धरौटी रकम बुझाएपछि टेकनाथ रिजाल रिहा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष १२, २०८०
|
|
३५ पटक हेरिएको
Shares
धरौटी रकम बुझाएपछि टेकनाथ रिजाल रिहा

सारांश

  • काठमाडौं।
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर रिहा भएका छन्।
  • सो मुद्दामा सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर बुधबार रिहा भएका हुन्।

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर रिहा भएका छन्।

सो मुद्दामा सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर बुधबार रिहा भएका हुन्। उनलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

तर धरौटी रकम बुझाउन नसक्दा सुन्धारा कारागारमा रहेका उनी धरौटी बुझाएपछि बुधबार रिहा भएको उनका सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिए। धरौटी रकम बुझाउन नसक्दा उनी आदेश आएपछि पनि झण्डै एक महिना कारागारमा रहनुपर्‍यो।

काठमाडौं जिल्ला अदालतमा आइतबार बेलुकी धरौटी रकम बुझाएपनि सार्वजनिक बिदा भएका कारण रिजाललाई बुधबार मात्रै रिहा गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?