पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ ले संसदमा हंगामा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन ९, २०७५
|
|
४१ पटक हेरिएको
Shares
पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ ले संसदमा हंगामा

सारांश

  • काठमाडौं।
  • गायक पशुपति शर्मालको गाएको गीत ‘लुट्न सके लुट’ ले  संसदमा पनि प्रवेश पाएको छ।
  • उक्त गीतको पक्ष र विपक्षमा संसदमा वहश सुरु भएको छ।
काठमाडौं। गायक पशुपति शर्मालको गाएको गीत ‘लुट्न सके लुट’ ले  संसदमा पनि प्रवेश पाएको छ। उक्त गीतको पक्ष र विपक्षमा संसदमा वहश सुरु भएको छ। 
 प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले जनताको भावना अभिव्यक्त गरिएको गीतलाई सरकारले प्रतिबन्ध लगाएको भन्दै गायक शर्मालाई आफ्नो पारिश्रमिकबाट २५ हजार रुपैयाँ दिन घोषणा गरेका थिए। लतत्तै सत्तारुढ नेकपा सांसद झपट रावलले अमरेशकुमार सिंहलाई जस्ताको त्यस्तै गाए आफूले एक महिनाको सबै पारिश्रमिक दिन घोषणा गरे। 
तर बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलका सांसद महेश बस्नेतले भने सरकारले उक्त गीतमाथि कुनै प्रतिबन्ध नलागएको भन्दै गलत अफवाह फैलाउने सांसदलाई संसदको मर्यादामा ल्याउन माग गरे।  सांसद बस्नेतले भनेजस्तै सरकारले भने गीत माथि प्रतिबन्ध लगाएको छैन। तर सत्तारुढ दलका भातृसंगठनले गीतका केही शब्दप्रति आपत्ति जनाएपछि गायक पशुपति शर्मा स्वयंले उक्त गीत युट्युबबाट हटाएका थिए। 
उनले गीत परिमार्जन गरेर फेरि ल्याउने जनाएका थिए। यतिबेला सामाजिक संजालमा पशुपति शर्माको गीतले निकै चर्चा पाएको छ। बुधबार सुदूरपश्चिम प्रदेशसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी ओली पनि पशुपति शर्माको गीतप्रति टिप्पणी गरेका थिए। 
‘हामी नचाहिने कुरामा उत्ताउलो हुन्छौं। एउटाले भुलचुकमा गीत बनायो रे कता हो कता। लुट, लुट । गरी खाएर केही काम लाग्दैन। लुटेर खा भाइ लुटेर खा भनेर गीत बनाएछन्,’ प्रधानमन्त्रीले भने, ‘ जनताले तिम्रो गीत मन पराएनौं भनेपछि युट्युबबाट हटाएछन्।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बगर बन्यो खेलमैदान
बगर बन्यो खेलमैदान
७३ वर्षअघिको प्रेमपत्र भेटियो
७३ वर्षअघिको प्रेमपत्र भेटियो
लाजै मर्दो अबस्थामा रहेका महिला र पुरुष प्रहरीको खोरमा !!!
लाजै मर्दो अबस्थामा रहेका महिला र पुरुष प्रहरीको खोरमा !!!
ट्राफिक व्यवस्थापन चुस्त बनाउन निर्देशन
ट्राफिक व्यवस्थापन चुस्त बनाउन निर्देशन
डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँले घट्यो
डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँले घट्यो
चिकित्सा शिक्षा अध्यादेश जारी, कार्यान्वयन चुनातीपूर्ण !आगामी १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था !
चिकित्सा शिक्षा अध्यादेश जारी, कार्यान्वयन चुनातीपूर्ण !आगामी १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था !
निर्मलाकाे अभिभावक म पनि हुँः प्रधानमन्त्री अाेलि !
निर्मलाकाे अभिभावक म पनि हुँः प्रधानमन्त्री अाेलि !
नेपाल हिन्दु राज्य हुने नहुने बारेमा जनमतसंग्रह नै हुनुपर्छ : कांग्रेस महामन्त्री
नेपाल हिन्दु राज्य हुने नहुने बारेमा जनमतसंग्रह नै हुनुपर्छ : कांग्रेस महामन्त्री
भारतीय प्रधानमन्त्री र चिनिया राष्ट्रपतिलाई एकै ठाउँमा राखेर रेल ल्याउने प्रम ओलीको खुलासा
भारतीय प्रधानमन्त्री र चिनिया राष्ट्रपतिलाई एकै ठाउँमा राखेर रेल ल्याउने प्रम ओलीको खुलासा
एमालेको भातृ संगठन अनेरास्वियुको अध्यक्षमा अधिकारी
एमालेको भातृ संगठन अनेरास्वियुको अध्यक्षमा अधिकारी

तपाईंले छुटाउनुभयो कि?