परिवार नियोजनबारे जानकारी छ तर प्रयोग कम

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन २, २०७५
|
|
४५ पटक हेरिएको
Shares
परिवार नियोजनबारे जानकारी छ तर प्रयोग कम

सारांश

  • काठमाडौँ, २ असोज ।
  • परिवार नियोजनका बारेमा आम व्यक्तिलाई जानकारी छ तर प्रयोगदर भने न्यून नै रहेको पाइएको छ ।
  • परिवार नियोजनका सेवा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

काठमाडौँ, २ असोज । परिवार नियोजनका बारेमा आम व्यक्तिलाई जानकारी छ तर प्रयोगदर भने न्यून नै रहेको पाइएको छ । परिवार नियोजनका सेवा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।प्रजनन स्वास्थ्य विधेयकले यसलाई आधारभूत स्वास्थ्य सेवाभित्र समेटेको छ । सन् २०१६ को स्वास्थ्य सर्वेक्षणअनुसार परिवार नियोजनका बारेमा ९० प्रतिशतभन्दा माथिलाई जानकारी छ तर प्रयोगदर ५० प्रतिशतको हाराहारीमा मात्र छ । कूल प्रजननदर पनि ९१५–४९ वर्षका उमेर समूहका महिला० २ दशमलव ३ मा घटेको छ ।

पाँचाँै परिवार नियोजन दिवसका अवसरमा परिवार स्वास्थ्य महाशाखाद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रदेश नं ३ मा सबैभन्दा बढी र प्रदेश नं ४ मा सबैभन्दा कम परिवार नियोजनका साधन महिलाले प्रयोग गर्ने गरेको तथ्याङ्क छ । ती प्रदेशमा क्रमशः ४९ दशमलव २ र ३७ दशमलव ३ प्रतिशत प्रयोगदर रहेको छ ।‘किशोरकिशोरी सहभागिता : परिवार नियोजन सेवाको सुनिश्चितता’ नाराका साथ यस वर्ष विभिन्न कार्यक्रम आयोजना गरी परिवार नियोजन दिवस मनाइयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कामु सचिव सुशीलनाथ प्याकुरेलले परिवार नियोजन सेवा मौलिक अधिकार सेवाभित्र रहेकाले प्रजनन अधिकारसम्बन्धी ऐन कार्यान्वयनको तयारीमा रहेको जानकारी दिनुभयो ।अझै पनि परिवार नियोजनका सेवाको पहुँच नहुँदा प्रजनन समूह ९१५–४९ वर्षका उमेर समूहका महिला को २० प्रतिशत अनिच्छुक गर्भधारण गर्न बाध्य छन् । उहाँले भन्नुभयो, “अब खोप, अत्यावश्यक औषधि सेवाजस्तै परिवार नियोजन सेवाको पहुँच सबैमा पु¥याउन सरकारले प्राथमिकतामा राख्छ, हरेक विद्यालयमा नर्स राख्ने तयारीमा छौँ ।”

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीले परिवार नियोजनका बारेमा धेरै जानकारी तर कम प्रयोग र बच्चाले बच्चा पाउने प्रवृत्ति रोक्न विभागले आगामी दिनमा आफ्ना सेवालाई थप प्रभावकारी बनाउने छ भन्नुभयो ।स्वास्थ्य मन्त्रालयका सहसचिव महेन्द्र श्रेष्ठले परिवार नियोजनमा सरकारको लगानी बढाउन आवश्यक रहेकामा जोड दिँदै यसले शिशु मृत्यु, बालमृत्यु र आमा मृत्युदर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । परिवार स्वास्थ्य महाशाखाका प्रमुख डा आरपी विच्छाले विशेष गरी किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्यका कार्यक्रममा जोड दिएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करी प्रकरण : यी परिचित वकिल जाे अभियुक्तसँग पैसा लिएर अदालत पुगे !
सुन तस्करी प्रकरण : यी परिचित वकिल जाे अभियुक्तसँग पैसा लिएर अदालत पुगे !
जनादेशलाई दराजमा थन्काउन पाइँदैन : नेम्वाङ
जाम्बियाका सेनाप्रमुख नेपाल अाउने
जाम्बियाका सेनाप्रमुख नेपाल अाउने
चुनावमा हारेपनि कांग्रेस जन जनको मनमा बसेको छ : नेता सिंह
चुनावमा हारेपनि कांग्रेस जन जनको मनमा बसेको छ : नेता सिंह
मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखी मौद्रिक नीति आउँछ : राष्ट्र बैंक सञ्चालक शिवाकोटी
मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखी मौद्रिक नीति आउँछ : राष्ट्र बैंक सञ्चालक शिवाकोटी
हनिमुन पिरियडमा सरकारका ३७ उपलब्धी: अर्थतन्त्र सुधारको प्रयासदेखि राहदानी वितरण सहजसम्म (पूर्णपाठ)
हनिमुन पिरियडमा सरकारका ३७ उपलब्धी: अर्थतन्त्र सुधारको प्रयासदेखि राहदानी वितरण सहजसम्म (पूर्णपाठ)
‘बिदाको दिन फोन किन बिग्रिन्छ?’ प्रधानमन्त्री ओलीको टेलिकमलाई यस्तो प्रश्न
सहकारीमा ठग्नेलाई ‘कडा सजाय’को प्रस्ताव
सहकारीमा ठग्नेलाई ‘कडा सजाय’को प्रस्ताव
सुत्केरी ब्यथाले छटपटिएकी महिलाको २२ घण्टा पछि सेनाको हेलिकप्टरबाट उद्धार
सुत्केरी ब्यथाले छटपटिएकी महिलाको २२ घण्टा पछि सेनाको हेलिकप्टरबाट उद्धार
बाह्रबिसे नगर प्रमुखमा शेर्पा विजयी

तपाईंले छुटाउनुभयो कि?