पाकिस्तानद्वारा भारतीय वायु सेनाका चालक रिहाई, शुक्रबार भारतलाई बुझाइदिने
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
Listen to this article
0:00 / 0:00
काठमाडौं, १६ फागुन । पाकिस्तानी प्रधानमन्त्री इमरान खान शान्तिको संकेत स्वरूप पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालकलाई रिहा गरिदिने बताएका छन्।
पाकिस्तानको डन समाचार पत्रका अनुसार बिहीबार संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायु सेनाका चालक अभिनन्दन वर्थामानलाई शुक्रबार भारतलाई बुझाइदिने जानकारी दिएका हुन्। यसअघि बुधबार नयाँ दिल्लीस्थिति पाकिस्तानका कार्यवाहक राजदूतलाई भारतले ती चालकलाई रिहा गर्न माग गरेको थियो।
✨ AI Summary
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया