पूर्ण खोप सुनश्चिततालाई विशेष ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ३, २०८०
|
|
५८ पटक हेरिएको
Shares
पूर्ण खोप सुनश्चिततालाई विशेष ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की

सारांश

  • मोरङ ।
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्ण खोप सुनिश्चितताको निरन्तरतालाई विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
  • विराटनगर महानगरपालिकाद्वारा आज यहाँ आयोजित ‘पूर्ण खोप सुनश्चितता घोषणसभा’को उद्घाटन कार्यक्रममा उनले खोपलाई निरन्तरता दिन सम्बन्धित पक्ष, स्वास्थ्य स्वयम्सेविका र जनप्रतिनिधिहरूलाई विशेष चनाखो हुन आग्रह गरे ।

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्ण खोप सुनिश्चितताको निरन्तरतालाई विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

विराटनगर महानगरपालिकाद्वारा आज यहाँ आयोजित ‘पूर्ण खोप सुनश्चितता घोषणसभा’को उद्घाटन कार्यक्रममा उनले खोपलाई निरन्तरता दिन सम्बन्धित पक्ष, स्वास्थ्य स्वयम्सेविका र जनप्रतिनिधिहरूलाई विशेष चनाखो हुन आग्रह गरे ।

मुख्यमन्त्री कार्कीले व्यवस्थित बसोबास नभएका कारण सहरी क्षेत्रका बालबालिकासमेत खोपको दायरामा नआएको हुनसक्ने चर्चा गर्दै महानगरपालिकाले डिजिटल अभिलेखको व्यवस्थित रुपमा राखी खोपको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए । उनले आजका स्वस्थ्य केटाकेटी मुलुकका भोलिका कर्णधार भएकाले उनीहरूमार्फत समाज र राष्ट्रको विकास र समृद्धिमा सघाउ पुग्ने धारणा राखे
।
मुलुक विकासोन्मुख भएकाले यसको प्राथमिकता सडक, पुल भए पनि मानव स्वास्थ्यप्रति सरकार संवेदनशील भई आवश्यक बजेट विनियोजन गर्ने मुख्यमन्त्री कार्कीले बताए । उनले यस क्षेत्रमा कोरोना सङ्क्रमित वृद्धि हुन नदिन भारतसँग जोडिएका नाकाहरूमा आवश्यक सतर्कता अपनाउन प्रदेश सरकार र महानगरपालिकालले संयुक्त रूपमा एन्टिजेन र पिसिआर परीक्षणको व्यवस्थाको तयारीको व्यवस्थ सुरु गर्ने जानकारी दिए ।

स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले पूर्ण खोप सान्दर्भिक र आवश्यक भएको चर्चा यसले अन्य पालिकालाई प्रेरणा दिने विश्वास व्यक्त गरे । जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले खोपको अभिलेख नगर र वडामा राख्नु पर्नेमा जोड दिँदै यो कार्यको निरन्तरता आवश्यक रहेको चर्चा गरे । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले पूर्ण खोप सुनिश्चिततामा स्वास्थ्य स्वयम्सेविका, जनप्रतिनिधिहरूको महत्वपूर्ण भूमिका रहेको धारणा राखे ।

सभामा उपप्रमुख शिल्पा निराला कार्की, बर्जु गाउँपालिकाका अध्यक्ष जीवछ राय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल र महानगरका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले खोप सेवा प्राप्त गर्नु बालबालिका र नागरिकको नैसर्गिक अधिकारी भएको स्पष्ट पारे ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले महानगरप्रमुख कोइराला एवं १९ वडा अध्यक्षहरूलाई खोप सुनिश्चितताको प्रमाणपत्र दिए । उनले खोप सुनिश्चतता प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरेका दिए ।

महानगरपालिमा रहेका १६ देखि ५९ महिनाका १७ हजार पाँच सय दुई बालबालिकामध्ये खोप लगाउन छुट भएका एक हजार पाँच सय ९२ लाई पूर्ण खोप गरिसकेको र आगामी दिनमा कुनै बालबालिका खोपबाट वञ्चित नहुन ‘खोप सुनिश्चिता घोषणा’ गरिएको हो । महानगरले १३ वटा विभिन्न खोपहरु ३५ विभिन्न वडा कार्यालय, स्वास्थ्य केन्द्रमार्फत निःशुल्क रुपमा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदीको भ्रमणबारे परराष्ट्रमन्त्री ज्ञवालीले गराए संसदलाइ जानकारी
मोदीको भ्रमणबारे परराष्ट्रमन्त्री ज्ञवालीले गराए संसदलाइ जानकारी
शीतलनिवास पुग्दा ज्ञानेन्द्रले सम्झिए आफ्नो विवाह
शीतलनिवास पुग्दा ज्ञानेन्द्रले सम्झिए आफ्नो विवाह
प्रादेशिक संरचनाभित्र रहेका संयन्त्रहरुलाई प्रभावकारी बनाउन मेरो उम्मेदवारी
प्रादेशिक संरचनाभित्र रहेका संयन्त्रहरुलाई प्रभावकारी बनाउन मेरो उम्मेदवारी
विदेशी नाम चलेका मदिराको नक्कली उत्पादन गरेर बेच्ने ५ जना प्रहरीको फन्दामा
विदेशी नाम चलेका मदिराको नक्कली उत्पादन गरेर बेच्ने ५ जना प्रहरीको फन्दामा
वर्षौं पुरानो हो अमेरिका–इरानको दुश्मनी, यस्तो छ १९५० देखि अहिलेसम्मको इतिहास
वर्षौं पुरानो हो अमेरिका–इरानको दुश्मनी, यस्तो छ १९५० देखि अहिलेसम्मको इतिहास
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
सांसदले नै बीआईसीसीको पानी ट्याङ्कीलाई फुटबल बनाउन भनेपछि…
सांसदले नै बीआईसीसीको पानी ट्याङ्कीलाई फुटबल बनाउन भनेपछि…
ठुलो परिणामको लागूऔषध सहीत् महिला पक्राउ
ठुलो परिणामको लागूऔषध सहीत् महिला पक्राउ
प्रचण्डलाई बाबुरामको आरोप- ‘समाजवादी मोर्चा’ को ढोक्सा थापेर भुरा माछा खोज्दै हुनुहुन्छ !
प्रचण्डलाई बाबुरामको आरोप- ‘समाजवादी मोर्चा’ को ढोक्सा थापेर भुरा माछा खोज्दै हुनुहुन्छ !
दिल्ली बलात्कार काण्डका दोषीलाई झुन्ड्याएर मृत्युदण्ड दिइएपछि पीडितका आमाबुवाले के भने ?
दिल्ली बलात्कार काण्डका दोषीलाई झुन्ड्याएर मृत्युदण्ड दिइएपछि पीडितका आमाबुवाले के भने ?

तपाईंले छुटाउनुभयो कि?