पुर्व प्रधानमन्त्री शरिफ उपचारबाट बञ्चित

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण ७, २०७५
|
|
४४ पटक हेरिएको
Shares
पुर्व प्रधानमन्त्री शरिफ उपचारबाट बञ्चित

सारांश

  • इस्लामाबाद, ७ साउन ।
  •   पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री नवाज शरिफ उच्च रक्तचापको कारण बिरामी पर्नु भए पनि स्वास्थ्य जाँच गर्न नदिएको खुलासा भएको छ ।
  • उनले आफ्नो पारिवारिक चिकित्सकसँग जाँच गराउनका लागि दिएकाे निवेदन पाकिस्तान सरकारले अस्वीकृत गरेकाे हाे ।

इस्लामाबाद, ७ साउन ।  पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री नवाज शरिफ उच्च रक्तचापको कारण बिरामी पर्नु भए पनि स्वास्थ्य जाँच गर्न नदिएको खुलासा भएको छ ।

उनले आफ्नो पारिवारिक चिकित्सकसँग जाँच गराउनका लागि दिएकाे निवेदन पाकिस्तान सरकारले अस्वीकृत गरेकाे हाे ।

पाकिस्तानमा आगामी बुधबार आमनिर्वाचन हुन लागेको छ । सो निर्वाचनमा पाकिस्तानमा शक्तिशाली मानिएको सेनाको समूहले पिएमएल–एनविरुद्ध मतदान गराउने कोाशिस गरेको सरोकारवालाहरुले बताएका छन् ।

यसै महिनाको शुरुमा पाकिस्तान फर्किएका शरिफलाई लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको थियो ।

शरिफलाई हालै मात्र यहाँको एक अदालतले १० वर्ष जेल सजायको फैसला सुनाएको थियो । इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उनलाई १० वर्ष कारावासको फैसला गरेको हो ।

उनलाई यसरी पक्राउ गरिएपछि यहाँको राजनीतिमा उतारचढाव आएको छ । पाकिस्तानमा यही जुलाई २५ अर्थात् बुधबार हुन लागेको सो संसद्को निर्वाचनमा पनि सेनाको भूमिकाका बारेमा विविध प्रश्नहरु उठाइएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा उनलाई नियन्त्रणमा लिएपछि यहाँको राजनीतिमा नयाँ उथलपुथलको सम्भावना रहेको बताइन्छ ।

रउनले आफूलाई पाकिस्तानको सेनाले सधैँ तारो बनाउँदै आएको बताएका छन् ।

उनलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि अदालतले तोकिएका थियो ।

श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री शरिफ बेलायतको लण्डनमा  थिए ।उनकी श्रीमती क्यान्सर रोगबाट पीडित छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको तल्ला कमिटी एकीकरणमा यस्तो छ मापदण्ड
नेकपाको तल्ला कमिटी एकीकरणमा यस्तो छ मापदण्ड
साउन ६ गते मंगलवारको राशिफल यस्तो छ
साउन ६ गते मंगलवारको राशिफल यस्तो छ
उपराष्ट्रपतिलाई टाउकोमा ताकेर गोली हान्न लाग्दा बन्दुक जाम भएपछि..
उपराष्ट्रपतिलाई टाउकोमा ताकेर गोली हान्न लाग्दा बन्दुक जाम भएपछि..
सरकार उदार भएकैले प्रदेश प्रमुखहरुलाई दुई बर्ष काम गर्न दिएको : प्रचण्ड
सरकार उदार भएकैले प्रदेश प्रमुखहरुलाई दुई बर्ष काम गर्न दिएको : प्रचण्ड
निर्माणाधीन आश्रम भवनलाई पाँच लाख ६२ हजार सहयोग
निर्माणाधीन आश्रम भवनलाई पाँच लाख ६२ हजार सहयोग
स्पेनका प्रधानमन्त्रीद्वारा क्याटलोनियाका अपदस्थ नेताको आग्रह अस्वीकार
स्पेनका प्रधानमन्त्रीद्वारा क्याटलोनियाका अपदस्थ नेताको आग्रह अस्वीकार
बेलायतबाट आदिम थलो खोज्दै क्होलासोंथर
बेलायतबाट आदिम थलो खोज्दै क्होलासोंथर
प्रचण्डको टाउको काटेर फुटबल खेल्छौं : युवा संगठन
प्रचण्डको टाउको काटेर फुटबल खेल्छौं : युवा संगठन
राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि वाम गठबन्धन : महासचिव पोखरेल
राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि वाम गठबन्धन : महासचिव पोखरेल
सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरण: मुख्य अभियुक्तनेपाल ल्याँइदै

तपाईंले छुटाउनुभयो कि?