पानी नपर्दा चलिचित्र आमाको शुटिङ रोकियो !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २४, २०७६
|
|
४० पटक हेरिएको
Shares
पानी नपर्दा चलिचित्र आमाको शुटिङ रोकियो !

सारांश

  • काठमाडौं।
  • बिहीबार दिनभर चलचित्र ‘आमा’को टिम कोटेश्वरमा थियो।
  • कोटेश्वरमा बसर दिनभर पानी कुर्दा कुर्दा पानी परेन।

काठमाडौं। बिहीबार दिनभर चलचित्र ‘आमा’को टिम कोटेश्वरमा थियो। कोटेश्वरमा बसर दिनभर पानी कुर्दा कुर्दा पानी परेन। त्रिभुवन विमानस्थलको रन वेसम्म परेको पानी कोटेश्वर चोकमा परेन। पानी नपरेपछि दिनभर टिम सक्रिय त भयो, तर काम हुनै सकेन।यस्तो समस्या ‘आमा’को टिमले भोगेको पहिलो पटक होइन। कैयौ पटक पानी नपर्दा यो समस्या परेको छ । जसलेगर्दा, चलचित्रको बजेट मात्र होइन काम गर्न पनि समस्या परेको छ ।

निर्देशक दिपेन्द्र के खनालले भने–‘पानी पर्छ भनेर हामी रातको २ बजेसम्म बसेका छौ । तर, पानी नपर्दा दृश्य खिच्न सकिएको छैन ।’ चलचित्रको ६५ प्रतिशत काम सकिएको छ । अब, ३५ प्रतिशत दृश्यमा पानी चाहिन्छ । निर्देशकले भने–‘हामीलाई सानो पानी परेर मात्र हुँदैन । ठूलै झरी नै पर्नुपर्छ । तर, यसपटक पानी नपर्दा गाह्रो भयो । पानी पर्छ भनेर साउनमै छायांकन राखेको, झन् पानी नै परिदिएन ।’

शर्मिला पाण्डेको लगाननीमा बनेको यो चलचित्रको छायांकन असारको १६ गतेबाट सुरु भएको हो । तर, निर्देशकले सोचेअनुसार काम नहुँदा अप्ठ्यारो परिरहेको छ । चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त आमा र छोरीको भूमिकामा छन् ।चलचित्रको रिलिज मिति फागूण ९ गतेलाई तोकिएको छ । डीएस डिजिटलको ब्यानरमा यो चलचित्र बनिरहेको छ । अरु कुनै विकल्पमा पानी देखाएर चलचित्र खिच्न मिल्दैन र भन्ने प्रश्नमा दिपेन्द्र भन्छन्–‘क्लोज सर्टमा त संभव होला । तर, वाइड सर्टमा त पानी नै पर्नुपर्छ ।’

दिपेन्द्रले दैनिक २ लाख भन्दा बढी खर्च भएपनि काम हुन नसकेको बताए । निर्देशक खनालले निराश हुँदै भने–‘खै म त के गरुँ गरुँ निर्णय नै गर्न सकेको छैन । अब, सबै दृश्यमा पानी चाहिन्छ । तर, मौसमले साथ दिएनँ ।’निर्देशक खनालले ‘पशुपति प्रसाद’पछि दर्शकले अर्को मनमा छुने कथामा चलचित्र हेर्न पाउने दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार उपचार कोषलाई सहयोग
देश भित्रै सिमा विवाद, राेकियाे निर्माणकाे काम !
देश भित्रै सिमा विवाद, राेकियाे निर्माणकाे काम !
चुनावी अपडेट : पुनः अघि लाग्यो एमाले, ६२ स्थानमा एमाले ५६ मा कांग्रेस
चुनावी अपडेट : पुनः अघि लाग्यो एमाले, ६२ स्थानमा एमाले ५६ मा कांग्रेस
भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ
भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति नेता नेपाल ‘फायर’
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति नेता नेपाल ‘फायर’
यौनेच्छा भएपछि महिलाले देखाउने व्यवहार यस्ता छन्
यौनेच्छा भएपछि महिलाले देखाउने व्यवहार यस्ता छन्
जाजरकोटमा वागी उम्मेद्वारले लिए नाम फिर्ता, पूर्वगृहमन्त्री बस्नेतलाई राहत
जाजरकोटमा वागी उम्मेद्वारले लिए नाम फिर्ता, पूर्वगृहमन्त्री बस्नेतलाई राहत
तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले दाेब्बर बढी मतले अगाडि
तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले दाेब्बर बढी मतले अगाडि
डोटीमा बास र निगालोबाट सामग्री बनाउन तालिम
डोटीमा बास र निगालोबाट सामग्री बनाउन तालिम
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं

तपाईंले छुटाउनुभयो कि?