तुलसीपुरका २१ टोल विकासका कृषकहरुलाई औषधि ट्यांकी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
३६ पटक हेरिएको
Shares
तुलसीपुरका २१ टोल विकासका कृषकहरुलाई औषधि ट्यांकी

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

तुलसीपुुर, १५ भदौ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ ले कृषि प्रवद्र्धन कार्यक्रम अन्तर्गत कृषकहरुलाई बालीमा औषधि हाल्ने ट्याङ्की वितरण गरेको छ । वडामा रहेका २१ वटा टोल विकास संस्थालाई यस्तो ट्याङ्की वितरण गरिएको हो ।

कृषकहरुको बाली सुधार गर्न र उत्पादन बढाउनका लागि यस्तो कार्यक्रम गरिएको वडाध्यक्ष लक्ष्मण भण्डारीले बताए । उनले वडामा व्यवसायिक कृषि प्रणालीको थप विकास गर्नका लागि अन्य कार्यक्रमहरु पनि सञ्चालन गरिने बताए । ट्याङ्की पाएपछि उत्साहित भएका किसानहरुले व्यवसायिक खेतीतर्फ अगाडि बढ्नका लागि हौसला बढेको बताए ।

कृषक देवी अर्यालले किसानलाई सरकारले थप सहयोग गर्नुपर्ने बताउँदै ट्याङ्की पाएर निकै खुसी भएको बताए । ट्याङ्कीले गरिब किसानहरुलाई निकै राहत भएको भन्दै किसान रते खड्काले खुसी व्यक्त गरे ।

यसैबीच सो अवसरमा टोल विकास संस्थाका बारेमा तालिम समेत दिइएको थियो । वडामा रहेका २१ वटै टोल विकास संस्थाका प्रतिनिधिहरुलाई टोल विकास संस्थाको गठन, परिचालन, काम, कर्तव्य र अधिकारका बारेमा तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले तालिम दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात वर्षसम्म कैद सजाय माग गर्दै दुर्गा प्रसाईंविरूद्ध मुद्दा दर्ता
सात वर्षसम्म कैद सजाय माग गर्दै दुर्गा प्रसाईंविरूद्ध मुद्दा दर्ता
राजधानीको सदाबहार सेक्स बजार, साँझ नपर्दै जाने हो भन्नेको भीड
राजधानीको सदाबहार सेक्स बजार, साँझ नपर्दै जाने हो भन्नेको भीड
ग्रेडिङ प्रणालीमा कक्षा ११ को नतिजा सार्वजनिक
ग्रेडिङ प्रणालीमा कक्षा ११ को नतिजा सार्वजनिक
नेता केसी भन्छन् : सरकारमा कांग्रेसबाट कसको नेतृत्वमा जाने टुङ्गो छैन
नेता केसी भन्छन् : सरकारमा कांग्रेसबाट कसको नेतृत्वमा जाने टुङ्गो छैन
How you can Close And Pausing AVAST The Program On your desktop
छाेरालाइ परिक्षा दिन गेटमा पुराएर सधैका लागि बिदा भए
छाेरालाइ परिक्षा दिन गेटमा पुराएर सधैका लागि बिदा भए
पृथ्वीनारायणको शालिकमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा  माल्यार्पण (हेर्नुहोस् ७ तस्बिरमा)
पृथ्वीनारायणको शालिकमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा माल्यार्पण (हेर्नुहोस् ७ तस्बिरमा)
प्रेमिकाको छायाँसंगै भागे गायक सुमन के.सी.
प्रेमिकाको छायाँसंगै भागे गायक सुमन के.सी.
कञ्चनपुर भन्सारः लक्ष्यको ७१ प्रतिशत राजस्व सङ्कलन
कञ्चनपुर भन्सारः लक्ष्यको ७१ प्रतिशत राजस्व सङ्कलन
सिमेन्ट अभाव छैन, प्राधिकरणलाई सहयोग गर्न उद्योगी तयार
सिमेन्ट अभाव छैन, प्राधिकरणलाई सहयोग गर्न उद्योगी तयार