पाल्पामा वाम गठबन्धनका उम्मेदवारहरु विजयी

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २४, २०७४
|
|
४९ पटक हेरिएको
Shares
पाल्पामा वाम गठबन्धनका उम्मेदवारहरु विजयी

सारांश

  • पाल्पा, मंसिर २४ –पाल्पामा बाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
  • पाल्पा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार एमाले केन्द्रीय सदस्य सोम प्रसाद पाण्डे विजयी हुनुभएको छ ।
  • ३४ हजार ८ सय ९९ मत प्राप्त गरी पाण्डे विजयी हुनुभएको हो ।

पाल्पा, मंसिर २४ –पाल्पामा बाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । पाल्पा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार एमाले केन्द्रीय सदस्य सोम प्रसाद पाण्डे विजयी हुनुभएको छ । ३४ हजार ८ सय ९९ मत प्राप्त गरी पाण्डे विजयी हुनुभएको हो । प्रतिस्पर्धी नेपाली काग्रेसका केन्द्रीय सदस्य हरिप्रसाद नेपाल २४ हजार ५ सय ५४ मत प्राप्त गर्नुभयो ।

क्षेत्र नम्बर २ को प्रदेश सभा (क ) मा वाम गठबन्धनकै एमाले उम्मेदवार डाक्टर पुरन बज्राचार्य विजयी हुनुभएको छ । बज्राचार्यले १८ हजार ४२ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी काग्रेसका उम्मेदवार माधव नेपालले १३ हजार ४ सय ७० मत प्राप्त गर्नुभयो ।

क्षेत्र नम्बर २ कै प्रदेशसभा सदस्य (ख ) मा बाम गठबन्धनकै माओवादी केन्द्रका नेता तुलाराम घर्ती (वसन्त) विजयी हुनुभएको छ । तुलाराम घर्तीले १६ हजार ४ सय २२ मत प्राप्त गरी बिजयी हुदा प्रतिस्पर्धी नेपाली काग्रेसका नेता रामबहादुर कार्कीले ११ हजार ४ सय ९६ मत पाउनुभयो ।

पाल्पा क्षेत्र नम्बर १ को अन्तिम नतिजा पनि आइतबार दिउसोसम्म आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रस्तावित राजदूत पाण्डको संसदीय सुनुवाइ प्रक्रिया शुरु
प्रस्तावित राजदूत पाण्डको संसदीय सुनुवाइ प्रक्रिया शुरु
कार्यान्वयन हुन सकेन नागरिकता लिँदा स्थायी लेखा नम्बर जारी गर्ने व्यवस्था
कार्यान्वयन हुन सकेन नागरिकता लिँदा स्थायी लेखा नम्बर जारी गर्ने व्यवस्था
डिआइजी र एसएसपीको सरुवा,काठमाडौंमाआए लामा
डिआइजी र एसएसपीको सरुवा,काठमाडौंमाआए लामा
विश्वकप फुटबल २०१८: अाज खेल्ने टिम र समय
विश्वकप फुटबल २०१८: अाज खेल्ने टिम र समय
सम्पदा बानिया भन्दैछिन: मेरो दिलमा तिमी छौ अरु कोहि छैन प्रीय
सम्पदा बानिया भन्दैछिन: मेरो दिलमा तिमी छौ अरु कोहि छैन प्रीय
पार्टीलाई पानीजस्तो गरी बहुमत वर्षेको होइन : प्रम ओली
पार्टीलाई पानीजस्तो गरी बहुमत वर्षेको होइन : प्रम ओली
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
मेलम्चीको पानी सुरूङमा खसालियो
मेलम्चीको पानी सुरूङमा खसालियो
प्रतिनिधिसभा बैठक लगातार अवरोध, निकासबारे कांग्रेस सांसदहरू अनभिज्ञ
प्रतिनिधिसभा बैठक लगातार अवरोध, निकासबारे कांग्रेस सांसदहरू अनभिज्ञ
राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता माघको पहिलो साता
राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता माघको पहिलो साता

तपाईंले छुटाउनुभयो कि?