पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ११, २०७५
|
|
३७ पटक हेरिएको
Shares
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप

सारांश

  • काठमाडौं ।
  • कुना काप्चा काप्चामा रहेका साना तथा मझौला होटल व्यवसाय र नेपालको पर्यटन प्रबर्धन गर्ने उद्धेश्यले अमेजमान एप बनेको छ।
  • नेपालको अमेजमान ग्रुप अफ कम्पनीले सिंगापुरको अमेजमान पिटीइ डट एलटिडीसँग मिलेर अमेजमान एप बनाएको हो।

काठमाडौं । कुना काप्चा काप्चामा रहेका साना तथा मझौला होटल व्यवसाय र नेपालको पर्यटन प्रबर्धन गर्ने उद्धेश्यले अमेजमान एप बनेको छ।

नेपालको अमेजमान ग्रुप अफ कम्पनीले सिंगापुरको अमेजमान पिटीइ डट एलटिडीसँग मिलेर अमेजमान एप बनाएको हो।

यी दुबै कम्पनीबीच नेपालको पर्यटक क्षेत्रलाई सहयोग पुर्याउने गरी काम गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। यो एपले विशेषगरी ओझेलमा परेका नेपालका होटललाई आन्तरिक तथा विदेशी ग्राहक खोजिदिने काम गर्छ।

एपमा नेपालीहरुले नेपालकै सहर तथा कुना कन्दरामा रहेका होटलहरु बुक गर्न सक्छन् । जसले घुमफिरमा सहयोग पुग्ने अपेक्षा दुबै कम्पनीले लिएका छन्।

त्यस्तै विदेशीहरुले पनि नेपालको नयाँ पर्यटकिय गन्तब्यहरुबारे जानकारी लिन सक्ने अमेजमान ग्रुप अफ कम्पनीका अध्यक्ष सुनिल खड्काले जानकारी दिए।

‘अहिले विदेशीहरु नेपाल टेक्ने वित्तिक्कै ठमेल खोज्छन्, ‘खड्काले भने, ‘हाम्रो एपले जुम्लादेखि ताप्लेजुङसम्मका गाउँ गाउँमा रहेका होटलमा पर्यटक पुर्याउने काम गर्छ।’

गाउँ गाउँका साथै नेपालका मुख्य सहरमा रहेका होटलहरु पनि एपबाट बुकिङ गर्न सकिन्छ।

‘सम्पुर्ण काम डिजिटल प्रविधिबाट हुने हुदाँ निकै सुरक्षित पनि छ,’ खड्काले भने। होटल बुकगरेपछि ३ तरिकामध्ये कुन सहज हुन्छ त्यही तरिकाबाट पेमेन्ट गर्ने सुविधा एपमा छ। एउटा विदेशबाटै, डेबिट, क्रिडि कार्डबाट, अर्को नेपालबाटै इ सेवा, गल्तीजस्ता पेमेन्ट गेट वे बाट र अर्को काउन्टरमा नै गएर।

अमेजमान ग्रुप अफ कम्पनीले नेपालमा २ सयभन्दा बढीलाई रोजगार दिएर सर्भिस सेन्टर समेत खोलिसकेको छ। २ सय युवाहरुले होटल सुचीकरण गर्नेदेखि स्वदेशी तथा विदेशी ग्राहकलाई २४ सै घन्टा सेवा दिनेछन्।

‘अमेजमानको मुख्य कार्यालय भने सिंगापुरमा नै रहने छ। नेपालका ७ वटै प्रदेशमा पनि कार्यालय खोलिने तयारी छ। अमेजमानले नेपालका पर्यटकिय गन्तब्यहरुलाई संसारमा चिनाउने समेत काम गर्छ,’ खड्काले भने।

‘अहिले हाम्रो सरकारले नेपालका पर्यटकिय गन्तब्यहरुका बारेमा इन्टरनेसनल रुपमा लगानी गरेको छैन् खड्काले भने,’ ‘हामी हाम्रा पर्यटकिय गन्तब्य गुगलजस्ता सर्चिङ साइटहरुमा राखेर प्रचारप्रसारसमेत गछौं ।’

नेपालीहरु विदेश जादाँ समेत त्यहाँ होटल बुकिङ गर्न सकिने सुविधा एपमा छ। खड्काका अनुसार अहिलेसम्म नेपालका २६ सय होटल एपमा सुचीकरण भइसकेका छन् । यस एपमा नजोडिएका होटलहरु आफैँ साइन इन गरेर आफैँले थप्न मिल्छ।

नेपालमा पर्यटनमन्त्रीबाट केही दिन भित्रै यो एप सार्वजनिक गर्ने तयारी छ। नेपालमा सार्वजनिक भएको ८ महिनाभित्र ५ वटा देशमा समेत यो एपको लागि कार्यालय संचालन गर्ने खड्काले बताए।

थाइल्याण्ड, मलेसिया, युएइ, भुटान भियतनाममा कार्यालय विस्तार गरी त्यहाँको पर्यटक नेपाल ल्याउने र नेपालको पर्यटक उता लैजाने योजना छ, खड्काले भने।

यो एपले सरकारले मनाउन लागेको पर्यटन वर्ष २०२० लाई समेत सहयोग पुग्ने विश्वास आफूहरुले राखेको खड्काले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी समकक्षी शरिफको बधाई
प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी समकक्षी शरिफको बधाई
सांसद रामवीर मानन्धरले राजिनामा दिने !
सांसद रामवीर मानन्धरले राजिनामा दिने !
बढ्यो सुनको भाउ, चाँदीको मुल्यमा पनि उच्च रेकर्ड
बढ्यो सुनको भाउ, चाँदीको मुल्यमा पनि उच्च रेकर्ड
समय बुझ्न नसक्दा पराजय:चन्द्र भण्डारी कांग्रेस केन्द्रीय सदस्य
समय बुझ्न नसक्दा पराजय:चन्द्र भण्डारी कांग्रेस केन्द्रीय सदस्य
यस्तो पो वडा कार्यालय, जसले बाँड्यो ८० नाघेका २० जना बाआमालाई न्यानो कपडा
यस्तो पो वडा कार्यालय, जसले बाँड्यो ८० नाघेका २० जना बाआमालाई न्यानो कपडा
लकडाउन वैशाख १५ सम्म थप गर्ने सरकारको निर्णय
लकडाउन वैशाख १५ सम्म थप गर्ने सरकारको निर्णय
बले र कक्रोचको रक्षा र जुनासँग रोमान्स (भिडियोसहित)
बले र कक्रोचको रक्षा र जुनासँग रोमान्स (भिडियोसहित)
आतङ्कवादी आक्रमणमा सम्लग्नलाई हदैसम्म कडा कारबाही हुनुपर्छः अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प !
संघीयता प्रति चिन्ता गर्दै फेरि बोले पूर्वराजा ज्ञानेन्द्र
संघीयता प्रति चिन्ता गर्दै फेरि बोले पूर्वराजा ज्ञानेन्द्र
कोशीमा मनसुनी प्रणालीको प्रभाव, बिहानैदेखि चट्याङ्गसहित वर्षा