पूर्व मुख्यसचिव सोमलाल सुवेदीकाे पदक खोसियो !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
४३ पटक हेरिएको
Shares
पूर्व मुख्यसचिव सोमलाल सुवेदीकाे पदक खोसियो !

सारांश

  • काठमाडौँ, १९ भदौ ।
  • सरकारले पूर्व मुख्यसचिव सोमलाल सुवेदीलाई दिने भनिएको पदक (तक्मा) फिर्ता लिएको छ ।
  • एसियाली विकास बैंक (एडीबी) को बैकल्पिक निर्देशकबाट फिर्ता बोलाइएका सुवेदीले सरकारविरुद्ध सक्रिय भएपछि उनलाई तक्मा दिने निर्णय फिर्ता लिइएको स्रोतले जनाएको छ ।

काठमाडौँ, १९ भदौ । सरकारले पूर्व मुख्यसचिव सोमलाल सुवेदीलाई दिने भनिएको पदक (तक्मा) फिर्ता लिएको छ । एसियाली विकास बैंक (एडीबी) को बैकल्पिक निर्देशकबाट फिर्ता बोलाइएका सुवेदीले सरकारविरुद्ध सक्रिय भएपछि उनलाई तक्मा दिने निर्णय फिर्ता लिइएको स्रोतले जनाएको छ ।सरकारले यसअघि गणतन्त्र दिवसका अवसरमा प्रदान गरिने विभिन्न पदकमध्ये पूर्व मुख्यसचिव सुवेदीलाई प्रसिद्ध प्रवल जनसेवा श्री नामक पदक प्रदान गर्ने निर्णय गरेको थियो ।

तर, १ असारमा सरकारले एडिबीको बैकल्पिक निर्देशकबाट सुवेदीलाई फिर्ता बोलाएपछि उनी सरकारविरुद्ध मुद्दा दायर गर्ने योजनामा छन् ।यसका लागि उनले आफूलाई लगाइएको आरोप र फिर्ता गर्ने सरकारको निर्णय माग गर्दै राष्ट्रिय सूचना आयोगमा निवेदन दिएका छन् ।

२०७४ को गणतन्त्र दिवसमा घोषणा गरिएका पदकमध्ये प्रसिद्ध प्रवल जनसेवा श्री पदक सुवेदीका अलावा सर्वाेच्च अदालतका तत्कालिन न्यायाधीस गोपालप्रसाद पराजुली, न्यायाधीस ईश्वरप्रसाद खतिवडा, अख्तियारका दीप बस्न्यात, लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली, प्रधानसेनापति राजेन्द्र क्षेत्री र गृहमन्त्रालयका तत्कालिन सचिव लोकदर्शन रेग्मीलाई दिने निर्णय भएको थियो ।यी पदकहरुबाट आज राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभुषित गर्दैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिके राउतलाई नेकपा भित्राउने कुनै तयारी छैन : मन्त्री बस्नेत
सिके राउतलाई नेकपा भित्राउने कुनै तयारी छैन : मन्त्री बस्नेत
साउदी अरबमा हज यात्रामा मृत्यु हुनेको संख्या १३ सय नाघ्यो
साउदी अरबमा हज यात्रामा मृत्यु हुनेको संख्या १३ सय नाघ्यो
एक सय पच्चीस गजलकारहरु अटाएको शैलहार
एक सय पच्चीस गजलकारहरु अटाएको शैलहार
दुवै राष्ट्रपति विवादित बन्दै कार्यकाल सके
दुवै राष्ट्रपति विवादित बन्दै कार्यकाल सके
चलचित्र ‘नाइँ नभन्नु ल ६’को रिजिल रोकियो
चलचित्र ‘नाइँ नभन्नु ल ६’को रिजिल रोकियो
नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण
नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण
अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”
अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”
दमननाथ ढुंगानालाई दीपक  थापाको खुल्ला पत्र !
दमननाथ ढुंगानालाई दीपक थापाको खुल्ला पत्र !
लुम्बिनी प्रदेशसभा सचिवालयको काम आजदेखि देउखुरीबाट
लुम्बिनी प्रदेशसभा सचिवालयको काम आजदेखि देउखुरीबाट
सुन प्रकरण: गाेरेका भाइ पक्राउ