पल शाहविरुद्ध तनहुँमा पनि बलात्कार मुद्दा, मतियार बनेको भन्दै म्यानेजर जोशीलाई पनि आधा सजाय माग

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र ८, २०७८
|
|
३६ पटक हेरिएको
Shares
पल शाहविरुद्ध तनहुँमा पनि बलात्कार मुद्दा, मतियार बनेको भन्दै म्यानेजर जोशीलाई पनि आधा सजाय माग

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा कलाकार पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको हो।

शाहलाई हिरासतमा राखेको २१ दिनपछि तनहुँ प्रहरीले सोमबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन अध्ययनपछि सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गरेको हो। ‘नाबालिका १६ वर्षभन्दा मुनि देखिएकाले १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदाबी गरिएको छ,’ तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले भने, ‘निजका सहयोगी कृष्ण जोशीले मतियारको भूमिका खेलेको पाइएकाले उनलाई पनि आधा सजायको मागदाबी गरिएको छ।’ जोशीले पलको म्यानेजरको रुपमा काम गरिरहेका थिए।

विभिन्न प्रलोभन देखाउँदै जबर्जस्ती करणी गरेको आरोपमा नाबालिगका पिताले पलविरुद्ध जाहेरी दिएपछि गत फागुन १५ गते उनी प्रहरी नियन्त्रणमा पुगेका थिए। प्रहरीले जिल्ला अदालतबाट तीन पटक म्याद थप गरेर उनीविरुद्धको कसुरमा २१ दिन अनुसन्धान गरेको थियो। यो बीचमा प्रहरीले पीडित, आरोपित शाह, घरधनी र घटनासँग जोडिएका अन्य व्यक्तिको बयान लगायत अन्य प्रमाण संकलन गरेको थियो।

उता उही पीडितले पूर्वी नवलपरासीको गैँडाकोटमा पनि पलविरुद्ध जर्बजस्ती करणीको जाहेरी दिएकी थिइन्। म्यूजिक भिडियो सुटिङका क्रममा त्यहाँ रहेको गैँडाकोट रिसोर्टमा पलले नाबालिगमाथि मदिरा पिएर करणी गरेको आरोप उनीमाथि छ। गैँडाकोट प्रहरीले भने गत बिहिबार नै अनुसन्धान सकाएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा आधारमा त्यहाँको जिल्ला सरकारी वकिलको कार्यलयले पललाई १४ वर्ष कैद र ४ लाख क्षतिपुर्तिको मागदाबसहित जिल्ला अदालत पूर्वी नवलपरासीमा मुद्दा दर्ता भइसकेको छ।

घटनास्थल फरक फरक जिल्लामा भएकाले दुवै अदालतमा फरक फरक हिसाबले मुद्दा प्रक्रिया अघि बढेको हो। तनहुँ जिल्ला अदालतमा अब थुनछेक बहस हुनेछ। तनहुँमा थुनछेक बहस सकिएलगत्तै उनलाई पूर्वी नवलपरासी लगिनेछ। पूर्वी नवलपरासी अदालतले थुनछेक लगत्तै त्यहाँ उपस्थित गराउन तनहुँलाई पत्राचारसमेत गरिसकेको छ।

(https://www.enov8.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?