पीडित परिवारलाई अष्टे«लियाबाट सहयोग

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
३८ पटक हेरिएको
Shares
पीडित परिवारलाई अष्टे«लियाबाट सहयोग

सारांश

  • आठराई (तेह्रथुम), ३० भदौ ।
  • कमजोर आर्थिक अवस्थाका कारण छाप्रोमा जीवन गजारा गर्दै आउनुभएका तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङका गंगाबहादुर लिम्बूको परिवारलाई अष्टे«लियाबाट सहयोग भएको छ ।
  • लिम्बूको बारेमा विभिन्न सञ्चार माध्यमबाट समाचार प्रशारण भएपछि अष्ट्रेलियास्थित किराँत याक्थुङ चुम्लुङ नामक संस्थाले राहत संकलन अभियन चलाएको थियो ।

आठराई (तेह्रथुम), ३० भदौ । कमजोर आर्थिक अवस्थाका कारण छाप्रोमा जीवन गजारा गर्दै आउनुभएका तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङका गंगाबहादुर लिम्बूको परिवारलाई अष्टे«लियाबाट सहयोग भएको छ ।
लिम्बूको बारेमा विभिन्न सञ्चार माध्यमबाट समाचार प्रशारण भएपछि अष्ट्रेलियास्थित किराँत याक्थुङ चुम्लुङ नामक संस्थाले राहत संकलन अभियन चलाएको थियो ।

कलाकार यासेली योङहाङको सक्रियतामा सो संस्थाले चलाएको अभियानमा संकलित रु ५० हजार २३० बिहीबार जिल्ला सदरमुकाम म्याङलुङमा कलाकार योङहाङले लिम्बूका छिमेकी अर्चना खड्का र सीता तुम्खेवालाई पीडितसम्म पु¥याउन प्रदान गरिएको थियो ।

लिम्बूको घर २०७२ सालको भूकम्पले क्षति गरेपछि पुनःनिर्माण गर्न नसक्दा उहाँले खुल्ला आकाशमा रात कटाउँदै आउनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?