पाँच पत्रकार घाइते, अभिव्यक्ति स्वतन्त्रताको ठाडो हस्तक्षेप : महासङ्घ

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण ५, २०७५
|
|
३९ पटक हेरिएको
Shares
पाँच पत्रकार घाइते, अभिव्यक्ति स्वतन्त्रताको ठाडो हस्तक्षेप : महासङ्घ

सारांश

  • काठमाडौं, ५ साउन ।
  • स्वतन्त्रतापूर्वक समाचार संकलनमा रहेका पाँच जना पत्रकारलाई प्रहरीले अन्धाधुन्ध आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
  • महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्रतापूर्वक संवैधानिक जिम्मेवारी बहन गरिरहेका पत्रकारमाथि प्रहरीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो ।

काठमाडौं, ५ साउन । स्वतन्त्रतापूर्वक समाचार संकलनमा रहेका पाँच जना पत्रकारलाई प्रहरीले अन्धाधुन्ध आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्रतापूर्वक संवैधानिक जिम्मेवारी बहन गरिरहेका पत्रकारमाथि प्रहरीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो ।”

आज दिउँसो सरकारको विरोध गर्दै नेपाल तरुण दलले माइतीघर मण्डलादेखि बानेश्वरसम्म निकालेको प्रदर्शनमा समाचार संकलन गरिरहेका पत्रकारहरुमाथि प्रहरीले लाठी, ढुंगा प्रहारका साथै कुटपिटसमेत गरेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीको आक्रमणबाट हाम्राकुरा डटकमका प्रधानसम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, राजधानी दैनिकका महेश्वर गौतम, न्यूज २४ टेलिभिजनका निवेशकुमार, दि हिमालयन टाइम्सका स्कन्द गौतम र प्रवीण महर्जन घाइते भएका छन् । प्रहरीको आक्रमणबाट घाइते भएका पत्रकारहरुको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

महासंघले विज्ञप्तिमा भनेको छ, “यो घटनाले सरकार प्रेसप्रति कति उदार छ भन्ने थप प्रष्ट्याएको छ ।” प्रहरीद्वारा प्रेसमाथि गरिएको यो ज्यादतीको कडा भत्र्सना गर्दै महासंघले प्रेसलाई निर्बाधरूपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना नदो¥याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bel Bahadur Thapa

    अनिकालमा विउ र हुलमुलमा जिउ जाेगाउनु नि । रिसको वेला कसले वेदका मन्त्रहरू जप्दै ।ॐ शान्ति शान्ति शान्ति भन्दै हिडदैन ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी जग्गा व्यक्तिको नाममा गराउने नापी, मालपोतका कर्मचारी अख्तियारको फन्दामा
सरकारी जग्गा व्यक्तिको नाममा गराउने नापी, मालपोतका कर्मचारी अख्तियारको फन्दामा
प्रदेश नं ५ को सभामुखमा घर्तीको निर्विरोध निर्वाचित
प्रदेश नं ५ को सभामुखमा घर्तीको निर्विरोध निर्वाचित
फनपार्कको जग्गा सित्तैमा दिंदा भ्रष्टाचार मुद्दामा मुछिए पूर्वमन्त्रीदेखि नेतासम्म
फनपार्कको जग्गा सित्तैमा दिंदा भ्रष्टाचार मुद्दामा मुछिए पूर्वमन्त्रीदेखि नेतासम्म
मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन माग
मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन माग
न्यायाधीश नियुक्ति सिफारिस भागबन्डामै
न्यायाधीश नियुक्ति सिफारिस भागबन्डामै
पहिचानवादीसँग वार्ता गर्न वार्ता टोली गठन
पहिचानवादीसँग वार्ता गर्न वार्ता टोली गठन
रौतहटमा राजपा फोरम, कार्यकर्ता र प्रहरीबीच झडप
रौतहटमा राजपा फोरम, कार्यकर्ता र प्रहरीबीच झडप
अब कसरी अघि बढ्छ नयाँ सरकार गठन प्रक्रिया ?
अब कसरी अघि बढ्छ नयाँ सरकार गठन प्रक्रिया ?
खुलामञ्चमा मिटरब्याजी पीडितले प्रवेश गर्न खोज्दा बालेन्द्रले गरे यस्तो शंका
खुलामञ्चमा मिटरब्याजी पीडितले प्रवेश गर्न खोज्दा बालेन्द्रले गरे यस्तो शंका
सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रीपरिषद्बाट स्वीकृति
सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रीपरिषद्बाट स्वीकृति

तपाईंले छुटाउनुभयो कि?