पहिरो खस्दा दुईको मृत्यु

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण १४, २०८०
|
|
४६ पटक हेरिएको
Shares
पहिरो खस्दा दुईको मृत्यु

सारांश

  • रुकुम (पश्चिम) ।
  • रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ ।
  • जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो ।

रुकुम (पश्चिम) । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो ।

पहिरोमा परी एक जना घाइते भएका छन् । आज दिउँसो पौने तीन बजेको समयमा घाँस काट्न गएका बाँफिकोट गाउँपालिका–७ की ५४ वर्षीया धनमाया खत्री र सोही ठाँउका ४४ वर्षीय कालिबहादुर खड्काको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्राईले जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्य भएको हो ।

त्यस्तै बाँफिकोट–७ कै ४२ वर्षीया बलकुमारी खत्री घाइते भएकी छिन् । खत्रीलाई उपचारका लागि अस्पताल पठाइएको प्रनाउ भट्राईले बताए । घाँस काट्ने क्रममा टेकेको ठाउँ भासिएर तीन जना पहिरोसँगै खसेको उनको भनाइ छ । तीनै जना करिव पाँच सय मिटर तल खसेको र ढुङ्गाले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?