै
महोत्तरीका बासिन्दाको रेल चढ्ने रहर अधुरै
नेकपा अध्यक्ष प्रचण्ड अस्वस्थ, पत्नी र बुहारी अस्पताल भर्ना
नेकपा अध्यक्ष प्रचण्ड अस्वस्थ, पत्नी र बुहारी अस्पताल भर्ना
शेरबहादुर देउवा चुनाव बनाउन सफल, सरकारका केही निर्णयमा आलोचित
शेरबहादुर देउवा चुनाव बनाउन सफल, सरकारका केही निर्णयमा आलोचित
तेलको मूल्यवृद्धि  विश्वकै समस्या हुनसक्ने !
तेलको मूल्यवृद्धि विश्वकै समस्या हुनसक्ने !
सार्क नेताबीच आज भिडियो कन्फरेन्स
सार्क नेताबीच आज भिडियो कन्फरेन्स
चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल
चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल
अदालतद्वारा राहुल महरालाई कारागार पठाउन आदेश
अदालतद्वारा राहुल महरालाई कारागार पठाउन आदेश
हावाहुरी पीडितलाई एक करोड सहयोग गर्ने एक नम्बर प्रदेश सरकारकाे निर्णय
हावाहुरी पीडितलाई एक करोड सहयोग गर्ने एक नम्बर प्रदेश सरकारकाे निर्णय
नारायण थापाको गीत ‘तिमीलाई नै’ सार्वजनिक
नारायण थापाको गीत ‘तिमीलाई नै’ सार्वजनिक
डिजिटलमा नगएका केबल टेलिभिजन संस्थाहरुलाइ सञ्चार मन्त्रालयले फेरि केही समय दिने निर्णय ।
डिजिटलमा नगएका केबल टेलिभिजन संस्थाहरुलाइ सञ्चार मन्त्रालयले फेरि केही समय दिने निर्णय ।

तपाईंले छुटाउनुभयो कि?