समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र २९, २०७४
|
२
|
५६ पटक हेरिएको
Shares
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल

सारांश

  • सरकारले शिक्षक तथा सार्वजनिक पद धारण गरेका सबैलाई आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न आव्हान गरेको छ ।
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै यस्तो आहृवान गरेका हुन् ।
  • कार्ययोजनामा दई वर्ष भित्र साक्षर नेपाल घोषणा गर्ने उल्लेख छ ।

सरकारले शिक्षक तथा सार्वजनिक पद धारण गरेका सबैलाई आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न आव्हान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै यस्तो आहृवान गरेका हुन् । कार्ययोजनामा दई वर्ष भित्र साक्षर नेपाल घोषणा गर्ने उल्लेख छ ।
हरेक प्रदेशमा एक एक वटा आवासीय मातृभाषी विद्यालय स्थापना गर्ने र विद्यालय तहको पाठ्यक्रममा परिमार्जन गरिने भएको छ । शिक्षा क्षेत्रको सुधारका लागि मन्त्री पोखरेलले धेरै योजना समेटेका छन् । समग्र शिक्षा क्षेत्रको विषयमा केन्द्रित रहेर  मन्त्री पोखरेलसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाईहरुले हरेक वर्ष विद्यार्थी भर्ना अभियान चलाउनुहुन्छ । तर सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या बढ्न सकेको छैन । किन ?
नेपालको शिक्षा क्षेत्रमा अहिले ७८ प्रतिशत सार्वजनिक विद्यालय र २२ प्रतिशत निजी विद्यालयको योगदन छ । पछिल्लो सयम सामुदायिक वा सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुँदै गएको छ । यद्यपी निजी विद्यालयको तुलनामा पुग्न सकेको छैन ।

सरकारी कर्मचारीले आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्छ भनेर निर्देशिका बनाउनभयो । कार्यान्वयन गराउन सक्नुहुन्छ ?
मुख्य कुरा हाम्रो मुलुकको शिक्षा कतातिर जानुपर्छ भन्ने हो । हामी समाजवादतर्फ जाँदै गर्दा सोही अनुसारको शिक्षा नीति चाहिन्छ । त्यसैले राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधी, नेताहरुले आफ्ना सन्तानलाई सामुदायिक वा सार्वजनिक विद्यालयमा पढाउनुभयो भने शिक्षाको अवस्था परिवर्तन गर्न ठूलो योगदान हुन्छ । यो कुरा नैतिकताको विषय पनि हो । यसमा सबैले सहयोग गर्नुपर्छ ।

तर निर्देशिकाको पालना नगर्नेहरु नै धेरै छन् नि ?
अटेर गर्ने पक्ष एउटा होला, सरकारको निर्देशन मान्ने पक्ष पनि छन् । हामीले पनि वातावरण बनाउनुपर्छ । शिक्षक, पठनपाठनमा पनि सुधार गर्नुपर्छ । सुधार ल्याउन सक्यौँ भने केही वर्षभित्रमा पहिलो रोजाई सरकारी विद्यालय नै हुन्छन् । हामी सबैले नयाँ ढंगले काम गर्नुपर्छ । स्थानीय सरकारले पनि सहयोग गर्यो भने दुई वर्षभित्रमा सरकारी विद्यालयको शिक्षामा सुधार आउँछ ।

अब मन्त्रीका छोराछोरी पनि सामुदायिक विद्यालयमा पढ्छन् त ?
हामीले यस अभियानमा प्रधानमन्त्रीदेखि, मन्त्रीहरु, नेताहरु, सांसदहरु सबैलाई जोड्न खोजेका छौँ । सबै तहका जनप्रतिनिधिहरुलाई हामीले यो प्रक्रियामा ल्याउन खोजेका छौँ । यो विषय बाध्यात्मक नभै नैतिक हो ।

सरकारी विद्यालयका शिक्षक राजनीतिमा लाग्छन्, अनि कसरी शिक्षामा सुधार हुने अपेक्षा गर्न सकिन्छ ?
विद्यालयमा गर्नुपर्ने काम नगरेर राजनीतिक गर्ने, ट्रेड युनियनमा लाग्ने, पार्टीका कार्यसमितिमा बस्ने, सदस्यता वितरण गर्दै हिँड्ने शिक्षकका विरुद्धम अब अभिभावक र विद्यार्थी जाइलाग्छन् । जनचेतना धेरै बढेको छ । त्यसैले अब शिक्षा क्षेत्रमा पनि सुशासन दिनुपर्छ । शिक्षा ऐनको आठौँ संशोधनले पनि केही व्यवस्था गरेको छ । त्यसलाई अझै विकसित गरेर लैजानुपर्छ । अब त हामी नयाँ परिस्थितीमा आएका छौँ । शिक्षामा गुणात्मक काम गर्न सक्ने शिक्षकलाई भर्ती गर्नुपर्छ ।

सरकारी विद्यालयको जागीरप्रति आकर्षण बढ्न सकेको छैन । कसरी गुणात्मक काम गर्न सक्ने जनशक्ति ल्याउन सक्नुहुन्छ ?
विगतमा शिक्षालाई रोजगारी र उत्पादनसँग जोड्न सकेनौँ । त्यसले गर्दा धेरै आकर्षणको थलो भएन । तर अहिले २८ सालको शिक्षा नीतिलाई बदलेर नयाँ, वैज्ञानिक र जिवनउपयोगि बनाउनुपर्छ । माध्यमिक शिक्षा पूरा गरेको विद्यार्थीले कुनै एउटा काम गर्न सक्ने बनाउनुपर्छ । तर यि परिवर्तनका लागि केही समय चाँही लाग्छ ।

मानिसमा निजी विद्यालय र सरकारी विद्यालयबिचको धारणा नै फरक छ । यसलाई कसरी चिर्न सकिन्छ ?
हामीले राम्रा सरकारी विद्यालयको उदाहरण निजीसँग जोड्ने र राम्रा निजी विद्यालयहरुको उदाहरण सरकारी विद्यालयसँग जोड्न खोजिरहेका छौँ । दुवै खाले विद्यालयका राम्रा संचालकहरुलाई एक आपसमा जोड्ने प्रयास गर्दैछौँ । यसो र्न सकियो भने निजी विद्यालय मात्रै राम्रो भन्ने धारणा परिवर्तन हुन सक्छ ।

तपाईले शिक्षा क्षेत्रको परिवर्तनका लागि पाँच वर्षे मार्गचित्र प्रस्तुत गर्नुभएको छ । यसले नेपालको शिक्षा क्षेत्रमा कस्तो सुधार ल्याउँछ ?
हामी शिक्षामा आमूल परिवर्तन गर्न चाहन्छौँ । राजनीतिक क्रान्ति जस्तै शिक्षामा पनि क्रान्ति गर्नका लागि खाका प्रस्तुत गरेको हुँ । मार्गचित्रका बारेमा आएका सुझाबका आधारमा त्यसलाई अन्तिम रुप दिनेछौँ ।

डा. गोविन्द केसी पुनः अनशन बस्ने कुरा आएको छ । चिकित्सा शिक्षा विधेयकमा अझै समस्या छ ?
मैले त चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापनसहित संसदबाट पास गराइसकेँ । अब संसद बसेपछि प्रतिस्थापन गर्ने विषय आउँछ । चिकित्सा शिक्षालाई राम्रो बनाउनुपर्छ भन्नेमा दुईमत छैन । म यसैमा लागेको छु । डा. गोविन्द केसी नेपालको शिक्षा क्षेत्र सुधारका लागि लाग्नुभएको छ । समग्र शिक्षा क्षेत्रलाई गुणात्मक रुपमा अगाडि बढाउने कुरामा म प्रतिवद्ध छु ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Ram Sharma

    शिक्षा मन्त्री ज्यु केबल खाेकेर भएन ?? काम गरनु पर्याे । किन मिडिया मा बिज्ञापन मात्र दिनु भाकाे हाे कि ???

    Comment Author

    Bhattarai Bhawani Prasad

    लागू गर्नु पर्यो मन्त्री ज्यू ! एकदमै स्वागत योग्य कुरो !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सौराहामा हात्तीको वनभोज
सौराहामा हात्तीको वनभोज
एमालेबाट ललितपुरको मेयरमा व्यञ्जनकार सर्वसम्मत उम्मेदवार
एमालेबाट ललितपुरको मेयरमा व्यञ्जनकार सर्वसम्मत उम्मेदवार
प्रहरीलाई अपराधीसम्म पुग्ने बाटो देखाउँदै दुई कुकुर जमुना र गौरी
प्रहरीलाई अपराधीसम्म पुग्ने बाटो देखाउँदै दुई कुकुर जमुना र गौरी
‘साँस्कृतिक झिल्कोले प्रज्वलित गर्नुपर्छ’ : कुलपतिको सपथ
‘साँस्कृतिक झिल्कोले प्रज्वलित गर्नुपर्छ’ : कुलपतिको सपथ
जनआक्रोश पछि मन्त्री फेरबदल गर्ने तयारी, ओली र दाहालबीच भद्र सहमति
जनआक्रोश पछि मन्त्री फेरबदल गर्ने तयारी, ओली र दाहालबीच भद्र सहमति
एसिया कप छनोटः नेपाललाई पाँचाै सफलता, कप्तान रथ भए सन्दिपकाे शिकार
एसिया कप छनोटः नेपाललाई पाँचाै सफलता, कप्तान रथ भए सन्दिपकाे शिकार
विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?
विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?
झापामा जग्गा प्लटिङको असर: एकै वर्षमा ९० हजार मेट्रिक टन खाद्यान्न उत्पादनमा गिरावट
झापामा जग्गा प्लटिङको असर: एकै वर्षमा ९० हजार मेट्रिक टन खाद्यान्न उत्पादनमा गिरावट
कैदी मृत्यु प्रकरण: मेरो श्रीमानलाई जेल भित्र कुटेर मारियो अच्चस्तरीय छानविन हुनुपर्छ
कैदी मृत्यु प्रकरण: मेरो श्रीमानलाई जेल भित्र कुटेर मारियो अच्चस्तरीय छानविन हुनुपर्छ
नेकपाका भातृ संगठन एकीकरण गर्न बने कार्यदल, कुन संगठनको कसलाई जिम्मा नाम सहित…
नेकपाका भातृ संगठन एकीकरण गर्न बने कार्यदल, कुन संगठनको कसलाई जिम्मा नाम सहित…

तपाईंले छुटाउनुभयो कि?