पाल्पा बुटवल सडक सोमबारदेखि बन्द
सारांश
- बेझाड, १७ मंसिर ।
- पाल्पा बुटवल सडक सोमबारदेखि तीन दिनसम्मका लागि दैनिक ६ घण्टा बन्द हुने भएको छ ।
- सोमबारदेखि बुधबारसम्म तिनाउ गाउँपालिका दोभानको चिडियाखोलादेखि भूतखोला सडकखण्डमा मर्मत गर्नुपर्ने भएकाले सडक बन्द गर्नुपरेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।
बेझाड, १७ मंसिर । पाल्पा बुटवल सडक सोमबारदेखि तीन दिनसम्मका लागि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सोमबारदेखि बुधबारसम्म तिनाउ गाउँपालिका दोभानको चिडियाखोलादेखि भूतखोला सडकखण्डमा मर्मत गर्नुपर्ने भएकाले सडक बन्द गर्नुपरेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक ६घण्टा सडक बन्द हुने कार्यालयका सूचना अधिकारी पवित्रमणि आचार्यले बताए । त्यस अवधिमा बिहान १० देखि साँझ ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यकबाहेक अन्य सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको कार्यालयले जनाएको छ । दिउँसोको समयमा सडक बन्द हुँदा बुटवलदेखि पोखरा, स्याङ्जा, गुल्मी, पर्वत, पाल्पालगायतका जिल्लामा आवतजावत गर्ने यात्रुलाई समस्या पर्नेछ ।
प्रतिक्रिया