पुनम पाण्डेकाे कार्यक्रम राेक्न प्रहरीकाे निर्देशन, के हाेला स्थगीत?

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ ३१, २०७५
|
|
५८ पटक हेरिएको
Shares
पुनम पाण्डेकाे कार्यक्रम राेक्न प्रहरीकाे निर्देशन, के हाेला स्थगीत?

सारांश

  • काठमाडाै, ३१ असार ।
  • पुनम पाण्डेलाई ल्याएर आइतबार (अाज) बेलुका गर्न लागिएको विश्वकप बिशेष कार्यक्रम रोक्न प्रहरीले निर्देशन दिएको छ।
  • शान्ति सुरक्षाको कारण देखाउँदै प्रहरीले कार्यक्रम रोक्न निर्देशन दिएको हो।

काठमाडाै, ३१ असार । पुनम पाण्डेलाई ल्याएर आइतबार (अाज) बेलुका गर्न लागिएको विश्वकप बिशेष कार्यक्रम रोक्न प्रहरीले निर्देशन दिएको छ।

शान्ति सुरक्षाको कारण देखाउँदै प्रहरीले कार्यक्रम रोक्न निर्देशन दिएको हो।

महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्लले बताए। ‘सिडियो कार्यालयको अनुमती बिना त्यस्ता कार्यक्रम गर्न पाइँदैन,’ उनले भने,‘जबरजस्ती कार्यक्रम गर्न खोजे सबैलाई पक्राउ गर्छौ।’ शान्ति सुरक्षासँग सम्बन्धित विषय भएकाले अनुमति बिना त्यस्तो कार्यक्रम गर्न नमिल्ने प्रहरीको भनाई छ।

क्लबका सञ्चालकहरु आइतबार बिहान त्यस विषयमा छलफल गर्न प्रहरीमा गएका थिए। उनीहरुले सिडिओको अनुमती बिना कुनै पनि हालतमा कार्यक्रम गर्न नदिने बताएका छन्।

यसअघि अमेरिकन कलाकार मार्समेलोलाई सोही क्बलमा ल्याउने भनेर ल्याउन नसकेपछि तोडफोड भएको थियो। जून घटनाका क्लबका सञ्चालकहरु पक्राउ समेत परेका थिए।

क्लबको व्यापारका लागि पाण्डेलाई ल्याएर क्लबको प्रमोसन गर्न लागिएको थियो। क्लबमा धेरै भिडभाड हुने र झै–झगडा हुन सक्ने भएकाले त्यस्ता कार्यक्रममा बिशेष सुरक्षा योजना मिलाउनुपर्छ। तर, मौखिक जानकारी दिएर कार्यक्रम गर्न लाग्दा क्लब फेरि विवादमा परेको हो।

क्लबले सो कार्यक्रमका लागि भनेर टिकट बिक्रि गरिसकेको छ। प्रहरीले कार्यक्रम रोक्न निर्देशन दिएपछि क्बलका सञ्चालकहरु नेताहरुमार्फत दबाब दिएर कार्यक्रमको अनुमती लिने दौडधुपमा लागेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभापति देउवाले कड्किँदै भने, ‘कांग्रेस पार्टी कसैको बपौति होइन’
सभापति देउवाले कड्किँदै भने, ‘कांग्रेस पार्टी कसैको बपौति होइन’
बुण्डेसलिगाको नयाँ सिजनमा बायर्न म्युनिखले विजयी शुरुवात
बुण्डेसलिगाको नयाँ सिजनमा बायर्न म्युनिखले विजयी शुरुवात
पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन:मन्त्री मोदी
पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन:मन्त्री मोदी
सहिदपुत्रको जीवनरक्षाको लागि आफै कस्सिए उपराष्ट्रपतिपुत्र दीपेश
सहिदपुत्रको जीवनरक्षाको लागि आफै कस्सिए उपराष्ट्रपतिपुत्र दीपेश
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय
इमर्जिङ्ग नेपालको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?
इमर्जिङ्ग नेपालको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?
भारतमा बलात्कारलाई सम्बोधन गर्न न्यायप्रणाली कमजोर
भारतमा बलात्कारलाई सम्बोधन गर्न न्यायप्रणाली कमजोर
यस्तोगरी खस्यो जिल्लामा मत(स्थानीय तहकोविवरण सहित)
यस्तोगरी खस्यो जिल्लामा मत(स्थानीय तहकोविवरण सहित)
नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छः प्रधानमन्त्री
नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छः प्रधानमन्त्री
प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट
प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट

तपाईंले छुटाउनुभयो कि?