प्रतिशोधका कारण भागरथीको बलात्कार पछि हत्या

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन ५, २०७७
|
|
३५ पटक हेरिएको
Shares
प्रतिशोधका कारण भागरथीको बलात्कार पछि हत्या

सारांश

  • बैतडीकी भागरथी भट्टको हत्याका आरोपी दिनेश भट्टले प्रतिशोध लिन बलात्कार गरेको र अपराध खुल्ने डरले हत्या गरेको बयान दिएका छन् ।
  • विगतमा आफ्नी फुपुलाई भागरथीका पिताले दुव्यर्वहार गरेको भन्दै त्यसको बदला लिन बलात्कार बयान दिएका हुन् ।
  • भागरथीले अपराध खोलिदिने भयले दिनेशले घाँटी थिचेर हत्या गरेको बयान दिएको प्रहरी स्रोतले बताएको छ ।

बैतडीकी भागरथी भट्टको हत्याका आरोपी दिनेश भट्टले प्रतिशोध लिन बलात्कार गरेको र अपराध खुल्ने डरले हत्या गरेको बयान दिएका छन् । विगतमा आफ्नी फुपुलाई भागरथीका पिताले दुव्यर्वहार गरेको भन्दै त्यसको बदला लिन बलात्कार बयान दिएका हुन् । भागरथीले अपराध खोलिदिने भयले दिनेशले घाँटी थिचेर हत्या गरेको बयान दिएको प्रहरी स्रोतले बताएको छ ।

भागरथीको पिताको केही महिना अघि मृत्यु भइसकेको छ । प्रहरीले दुवै परिवारबीच सम्बन्ध राम्रो नभएको पत्ता लगाएको छ ।

हत्याका आरोपी दिनेश भागरथीकै गाउँका भाई हुन् । उनी भागरथी अध्ययनरत सनातन धर्म उच्च माविमा कक्षा ११ मा अध्ययनरत हुन् । प्रहरी स्रोतका अनुसार दिनेशले बलात्कारको योजना पहिले नै बनाएका थिए । उनी डेढ घन्टा अगाडि नै विद्यालयबाट निस्किएको र जङ्गलमा कुरेर बसेका थिए ।

योजनावद्ध तरिकाले दिनेशले बलात्कार गरेका थिए । उनले बाटोमा भागरथीलाई समातेको र प्रतिकारका क्रममा दुवैबीच झडप भएको थियो । त्यसपछि झाडीमा लडाउँदै बलात्कार गरेको प्रहरी स्रोतले बताएको छ । घटनाबारे भागरथीले गाउँमा भन्ने डरले हत्या गरेको बयान दिएका थिए ।

भागरथीको हत्याका दोषीमाथि कारबाहीको विरोधमा भएको प्रदर्शनमा दिनेश पनि सहभागी हुँदै आएका थिए । तर, उनी भिडभित्र रहेपनि प्रहरीले पहिचान गरी पक्राऊ गर्न सफल भएको छ ।

२१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । उनको शव २२ माघमा फेला परेको थियो । बलात्कारपछि भागरथीको घाँटी थिची हत्या गरिएको अनुसन्धानबाट पत्ता लागेको थियो । तर, आरोपी दिनेश भट्टको भने मङ्गलबार मात्र पहिचान खुलेको थियो ।

भागरथीको शव लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो । उनको शरीरमा नीलडाम र रगत समेत बगेको अवस्थामा भेटिएको थियो ।

सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भागरथीको घर र विद्यालयबीच जङ्गल पर्दछ । त्यही जङ्गलमा उनीमाथि बलात्कारपछि हत्या भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?