दसैँअघि काठमाडौंमा मेलम्चीको पानी आउँदैछ रे !
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
उपत्यकावासीले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी दसैँअघि पिउन पाउने भएका छन् । सुरुङ खन्ने काम वैशाख पहिलो हप्ताभित्र पूरा हुने र दसैँअघि पानी वितरण गरिने योजनाको लक्ष्य छ ।
‘वैशाख पहिलो हप्ताभित्र सुरुङ खन्ने काम पूरा हुन्छ,’ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने, ‘राजधानीवासीले दसैँअघि नै मेलम्चीको पानी प्रयोग गर्न पाउनेछन् ।’ एक सय २१ मिटर सुरुङ खन्न बाँकी रहेको देवकोटाले बताए । ‘अहिले दैनिक ६ मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ,’ देवकोटाले नयाँ पत्रिकासँग भने, ‘यही गतिमा काम हुँदा २५ दिनसम्म सुरुङ खनिसक्छौँ ।’ मेलम्चीको दुवैतिरबाट सुरुङ खन्ने काम भइरहेको छ ।
खानेपानीमन्त्री विना मगरले मेलम्ची अयोजनाको काम छिटो सक्न निर्देशन दिइसकेकी छिन् । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दैनिक १७ करोड लिटर पानी उपत्यका भित्रिन्छ ।
प्लास्टर सुक्न चार महिना लाग्ने
सुरुङ खन्ने काम सकिएपछि दायाँ–बायाँ भित्ता र भुइँमा प्लास्टर गर्नुपर्ने हुन्छ । प्लास्टर सुक्न तीनदेखि चार महिना लाग्ने देवकोटाले बताए । ‘हामीले सुरुङ खन्ने काम सकेपछि भित्ता र भुइँमा प्लास्टर गर्ने काम सुरु गर्छौ,’ देवकोटाले भने, ‘त्यसपछि मेलम्चीको पानी सुन्दरीजलमा हरेक ट्यांकीमा जम्मा हुन्छ ।’ मेलम्ची खानेपानीका लागि जम्मा २७ दशमलव ५८४ किमि सुरुङ खन्नुपर्छ । त्यसमध्ये २७ दशमलव ७३३ किमि खनिसकिएको छ । आयोजनाको अध्ययन ०४१ देखि भए पनि सुरुङ खन्ने काम ०६५ देखि भएको हो । बहुप्रतिक्षित आयोजनाका लागि झन्डै २७ अर्ब खर्च भइसकेको छ ।
-नयाँ पत्रिका दैनिकबाट
Deepak Kc
A ho
Krishna Shiwakoti
अलि छिटो होइन र ।हामीले सुनेको ।
Magarathuldai Thada
खीनेपनी मुन्त्री बिनाले कहाँ बाट होत २५ दिनमा झार्छु भन्छिन त????