संसद बिघटनविरुद्धको रिटमाथिको सुनवाई २९ पौषमा हुनेगरी सर्यो

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष २२, २०७७
|
|
४८ पटक हेरिएको
Shares
संसद बिघटनविरुद्धको रिटमाथिको सुनवाई २९ पौषमा हुनेगरी सर्यो

सारांश

  • प्रतिनिधिसभा बिघटनविरुद्ध परेको रिटमा गठन भएको संवैधानिक इजलासमा आजबाट निरन्तर सुनुवाई हुने भनिएपनि एक हप्ता पर सरेको छ ।
  • आज एकजना न्यायाधीश संवैधानिक इजलासबाट बाहिरिएपछि सुनुवाई २९ पौषका लागि सरेको हो ।
  • संवैधानिक इजलासबाट नभई वृहत पूर्ण इजलासबाट सुनुवाईको निवदन समेत परेको छ ।

प्रतिनिधिसभा बिघटनविरुद्ध परेको रिटमा गठन भएको संवैधानिक इजलासमा आजबाट निरन्तर सुनुवाई हुने भनिएपनि एक हप्ता पर सरेको छ । आज एकजना न्यायाधीश संवैधानिक इजलासबाट बाहिरिएपछि सुनुवाई २९ पौषका लागि सरेको हो ।

संवैधानिक इजलासबाट नभई वृहत पूर्ण इजलासबाट सुनुवाईको निवदन समेत परेको छ । २९ पौषमा पनि संवैधानिक इजलासमा सुनुवाई हुने बुझिएको छ । संवैधानिक वा वृहत पूर्ण इजलासमध्ये कुनमा सुनुवाई हुने त्यसपछि तय हुनेछ ।

आजै दिउँसो न्यायाधीश कार्कीलाई इजलासमा राखिएपछि कानुन व्यवसायीहरुले प्रश्न गरेपछि प्रधानन्यायाधीशसहित इजलासमा रहेका न्यायाधीशहरुले छलफल गरेपछि उनी बाहिरिने घोषणा गरेका थिए । कार्कीलाई विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका हुन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायाधीश कार्कीलाई इजलासमा राखिएकोमा प्रश्न उठाउँदै आएका थिए । आज पनि उनले यसबारे प्रश्न उठाएका थिए । वरिष्ठ अधिवक्ता शम्भु थापा र मुक्ति प्रधानले पनि आज केपी ओलीले विगतमा महान्यायाधिवक्तामा नियुक्र गरेको भन्दै मुद्दा हेर्न नमिल्ने जिकिर गरेका थिए ।

यसअघि प्रतिनिधिसभा बिघटनमाथि परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूसहित संवैधानिक इजलाशमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई राखेका थिए । अब कार्की हटेका छन् । उनी बाहिरिएपछि संवैधानिक इजलास वा वृहत पूर्ण इजलासमध्ये कुनमा सुनुवाई हुने चासो बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज २९ सय ४२ कोरोना संक्रमित थपिए, २३२६ जना डिस्चार्ज
आज २९ सय ४२ कोरोना संक्रमित थपिए, २३२६ जना डिस्चार्ज
रुकुम(पश्चिम)का २ मतदान केन्द्र : पुनः मतदानमा कम मत खस्यो
रुकुम(पश्चिम)का २ मतदान केन्द्र : पुनः मतदानमा कम मत खस्यो
१० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्नुछ भने बैंकिङ प्रणालीबाटै गर्नुपर्ने
१० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्नुछ भने बैंकिङ प्रणालीबाटै गर्नुपर्ने
घरको मुल ढोका बन्द रहेको अवस्थामा कसरि भयाे झाको हत्या ?
घरको मुल ढोका बन्द रहेको अवस्थामा कसरि भयाे झाको हत्या ?
सुन्धाराको डान्सबारमा काम गर्ने युवतीको रहस्यमय मृत्यु
सुन्धाराको डान्सबारमा काम गर्ने युवतीको रहस्यमय मृत्यु
सुनसरीमा मिटरब्याजीविरुद्व दुई सय ४९को उजुरी
सुनसरीमा मिटरब्याजीविरुद्व दुई सय ४९को उजुरी
प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेले दिएको अल्टिमेटम आज सकियो
प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेले दिएको अल्टिमेटम आज सकियो
दुर्गममा डिजिटल क्रान्ति: मुगु र बाजुराका विकट बस्तीहरूमा विस्तार भयो तीव्र गतिको फोरजी
दुर्गममा डिजिटल क्रान्ति: मुगु र बाजुराका विकट बस्तीहरूमा विस्तार भयो तीव्र गतिको फोरजी
४० जना एसएसपी देखि एसपीसम्म बढुवा सिफारिस (नामसहित)
४० जना एसएसपी देखि एसपीसम्म बढुवा सिफारिस (नामसहित)
संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभाका अध्यक्षसहित तीन पक्राउ
संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभाका अध्यक्षसहित तीन पक्राउ

तपाईंले छुटाउनुभयो कि?