पुराना कुरा बिर्सेर परिवर्तनमा होमिन अनुरोध

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १८, २०७४
|
१
|
५७ पटक हेरिएको
Shares
पुराना कुरा बिर्सेर परिवर्तनमा होमिन अनुरोध

सारांश

  • १३ वर्ष अघि सशस्त्र द्वन्द्वको समयमा भएको बाँदरमुढे विस्फोटको विषय सम्झेर माओवादी अध्यक्ष प्रचण्ड भावुक भएका छन् ।
  • आफ्नो निर्वाचन क्षेत्र समेत रहेको माडीमा आइतबार भएको सभामा उनले सो घटनामा ठूलो गल्ती भएको बताए ।
  • सभामा प्रचण्डले भने, ‘यता बाँदरमुढेमा अकल्पनीय र दुःखद घटना हुँदा म परिवार सहित रोल्पाबाट दाङ झर्दै थिएँ, घटना सुन्ने बित्तिकै मैले ठूलो गल्ती भयो भन्ने महसुस गरेको थिएँ ।

१३ वर्ष अघि सशस्त्र द्वन्द्वको समयमा भएको बाँदरमुढे विस्फोटको विषय सम्झेर माओवादी अध्यक्ष प्रचण्ड भावुक भएका छन् । आफ्नो निर्वाचन क्षेत्र समेत रहेको माडीमा आइतबार भएको सभामा उनले सो घटनामा ठूलो गल्ती भएको बताए ।

सभामा प्रचण्डले भने, ‘यता बाँदरमुढेमा अकल्पनीय र दुःखद घटना हुँदा म परिवार सहित रोल्पाबाट दाङ झर्दै थिएँ, घटना सुन्ने बित्तिकै मैले ठूलो गल्ती भयो भन्ने महसुस गरेको थिएँ ।’ घटना सुनेको साँझ खाना नखाएको र राति सुत्न पनि नसकेको उनले बताए ।

‘अब सबै पुराना कुरा बिर्सेर परिवर्तनमा होमिनुपर्छ,’ प्रचण्डले भने, ‘बाँदरमुढे घटना अब माडी परिवर्तनको केन्द्रबिन्दु भएको छ ।’

माडीलाई सबैखाले विकासको पूर्वाधारयुक्त बनाउने प्रचण्डले बताए । सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले चितवन र माडी क्षेत्रको विकासको सपना प्रचण्डले देखे बमोजिम आफूले पूर्ण सहयोग गर्ने बताए ।

नयाँपत्रिकाबाट

(www.enov8.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Buddhi Sagar Baral

    हत्यारो लाइ धुलो चटाउनु पर्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?